Sacho Khabar

अर्जुनधारा फाइनलमा प्रवेश उपाधिका लागि कनकाइसँग खेल्ने

Advertisement

 

बिर्तामोड, ३ फागुन : झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका उपाधि नजिक पुगेको छ ।

स्थानीय डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई २-० गोलले पराजित गर्दै अर्जुनधारा नगरपालिका फाइनलमा पुगेको हो । अर्जुनधाराले फाइनल खेलमा कनकाई नगरपालिकासँग भेट पक्का गरेको छ ।

अर्जुनधाराका लागि कप्तान जेनिफर रानामगर र मेनुका आलेमगरले गोल गरेकी हुन् । खेलको अधिकांश समय अर्जुनधाराले भद्रपुरलाई दबाबमा राखेको थियो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

तर, दोस्रो हाफको २ मिनेटमै अर्जुनधाराकी जेनिफरले गोल गर्दै अग्रता दिलाएकी हुन् । यस्तै, मेनुकाले दोस्रो हाफको १३औँ मिनेटमा गोल गर्दै अर्जुनधाराको अग्रता दोब्बर बनाएर जित दिलाएकी थिइन् ।

खेलको प्लेयर अफ दी म्याच अर्जुनधाराकी रेनु लिम्बू घोषित भइन् । उनलाई प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की र बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले पुरस्कारस्वरुप नगद ५ हजार प्रदान गरे ।

अर्जुनधारा र कनकाई नगरपालिकाबीच फागुन ५ फाइनल खेल हुनेछ । विजेता टोलीले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...