काठमाडौँ —सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तले क्षतिपूर्तिको टुंगो नलागेसम्म शव नबुझ्ने बताएका छन् । बिहीबार त्रिवि शिक्षण अस्पतालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेकै अगाडि उनीहरूले एयरलाइन्सले क्षतिपूर्तिको टुंगो नलगाएसम्म शव नबुझ्ने अडान लिएका हुन् । विहीबार दिउँसो अस्पतालम मन्त्री पाण्डे, सौर्य एयरलाइन्सका एकाउन्टेबल म्यानेजर गोपाल भट्टराई र परिवारका आफन्तबीच छलफल भएको थियो । छलफलका क्रममा एयरलाइन्सका प्रतिनिधि भट्टराईले 'रिजनेबल' क्षतिपूर्ति दिइने जनाए पनि रकम खुलाउन सकेनन् । मृतकका आफन्तले भने निर्णय गर्न सक्ने एयरलाइन्सका उच्च अधिकारी नै छलफलमा आउनुपर्ने बताएका थिए । मन्त्री पाण्डेले शुक्रबार दिउँसोसम्म सहमतिको प्रयास गरिने आश्वासन दिएका छन् । शुक्रबार…
बिर्तामोड साउन १०।। झापाको बार्हदशी गाउँपालिका ३ मा जग्गाको विवादमा झडप हुँदा ११ जना घाइते भएका छन् । आज बिहान करिब साँढे ११ बजे बार्हदशी-३ राधानगरमा दुई स्थानिय प्रर्शुराम साह र रेखानन्द साह बीच खेति जग्गाको विषयमा विवाद उत्पन्न भएको थियो । झडपमा दुवै पक्षबाट बाँस, लाठी लगायत प्रयोग भएको पाइएको प्रहरीले बताएको छ । विवाद उग्र बनेपछि सामुहिक झडप हुँदा ११ जना घाइते भएका छन् । जस मध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । घाइते हुनेमा . अजय कुमार साह, लिला नन्द साह, रेखा नन्द साह, चाँदनी साह, . पदमा देवी साह, विष्णु प्रसादसाह, महानन्द साह, पर्शुराम…

बिर्तामोड साउन १०।। झापाको मेचीनगर–१३ स्थीत चाराली–चन्द्रगडी सडक खण्डमा मोटरसाइकल र अटो दुर्घटना भएको छ । उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ११ प १९०५ नम्बरको मोटरसाइकल र मे १ ट ८५४३ ओटो दुर्घटना भएको हो । दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक बुद्धशान्ति ३ का २३ बर्षका अनुराग राई र पछाडि सवार सोहि स्थानका मनोज मगर रहेको प्रहरीले बताएको छ । त्यस्तै अटो चालक बुद्धशान्ति २ का ४२ बर्षका केशव भण्डारी, बुद्धशान्ति २ कै ४२ बर्षका इन्द्रप्र्रसाद रिजाल र ४३ बर्षका यमबहादुर रिजाल, भद्रपुरका ३४ बर्षका सन्तोष पराजुली र उनको श्रीमती लक्ष्मी पराजुली घाइते…

रोङ साउन १० ।। इलामको रोङ गाउँपालिकाले सामुदायिक बिद्यालयमा सञ्चालनमा ल्याएको एक बिद्यार्थी एक रुपैयाँ बाल बचत अभियानमा आठ महिनाको अवधिमा १९ लाख बढी रकम जम्मा गरेको छ । गाउँपालिकाले कार्यविधि बनाएर २०८० साल मंसिर १ गतेदेखि पालिका भित्रका सामुदायिक बिद्यालयमा भर्ना भएका बिद्यार्थीको दैनिक एक रुपियाँ बचत थालेको थियो । २०८१ असार मसान्तसम्म प्रतिबिद्यार्थी एक रुपियाँ दरले जम्मा गर्दा १९ लाख ६ हजार चारसय ८८ रुपियाँ बैंकमा जम्मा भएको हो । अध्यक्षसँग बिद्यार्थी बिद्यालयमा आधारित उधमशिलता कार्यबिधी –२०८० बनाएर गाउँपालिकाले २०८० असोज २५ गते कार्यपालिकाबाट स्र्वीकृत गरी लागु गरेको थियो । गाउँपालिकाले सामुदायिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीको दैनिक बचत…

उर्लाबारी साउन १० ।। मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनिषकुमार यादव कोठामा मृत भेटिएका छन् । बिहीबार बिहान उनलाइ कोठामा अचेत अवस्थामा फेला पारिएको थियो । यादव अस्पताल पछाडि रहेको सरिता धिमालको घरमा डेरा गरी बस्दै आएका थिए । ३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देखेका थिए । भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले ढोका फुटाएर ८:४० बजे मा अरनिको अस्पताल पुर्याउँदा डाक्टरले उहाँलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।