बिर्तामोड, २ फागुन : झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका फाइनलमा प्रवेश गरेको छ। स्थानीय डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४-३ गोलले पराजित गर्दै कन्काई फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २-२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो । कन्काइका लागि एलेक्स चौधरी, वर्षा मगर, शुशिला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको…

काठमाडौं। फागुन २।। दक्षिण कोरियाको बुसान शहर स्थित एक निर्माणाधीन होटलमा आगलागीमा परी ६ जनाको ज्यान गएको छ ।आगलागी ‘बनयान ट्रि होटल’ मा बिहान भएको हो।घटनामा सात जना घाइते भएका छन् । आगलागी हुँदा झन्डै एक सय जना कामदार होटलमा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । इन्सुलेसन सामग्री भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लाबाट आगलागी शुरु भएको हुन सक्ने कामदारले बताएको अग्नि नियन्त्रण विभागले जनाएको छ । यसैगरी दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ–मोकले खोजी र उद्धार कार्यमा तिब्रता दिन र क्षति हुन नदिन सुरक्षाको हरसम्भव प्रयास गर्न निर्देशन दिएका छन्। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ । आगो झन्डै…

काठमाडौं। फागुन २।। ट्रम्प प्रशासनले डिभी लट्री खारेज गर्ने तयारी गरेको संगै जर्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश गरेका छन् । सांसदहरूले ‘अनुहारविहीन कम्प्युटर कोड’ लाई लट्री प्रणाली मार्फत् आप्रवासीहरूलाई अनियमित रूपमा भिसा वितरण गर्न अनुमति दिएर राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने काम भइरहेको समेत उल्लेख गरेका छन्। योग्यतामा आधारित प्रक्रियाबाट आप्रवासी छनोट गर्नुपर्नेमा सांसदहरूले जोड दिएका छन्। विधेयक पेश गर्नुको उद्देश्य भिसा लट्री अन्त्य गर्नु र लट्री विजेताहरूले परिवारका सदस्यहरूलाई प्राथमिकतायुक्त ग्रीन कार्डको लागि तुरुन्तै प्रायोजन गर्ने क्षमतालाई हटाउनु हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी कार्यक्रमको विरोध गर्दै आएका…

काठमाण्डौ। फागुन २।। इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना बढ्न थालेपछी घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको एक कार्यक्रममा विज्ञहरूको भनाई रहेको छ। यसैगरी धेरै बालबालिका साइबर हिंसाको सिकारमा परिरहेको हुनाले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिका लगायत सबैलाई सिक्ने वातावरण बनाउनुपर्ने कुरामा समेत उहाँहरूको जोड रहेको छ। काठमाण्डौमा सुरक्षित इन्टरनेट दिवसका अवसरमा भएको कार्यक्रममा महिला सँगसँगै बालबालिका पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न एकजुट हुनुपर्ने महिला आयोगका अध्यक्ष कमला पराजुलीको जोड रहेको छ। यसैगरी नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले अनलाइनमार्फत हुने दुर्व्यवहारजन्य घटनाको न्यूनीकरणका लागि सरकारी क्षेत्र सँगसँगै हरेक व्यक्ति, अभिभावक सचेत हुनुपर्ने बताएकी छिन् । साइबर…

झापा । प्रत्येक वर्ष फेब्रुअरी १४ तारिखका दिन विश्वभर प्रणय दिवस (Valentine’s Day) उत्साहका साथ मनाइन्छ। नेपालमा पनि पछिल्ला वर्षहरूमा युवापुस्तामाझ यो दिवसको लोकप्रियता बढ्दै गएको छ। प्रणय दिवस प्रेम, आत्मीयता र विश्वासको प्रतीकका रूपमा लिइन्छ। यस दिन विशेषगरी प्रेमी-प्रेमिकाहरूले एकअर्कालाई उपहार, फूल र चकलेट आदानप्रदान गर्दै आफ्नो सम्बन्धलाई थप मजबुत बनाउने गर्छन्। प्रणय दिवसको सुरुवातको इतिहास रोमन साम्राज्यतर्फ फर्किन्छ। सन् २६९ तिर रोमन सम्राट क्लाउडियस द्वितीयले सैनिक युवाहरूलाई विवाह गर्न प्रतिबन्ध लगाएका थिए। तर, सन्त भ्यालेन्टाइन (Saint Valentine) नामक एक इसाई पादरीले भने अनुशासनको दायराभित्र हुने प्रेम र आकर्षणमा ईश्वर पनि खुसी हुन्छन् भन्ने मान्यता राख्थे । यी दुवैजनाको…