दोस्रो जिर्मले फुटबल लिग २०८१ आज शनिबारबाट शुरु हुदै छ ।
लिगको उद्घाटन खेल आज लामिटारको खेल मैदानमा दिनको ३ बजे डिफेन्डिङ च्याम्पियन लामिटार फुटबल क्लब र खर्क गाँउ बिच प्रतिस्पर्धा हुनेछ ।
स्थानिय स्तरमा लिगको अभ्यास गराउने, खेलाडि उत्पादन गर्ने, पर्यटन व्यावसायलाई प्रवर्धन गर्दै युवाहरुमा आपसि भाईचाराको सम्बन्ध कायम गर्ने उदेश्यले जिर्मले फुटबल लिग आयोजना गरेको वडाध्यक्ष सत्यम राईले जानकारी गराए । वडाध्यक्ष राईका अनुसार लिगमा वडाका १० वटा टिमको सहभागिता रहने छ भने खेल होम एण्ड अवेको आधारमा खेलाईने छ ।
लिगमा लामिटार एफसी, खर्क गाँउ एफसी, रेन्बो एफसी, जौबारी एफसी, जिर्मले एफसी, किरात फ्रेन्ड्स क्लब, सलकपुर सनसिटि, योङ स्टार एफसी, कुवापानी एफसी र पाटापुर एफसीको सहभागिता रहने छ । लिगका खेल लामिटार , खर्क गाँउ, सलकपुर, रम्भ्याङ र कुवापानीको खेल मैदानमा हुने वडा सदस्य धिरज राईले जानकारी गराए । सदस्य राईका अनुसार प्रतियोगिताको विजेताले नगद ७५ हजार रुपैँया, द्धितियले ५० हजार रुपैँया र तृतियले २५ हजार रुपैँया प्राप्त गर्नेछ । त्यसैगरि विधागत उत्कृष्ठ खेलाडिले जनहि ३ हजार रुपैँया पाउनेछन् ।