अर्जुनधारा साउन १२।। राष्ट्रिय युवा संघ नेपाल अर्जुनधाराले अर्जुनधारा जलेश्वर धामको खडेबाबा स्मृति पार्कमा सरसफाईसहित वृक्षारोपण गरेको छ । युवा संघले अघि सारेको ‘एक युवा, पाँच बिरुवा’ अभियान अन्तर्गत वृक्षारोपण गरिएको हो । कार्यक्रमकी प्रमुख अतिथि युवा संघकी स्थायी कमिटी सदस्य तथा संगठन विभाग सचिव रोजिना पाण्डेले प्रकृति संरक्षणका लागि युवा संघले हरेक महिनाको शनिवार वृक्षारोपण गरिने बताइन् । विश्वमा जलवायु परिवर्तनका कारण बढ्दै गएको तापक्रम न्यूनीकरण गर्ने उद्देश्यले राष्ट्रिय युवा सङ्घ केन्द्रीय कमिटीले शुरु गरेको अभियान अन्तरगत अर्जुनधारा नगरपालिकामा वृक्षारोपण भएको हो । कार्यक्रममा नेकपा एमाले कोशी प्रदेश सदस्य भोला परियार, धाम समितिका शिवलाल खतिवडा, अर्जुनधारा नगरपालिका कार्यपालिका…

काठमाडौं १२ साउन । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर हालसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिए । उनले हैजाबाट बच्न व्यक्तिगत सरसफाइ र सम्बन्धित निकायको व्यवस्थापकीय भूमिका महत्वपूर्ण रहेको बताए। उनले भने, “हैजाको सम्बन्ध सरसफाइबाहेक खानेपानीको आपूर्तिसँग पनि जोडिएको छ। ललितपुरमा इनारको पानीमा दिसामा देखिने जीवाणु भेटिएको हो। ढलबाट मिसिएको हुनसक्छ। शौचालयको अवस्था र फोहोरको व्यवस्थापन कस्तो छ त्यसले पनि भर पर्छ। हैजा फैलिन नदिन यी सबैमा ध्यान दिनु जरुरी छ।” हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट…

बिर्तामोड, १२ साउन : पूर्वेली ढुवानी सेवा प्रा.लि ले ढुवानी व्यवसायलाई थप व्यवस्थित गरेको छ । पुर्वेलीले थप पाँच वटा मालवाहक ट्रक थप गरेर सेवा प्रवाहलाई अझै व्यवस्थित गरेको हो । कम्पनीका सञ्चालक निर्मल खत्रीले समयअनुसार प्रविधिले फड्को मार्दै गईरहेकोले आवश्यकतालाई ध्यानमा राखेर ५ वटा टाटा ब्राण्डको १० चक्के ट्रक खरिद गरेको जानकारी दिनुभयो । उहाँले बजार प्रतिस्पर्धात्मक रहेकोले सेवालाई सुध्रिढ, व्यवस्थित गर्दै बलियो बनाएर लैजानु पर्ने आवश्यकता रहेको बताउनुभयो । बिगत ५ वर्षदेखि झापाको बिर्तामोडमा कार्यालय राखेर सेवा सञ्चालन गर्दै आएको पूर्वेली ढुवानीले ईटहरीमा समेत सेवा कार्यालय स्थापना गरेको छ । देशैभरि आफ्नो सेवा दिँदै आएको पूर्वेली ढुवानी…

एजेन्सी।। सुन्दर सेन नदीमा डुंगामा परेड गर्दै र पुरानो परम्पराबाट पछि हट्दै ३३औँ ओलम्पिक खेलकुद पेरिसमा भव्य उद्घाटन भएको छ । उद्घाटन समारोहमा शुक्रबार फ्रान्सले आफ्नो सांस्कृतिक विविधता, क्रान्तिको इतिहास र भव्य वास्तुकलाको सम्पदा विश्वसामु प्रस्तुत गर्यो । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र अन्तर्राष्ट्रिय ओलम्पिक समितिका प्रमुख थोमस बाख एक साथ थिए । फ्रान्सेली फुटबलर महान जिनेदिन जिदानलाई एक पूर्व रेकर्ड गरिएको भिडियोमा ओलम्पिक टर्च लिएर पेरिसको सडकमा दौडिएको देखाइएको थियो । ओस्टरलिज ब्रिजबाट सुरु भएको छ किलोमिटर परेडमा २०६ देशका ६ हजार ८ सयभन्दा बढी खेलाडी र ८५ वटा डुङ्गामा शरणार्थी ओलम्पिक टोलीलाई लिएर गएको थियो । टोलीहरू…