बिर्तामोड साउन १०।। झापाको मेचीनगर–१३ स्थीत चाराली–चन्द्रगडी सडक खण्डमा मोटरसाइकल र अटो दुर्घटना भएको छ ।
उत्तरबाट दक्षिण तर्फ जादै गरेको मे ११ प १९०५ नम्बरको मोटरसाइकल र मे १ ट ८५४३ ओटो दुर्घटना भएको हो ।
दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुनेहरुमा मोटरसाइकल चालक बुद्धशान्ति ३ का २३ बर्षका अनुराग राई र पछाडि सवार सोहि स्थानका मनोज मगर रहेको प्रहरीले बताएको छ ।
त्यस्तै अटो चालक बुद्धशान्ति २ का ४२ बर्षका केशव भण्डारी, बुद्धशान्ति २ कै ४२ बर्षका इन्द्रप्र्रसाद रिजाल र ४३ बर्षका यमबहादुर रिजाल, भद्रपुरका ३४ बर्षका सन्तोष पराजुली र उनको श्रीमती लक्ष्मी पराजुली घाइते भएका छन् ।
उनीहरुको बिर्तामोडको बिएण्सी अस्पतालमा उपचार भइरहेको छ ।