Sacho Khabar

दक्षिण कोरियाको एक निर्माणाधीन होटलमा आगलागी, छ जनाको मृत्यु…..

Advertisement

काठमाडौं। फागुन २।। दक्षिण कोरियाको बुसान शहर स्थित एक निर्माणाधीन होटलमा आगलागीमा परी ६ जनाको ज्यान गएको छ ।आगलागी ‘बनयान ट्रि होटल’ मा बिहान भएको हो।घटनामा सात जना घाइते भएका छन् ।

आगलागी हुँदा झन्डै एक सय जना कामदार होटलमा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी शुरु भएको हुन सक्ने कामदारले बताएको अग्नि नियन्त्रण विभागले जनाएको छ ।

यसैगरी दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले खोजी र उद्धार कार्यमा तिब्रता दिन र क्षति हुन नदिन सुरक्षाको हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन्। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।

आगो झन्डै साढे दुई घण्टामा नियन्त्रणमा आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...