रोङ माघ २६ ।। इलामको रोङ गाउँपालिका वडा नं ६ जिर्मलेमा दोस्रो जिर्मले फुटबल लिग २०८१ आजबाट सुरु भएको छ । आज भएको उद्घाटन खेलमा खर्कगाउँ एफसीले पहिलो संस्करणको विजेता लामिटार एफसीलाई ३–२ गोल अन्तरले पाराजित गर्दै ३ अंक जोड्न सफल भएको छ । जिर्मले फुटबल लिग संचालक समितिका अध्यक्ष भुवन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा रोङ गाउँपालिकाका अध्यक्ष मणी कुमार तामाङ सुवास रहेका थिए । त्यस्तै पालिका उपाध्यक्ष विष्णुमाया खवास लगायत विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय समाजसेवी, खेलप्रेमीको आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्णलाई वडा नम्बर ६ का वडाध्यक्ष सत्यम् राई चौरासेले शाब्दिक स्वागत गरेका थिए…

बिर्तामोड माघ २६ दोस्रो जिर्मले फुटबल लिग २०८१ आज शनिबारबाट शुरु हुदै छ । लिगको उद्घाटन खेल आज लामिटारको खेल मैदानमा दिनको ३ बजे डिफेन्डिङ च्याम्पियन लामिटार फुटबल क्लब र खर्क गाँउ बिच प्रतिस्पर्धा हुनेछ । स्थानिय स्तरमा लिगको अभ्यास गराउने, खेलाडि उत्पादन गर्ने, पर्यटन व्यावसायलाई प्रवर्धन गर्दै युवाहरुमा आपसि भाईचाराको सम्बन्ध कायम गर्ने उदेश्यले जिर्मले फुटबल लिग आयोजना गरेको वडाध्यक्ष सत्यम राईले जानकारी गराए । वडाध्यक्ष राईका अनुसार लिगमा वडाका १० वटा टिमको सहभागिता रहने छ भने खेल होम एण्ड अवेको आधारमा खेलाईने छ । लिगमा लामिटार एफसी, खर्क गाँउ एफसी, रेन्बो एफसी, जौबारी एफसी, जिर्मले एफसी, किरात फ्रेन्ड्स…