Sacho Khabar

Day: २०८१ माघ १६, बुधबार

बर्खा स्मृति अन्तरपालिका क्रीकेट : सेमिफाइनल समीकरण पूरा

बर्खा स्मृति अन्तरपालिका क्रीकेट : सेमिफाइनल समीकरण पूरा

बुद्धशान्ति , माघ १६ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिले आयोजना गरेको दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि 20 क्रीकेट प्रतियोगिताको सेमी फाइनल समीकरण पूरा भएको छ । आज भएको क्वाटर फाईनल खेलमा गौरादहले अर्जुनधारालाई र मेचिनगरले कचनकवललाई पराजित गरे सङ्गै सेमिफाइनलको समीकरण पूरा भएको हो । आज भएको पहिलो खेलमा गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई ७२ रनले पराजित गर्दै सेमीफाईनलमा स्थान सुरक्षित गरेको छ । टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले अर्जुनधारा नगरपालिकालाई २१६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । गौरादहका लागि सुरज न्यौपानेले ७५ र अर्जुन यादवले ३४ रन बनाएका थिए। ठूलो लक्ष्य पछ्याउने क्रममा अर्जुनधारा १९.५ ओभरमा…
Read More
महिला लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबलाई

महिला लिगको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबलाई

  झापा माघ १६ ।। काठमाडौँमा जारी महिला लिग २०८१को उपाधि नेपाल एपिएफ फुटबल क्लबले  जितेको छ। विभागीय टोली एपीएफले अपराजित रहँदै एन्फा महिला लिग फुटबलको उपाधि जितेको छ । पहिलो पटक लिग, सुपर लिग हुँदै प्लेअफ फम्र्याटमा खेलाइएको महिला लिगको विभागीय डर्बी फाइनलमा बुधबार नेपाल पुलिस क्लबलाई ४–० ले पराजित गर्दै एपीएफ बनेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा एपीएफका लागि सविता राना मगरले दुई तथा सरु लिम्बू र अनु लामाले एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भए । खेलको ६४ औँ मिनेटमा सविता रानामगरको गोलमा एपीएफले सुरुवाती अग्रता…
Read More
मेची राजमार्गसहित इलाम, पाँचथर ,ताप्लेजुङमा आज पनि यातायात बन्द

मेची राजमार्गसहित इलाम, पाँचथर ,ताप्लेजुङमा आज पनि यातायात बन्द

  झापा माघ १६ ।। ताप्लेजुङबाट पाथिभरासम्म केवलकार निर्माणको विषयमा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायातका  संचालन हुन सकेका छैनन् । झापाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन् । त्यस्तै इलाम,पाँचथर र ताप्लेजुङमा पनि यातायातका साधनहरु चल्न सकेका छैनन् । तर, बजार पसल, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरु भने खुला रहेका छन् । माघ १२ गते ताप्लेजुङको फुङलिङ –११ स्थित बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले हिजोदेखि…
Read More
भारतको प्रयागराजको महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु

भारतको प्रयागराजको महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु

  भारतको प्रयागराजको महाकुम्भ मेलामा भागदौड हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ। उक्त घटनामा कयौं घाइते भएका छन् ।उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा  भागदौडमा अझै कयौँ व्यक्ति हताहत भएको आशंका गरिएको छ । मौनी अमावस्यामा अमृत स्नान गर्न संगम किनारामा मंगलबार रातिदेखि भक्तजनको भीड लागेको थियो । सोही भीडका कारण भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु र केही घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । भागदौडमा मृत्यु हुने र घाइते हुनेको आधिकारिक जानकारी भने प्राप्त भएको छैन। भागदौडपछि अमृत स्नान कार्यक्रम स्थगित गरिएको छ । १३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको…
Read More
बिर्तामोड ३ स्थित लिङ्कन मोन्टेश्वरीमा सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना

बिर्तामोड ३ स्थित लिङ्कन मोन्टेश्वरीमा सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना

  बिर्तामोड माघ १६ ।। बालमैत्री वातावरणमा पठनपाठन गराइरहेको बिर्तामोड ३ स्थित लिङ्कन मोन्टेश्वरीले सरस्वतीको पूजाको अवसरमा निःशुल्क भर्ना अभियान संचालन गर्ने भएको छ । माघ २१ गते सरस्वती पूजाको अवसरमा अक्षराम्भ कार्यक्रम राखिएको र त्यस अवसरमा नानीबाबुहरुलाई निःशुल्क भर्ना गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । उनले त्यस अवसरमा आफ्ना नानीबाबुहरुलाई अक्षराम्भ गराउँदै निःशुल्क भर्नाको मौका लिन अभिभावकहरुलाई आग्रह गरेका छन् । यो सुविधा माघको तेस्रो हप्तादेखि चैतको पहिलो हप्तासम्म रहने विद्यालयले जनाएको छ । त्यस मोन्टेश्वरीमा पीजीदेखि युकेजीसम्म पढाइ हुने गरेको छ । सुसंस्कारसहित बाल मनोविज्ञानका आधारमा पठनपाठन हुँदै आएको विद्यालयमा गीत, नृत्य, चित्रकला लगायतका…
Read More
डिकमान विरही  स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार  सुब्बालाई

डिकमान विरही स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार सुब्बालाई

बिर्तामोड  माघ १६ ।। डिकमान विरही सुनुवार स्मृति वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार २०८१ बाट झापाका अग्रज पत्रकार विष्णु सुब्बालाई परस्कृत गरिने भएको छ । अग्रज पत्रकार स्व. डिकमान विरही सुनुवारको स्मृतिमा फोनिजले प्रदान गर्दै आएको पुरस्कार यो पटक सुब्बालाई प्रदान गर्ने निर्णय भएको फोनिज झापाकी अध्यक्ष भुमिका सुब्बा फियाकले जानकारी दिनुभयो । झापाको दमकलाई कर्मथलो बनाई विगत अढाई दशक लामो समयदेखि निरन्तर पत्रकारिता गरिरहनु भएका राष्ट्रिय समाचार समिति (रासस) सम्वाददाताका रूपमा कार्यरत सुब्बालाई पुरस्कार छनोट समितिको सिफारीसमा निर्णय गरिएको अध्यक्ष फियाकले बताउनुभयो । पूर्वअध्यक्ष गणेशमान मुखीयाको संयोजकत्वमा रहेको फोनिज झापाको ५ सदसीय पुरस्कार छनोट समितिले सुब्बाको नाम सिफारिस गरेको हो…
Read More