उर्लाबारी साउन १० ।। मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिएका छन् ।
बिहीबार बिहान उनलाइ कोठामा अचेत अवस्थामा फेला पारिएको थियो । यादव अस्पताल पछाडि रहेको सरिता धिमालको घरमा डेरा गरी बस्दै आएका थिए ।
३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए । भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले ढोका फुटाएर ८:४० बजे मा अरनिको अस्पताल पुर्याउँदा डाक्टरले उहाँलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।