Sacho Khabar

Day: २०८१ फाल्गुन ४, आईतवार

टाईब्रेकरमा जित निकाल्दै इलाम नगरपालिका सेमिफाइनलमा प्रवेश

टाईब्रेकरमा जित निकाल्दै इलाम नगरपालिका सेमिफाइनलमा प्रवेश

  मङ्गलबारे फागुन ४ । इलाम नगरपालिका  दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज आइतबार भएको खेलमा इलाम नगरपालिकाले माइजोगमाई गाउँपालिकालाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि खेल टाईब्रेकरमा  धकेलिएको थियो।  टाईब्रेकरमा इलाम नगरपालिकाका गोलकिपर विवेक मगर नायक बने उनले माइजोगमाई गाउँपालिकाका खेलाडीको एक प्रहारलाई रोकेका थिए भने एक प्रहार गोलपोस्टमा लाग्दै बाहिरिएको थियो। उत्कृष्ट प्रदर्शन गरेका विजेता इलाम नगरपालिकाका  गोलकिपर विवेक मगर प्लेयर अफ द म्याच बन्दै ट्रफी र नगद ३०००…
Read More
टिपरले किच्दा जेसीबी चालकको मृत्यु

टिपरले किच्दा जेसीबी चालकको मृत्यु

  अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेको  क्रसरमा टिपरले किचेर आइतबार साँझ  जेसीबी अपरेटरको मृत्यु भएको छ । कम्पनीबाट बिदा भएर घर जान लागेका जेसीबी अपरेटरको टिपरले किचेर मृत्यु भएको हो । कम्पनीबाट बिदा लिएर हल्दीबारी २ मा रहेको घर जान लागेका २४ वर्षीय मोहन किस्कुको मृत्यु भएको प्रहरीले जनाएको छ। मे २ प २१११ नम्बरको मोटरसाइकलमा घर जान लागेका किस्कुलाई को १ ख ७०१४ नम्बरको टिपरले किचेको थियो । अर्जुनधारा ७ को मधुजिता क्रसरमा टिपरले किचेर किस्कुको मृत्यु भएको हो । किस्कुको घरमा सोमबार पूजा आयोजना गरिएको बताइएको छ। पूजामा जानका लागि साथीको मोटरसाइकल लिएर घर जान लागेका…
Read More