Sacho Khabar

मेची राजमार्गसहित इलाम, पाँचथर ,ताप्लेजुङमा आज पनि यातायात बन्द

Advertisement

 

झापा माघ १६ ।। ताप्लेजुङबाट पाथिभरासम्म केवलकार निर्माणको विषयमा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले आह्वान गरेको बन्दका कारण आज पनि मेची राजमार्गमा यातायातका  संचालन हुन सकेका छैनन् ।

झापाबाट मेची राजमार्ग हुँदै इलाम, पाँचथर र ताप्लेजुङ जाने सवारी साधनहरु पूर्ण रुपमा ठप्प रहेका छन् । त्यस्तै इलाम,पाँचथर र ताप्लेजुङमा पनि यातायातका साधनहरु चल्न सकेका छैनन् । तर, बजार पसल, सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरु भने खुला रहेका छन् ।

माघ १२ गते ताप्लेजुङको फुङलिङ –११ स्थित बलुडाँडामा भएको झडपलाई लिएर मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समितिलगायतले हिजोदेखि मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाका, ताप्लेजुङ जिल्लाभित्र अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका हुन् ।

उता पाथीभरामा केबलकार निर्माण कार्य जारी रहेको छ । हिजो बिहान ९ बजेदेखि दिउँसो ४.२० बजेसम्म फुङलिङ – ११ स्थित काफ्लेपाटीमा केबलकार निर्माणको लागि बटम स्टेसनमा एउटा स्काभेटर प्रयोग गरी फाउन्डेसन खन्ने काम भएको थियो । उक्त स्थानमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएका थिए ।

यता ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकाले भने  आन्दोलन रोकेर पाथीभरा मन्दिरसम्म जाने केबलकार निर्माणमा सहयोग गर्न सबैमा अपिल गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...