Sacho Khabar

अमर नेम्बाङ स्मृति साहित्यिक पुरस्कार कृष्ण धरावासी र  स्वप्निल स्मृतिलाई प्रदान गरिने

Advertisement

 

पाँचथर माघ १९ ।। अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले यस वर्षको साहित्य सम्मान साहित्यकार कृष्ण धरावासी र  युवा कवि स्वप्निल स्मृतिलाई प्रदान गर्ने भएको छ ।

साहित्य सम्मानबाट सम्मानित हुने धरावासी मदन पुरस्कार विजेता लेखक हुनुहुन्छ भने युवा कवि स्मृतिको ‘बाडुली र सुदूर सम्झना’ नामक कवितासंग्रह प्रकाशित छ । उहाँहरूको साहित्यिक योगदानको कदर गर्दै प्रतिष्ठानले यो सम्मान प्रदान गर्न लागेको हो ।

राजनीतिज्ञ, साहित्यकार एवं समाजसेवी नेम्बाङको स्मृतिमा स्थापित यस सम्मान र पुरस्कारको राशि ५०–५० हजार रहेको छ ।

प्रतिष्ठानले अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसर पारेर आगामी माघ २६ गते पाँचथरको फिदिममा एक कार्यक्रम आयोजना गरी दुवै स्रष्टालाई पुरस्कार प्रदान गर्ने जनाएको छ ।

यसैबीच, प्रतिष्ठानले छात्रवृत्ति पनि प्रदान गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष मुनिन्द्र नेम्बाङका अनुसार फाल्गुनन्द– श्री जनकल्याण मावि फाकतेपमा कक्षा ११ मा अध्ययनरत अन्जना चेम्जोङ छात्रवृत्तिका लागि छनोट हुनुभएको हो ।

अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने स्रष्टाहरूलाई प्रोत्साहन गर्ने र विद्यार्थीहरूलाई शिक्षा प्रदान गर्न सहयोग गर्ने उद्देश्यले यो सम्मान तथा छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...