Sacho Khabar

Day: २०८१ फाल्गुन ३, शनिबार

अर्जुनधारा फाइनलमा प्रवेश उपाधिका लागि कनकाइसँग खेल्ने

अर्जुनधारा फाइनलमा प्रवेश उपाधिका लागि कनकाइसँग खेल्ने

  बिर्तामोड, ३ फागुन : झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा अर्जुनधारा नगरपालिका उपाधि नजिक पुगेको छ । स्थानीय डोमालाल राजवंशी रंगशालामा शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई २-० गोलले पराजित गर्दै अर्जुनधारा नगरपालिका फाइनलमा पुगेको हो । अर्जुनधाराले फाइनल खेलमा कनकाई नगरपालिकासँग भेट पक्का गरेको छ । अर्जुनधाराका लागि कप्तान जेनिफर रानामगर र मेनुका आलेमगरले गोल गरेकी हुन् । खेलको अधिकांश समय अर्जुनधाराले भद्रपुरलाई दबाबमा राखेको थियो । पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । तर, दोस्रो हाफको २ मिनेटमै अर्जुनधाराकी जेनिफरले गोल गर्दै अग्रता दिलाएकी हुन् । यस्तै, मेनुकाले दोस्रो हाफको १३औँ…
Read More