Sacho Khabar

टिपरले किच्दा जेसीबी चालकको मृत्यु

Advertisement

 

अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेको  क्रसरमा टिपरले किचेर आइतबार साँझ  जेसीबी अपरेटरको मृत्यु भएको छ ।

कम्पनीबाट बिदा भएर घर जान लागेका जेसीबी अपरेटरको टिपरले किचेर मृत्यु भएको हो । कम्पनीबाट बिदा लिएर हल्दीबारी २ मा रहेको घर जान लागेका २४ वर्षीय मोहन किस्कुको मृत्यु भएको प्रहरीले जनाएको छ। मे २ प २१११ नम्बरको मोटरसाइकलमा घर जान लागेका किस्कुलाई को १ ख ७०१४ नम्बरको टिपरले किचेको थियो ।

अर्जुनधारा ७ को मधुजिता क्रसरमा टिपरले किचेर किस्कुको मृत्यु भएको हो । किस्कुको घरमा सोमबार पूजा आयोजना गरिएको बताइएको छ। पूजामा जानका लागि साथीको मोटरसाइकल लिएर घर जान लागेका उनलाई मिक्स गिटी अनलोड गरेर अगाडि बढ्ने क्रममा टिपरले किचेको बताइएको छ ।

दुई वर्षअघि सोही स्थानको अर्को क्रसरमा टिपरले किचेर एक कर्मचारीको मृत्यु भएको थियो । टिपर चालक उर्लाबारी नगरपालिका २ का ४१ वर्षीय गुमानध्वज खड्कालाई नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...