Sacho Khabar

पाँचथरमा घोडाबाट लडेर एकजना को मृत्यु

Advertisement

 

पाँचथर ।।पाँचथरमा घोडाबाट लडेर एकजनाको मृत्यु भएको छ ।

घरबाट घोडा चढेर खेत गएका कुम्मायक–१ का मोहन थापाको घोडाबाट लडेर मृत्यु भएको हो । हिजो बिहान ७ बजे खेतमा काम गर्न गएका ४५ वर्षीय थापा चढेर गएको घोडामात्रै फर्केपछि खोजी गर्ने क्रममा बाटोमा लडिरहेको अवस्थामा भेटिएका थिए ।

घोडा आएको घण्टौंसम्म थापा घर नफर्केपछि खोजतलास गर्दा परिवारका सदस्यले घरदेखि ६ सय मिटर टाढा बाटोमा बेहोस अवस्थामा भेटेपछि घर ल्याइ पुर्याउँदै गर्दा उनको मृत्यु भएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार थापा उच्च रक्तचापको बिरामी थिए । केही दिन अघिदेखि नियमित औषधि सेवन गर्न छोडेका थिए । उनी उच्च रक्तचापकै कारण लडेको हुनसक्ने प्रहरीको अनुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...