Sacho Khabar

आफ्नो सेवालाई अझै व्यवस्थित गर्दै पूर्वेली ढुवानी सेवा

Advertisement

 

बिर्तामोड, १२ साउन : पूर्वेली ढुवानी सेवा प्रा.लि ले ढुवानी व्यवसायलाई थप व्यवस्थित गरेको छ । पुर्वेलीले थप पाँच वटा मालवाहक ट्रक थप गरेर सेवा प्रवाहलाई अझै व्यवस्थित गरेको हो ।

कम्पनीका सञ्चालक निर्मल खत्रीले समयअनुसार प्रविधिले फड्को मार्दै गईरहेकोले आवश्यकतालाई ध्यानमा राखेर ५ वटा टाटा ब्राण्डको १० चक्के ट्रक खरिद गरेको जानकारी दिनुभयो । उहाँले बजार प्रतिस्पर्धात्मक रहेकोले सेवालाई सुध्रिढ, व्यवस्थित गर्दै बलियो बनाएर लैजानु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

बिगत ५ वर्षदेखि झापाको बिर्तामोडमा कार्यालय राखेर सेवा सञ्चालन गर्दै आएको पूर्वेली ढुवानीले ईटहरीमा समेत सेवा कार्यालय स्थापना गरेको छ । देशैभरि आफ्नो सेवा दिँदै आएको पूर्वेली ढुवानी सेवा मा  यस अघि नै ३६ वटा मालवाहक ट्रक र २ वटा टिपर सञ्चालनमा रहेको पूर्वेली ढुवानीमा एक सय जना भन्दा बढीले प्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

ढुवानी व्यवसायी खत्री सामाजिक सेवामासमेत सक्रिय हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...