बिर्तामोड असार ३०॥ झापाको बिर्तामोडस्थित बीएण्डसी टिचिङ हस्पिटलमा साउन १ गतेदेखि स्वास्थ्य बीमा लागू हुने भएको छ । बीमा बोर्डसँग भएको सम्झौता अनुसार बीएण्डसीले बिरामीको सुविधाका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको हो । अस्पतालमा रहेको दक्ष जनशक्ति, उपलब्ध अत्याधुनिक उपकरण र तोकिए अनुसारका औषधिको उपलब्धतासहित स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागिएको हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन यसपटक अस्पताल प्रशासनले १० वटा काउन्टरमार्फत सेवा प्रदान गर्ने तयारी गरेको छ । बीमामार्फत स्वास्थ्य सेवा लिन धेरै समय कुर्नु परेको बिरामीहरूको गुनासोका बीच अस्पतालले सहज सेवाका लागि यस्तो व्यवस्था मिलाएको हो ।…

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई आइतबार ५ बजेपछि प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२ं) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेको बताइएको छ ।उनले प्रधानमन्त्री नियुक्त भएपछि फेसबुकमा लेखेका छन् । ‘सबैमा सम्मान । सबैलाई धन्यवाद दिएका छन। उनले कांग्रेस एमालेका १ सय ६६ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दाबी पेस गरेका थिए । उनको शपथ भोलि ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । ओलीको यो प्रधानमन्त्रीको चौथो कार्यकाल हो ।

बिर्तामोड असार २९॥ पूर्व–पश्चिम राजमार्ग अन्तरगत झापाको कनकाई नगरपालिका स्थित बिरिङ पुलमा सवारी दुर्घटनन हुँदा एक ब्यक्ति पुलमुनि खसेर घाइते भएका छन् । कनकाई नगरपालिका–८ स्थित बिरिङ पुलमा कारले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक पुल माथिबाट खोलामा खसेका थिए । दमकबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ प ३६९६ नम्बरको कारले बिपरित दिशातर्फ जाँदै गरेको प्र १–०१–०१५ प ७६९७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक कनकाई– ३ स्थित नमुना टोलका ४५ का देबेन्द्र बस्नेत पुल माथिबाट खोलामा खसेर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज न्यौपानेले जानकारी दिए । घाइतेको बिर्ताामोड स्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ । उनको…

एजेन्सी।। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको छ । पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्याली गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । र्यालीमा उपस्थित व्यक्तिसँगै एक बन्दुकधारीको पनि मृत्यु भएको थियो । पेन्सिल्भेनियाको बटलरमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको र्यालीमा भएको घटनाको सन्दर्भमा, सीबीएस न्यूजले अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले गोलीबारी लगत्तै ट्रम्पलाई स्टेजबाट बाहिर निकालेको बताएको छ । गोली लागे पनि डोनाल्ड ट्रम्प सुरक्षित नै छन् । सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा ट्रम्पको कानबाट रगत बगिरहेको देख्न सकिन्छ ।

उरुग्वेले कोपा अमेरिका २०२४ मा आइतबार क्यानाडालाई टाइब्रेकरमा ४–३ पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । प्रतियोगिताको सेमिफाइनलमा पराजित दुई टिमबीच यो खेल भएको हो । पेनाल्टीमा उरुग्वेका लागि चारै प्रहार गोलमा परिणत गरेको थियो । क्यानडाका लागि भने इस्माल कोने गोल गर्न चुके । उनको प्रहारलाई सर्जिओ राचेटले रोकेका थिए । यस्तै अल्फोन्सो डाभिसको प्रहार पोस्टमा लागेको थियो ।निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगेको थियो र त्यससँगै खेल सिधै पेनाल्टी सुटआउटमा प्रवेश गरेको थियो । उरुग्वेले आठौं मिनेटमा रोड्रिगो बेन्टकरको गोलले अग्रता लिएको थियो । पहिलो हाफको २२ औ मिनेटमा क्यानडाले बराबरी गोल फर्कायो र कोनेको नाममा रह्यो । जोनाथन डाभिडले ८०…