Sacho Khabar

बीएण्डसी टिचिङ हस्पिटलमा साउन १ गतेदेखि पुन स्वास्थ्य बीमा लागू हुने

Advertisement

 

बिर्तामोड असार ३०॥   झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलमा साउन १ गतेदेखि स्वास्थ्य बीमा लागू हुने भएको छ । बीमा बोर्डसँग भएको सम्झौता अनुसार बीएण्डसीले बिरामीको सुविधाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको हो ।

अस्पतालमा रहेको दक्ष जनशक्ति, उपलब्ध अत्याधुनिक उपकरण र तोकिए अनुसारका औषधिको उपलब्धतासहित स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यसपटक अस्पताल प्रशासनले १० वटा काउन्टरमार्फत सेवा प्रदान गर्ने तयारी गरेको छ । बीमामार्फत स्वास्थ्य सेवा लिन धेरै समय कुर्नु परेको बिरामीहरूको गुनासोका बीच अस्पतालले सहज सेवाका लागि यस्तो व्यवस्था मिलाएको हो ।

अस्पताल व्यवस्थापनले आइतबार पत्रकार सम्मेलन गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनको तयारी पूरा भएको जनाउँदै बीमार्फत आउने र पेइङबाट आउने बिरामीबीच कुनै भेदभाव नहुने स्पष्ट पारेको छ ।

अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर वीरेन्द्र यादव बीमामार्फत सबै प्रकारका सेवा उपलब्ध रहेको बताउँछन् । डाक्टर यादवले बीमा बोर्डले तोकेअनुसारको सेवा सुविधा हस्पिटलमा उपलब्ध रहेको बताए ।

स्वास्थ्य बीमामार्फत सेवाग्राहीले औषधि, स्वास्थ्य परीक्षण, सर्जरी लगायतमा बीमा सुविधा प्राप्त गर्नेछन् । बीमा मार्फत आउने बिरामीलाई पनि चौबिसै घण्टा इमरजेन्सी सहितको सेवा उपलब्ध रहेको जनसम्पर्क अधिकारी गिरीले बताए ।

पत्रकार सम्मेलनमा मेडिकल कलेजका प्रिन्सिपल डक्टर उमेश शर्मा, हस्पिटलकी कार्यकारी निर्देशक अञ्जली कार्की लगायतको उपस्थिति रहेको थियो

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...