बिर्तामोड भाद्र २४ ।। इन्डियन कम्पनी टाटा मोटर्सको आधिकरीक विक्रेता अलस्का अटोमोवाइल्स प्रा.लि.ले झापाको बिर्तामोडबाट टाटाको पन्च इभी गाडी सार्वजनिक गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, सिप्रदी ट्रेडिङ प्रा.लि.का महाप्रवन्धक सावन्तजंघ सिजापति, अलस्का अटोमोवाइल्सका प्रवन्ध निर्देशक प्रकाश शिवाकोटी लगायतले पञ्च इभी सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको पञ्च इभी सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको बताइएको छ । सिप्रदी ट्रेडिङका जनरल मेनेजर मेघराज ढुङ्गेलले बहुप्रतीक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्लेटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त रहेको दाबी गरेका छन् । लञ्च गरिएको जानकारी दिँदै उनले १६ इन्च…

बिर्तामोड, २४ भदौ : बिर्तामोडबाट तीन जना वेसाहारा नागरिकको उद्दार गरीएको छ । मानव सेवा आश्रमको सहयोगमा एक जना वृद्धासहित तीन जनाको उद्दार गरीएको हो । मानव सेवा आश्रमका प्रतिनिधि, नगर प्रहरीसहित नगर उप- प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको टोलीले आज दिउँसो उनीहरुको उद्दार गरेको हो । बिर्तामोड ४ बाट ९० वर्षिय छबिलाल तिम्सिना, बिर्तामोड ३ बाट १८ वर्षिय उजित सिं र बिर्तामोड ६ बाट २२ वर्षिय विनिशा गौतमलाई उद्दार गरिएको हो । बृद्ध तिम्सिनालाई विगत धेरै दिनदेखि बिरामी रहेको र कटेरोमा सुतेको अवस्थामा उद्दार गरिएको हो । उनको आफन्त यहाँ कोहि नभएकोले स्थानीयले उनलाई खानपिन गराउँदै आएका थिए ।…

बिर्तामोड, २४ भदौ : बिर्तामोडको भद्रपुर सडक खण्डमा वृक्षारोपण गरिएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आज (सोमबार) सडकको दुवै तर्फ फूलका विरुवा रोपिएको हो ।बिर्तामोडलाई हरित नगर बनाउने उदेश्यकासाथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा ४ सय फुलका विरुवा तारजालीसहित व्यवस्थित तवरले रोपिएको छ। बिर्तामोड नगरपालिका र वडाहरुको सक्रियतामा यस अघि पनि भद्रपुर रोड, बिर्ताबजार लगायत आसपासका क्षेत्रमा वृक्षारोपण गरीएको थियो । सडकको बिच भागमा रहेको डिभाइडर लगायत कतिपय स्थानमा रोपेका फूलका विरुवाहरु भने हुर्कीसकेका छन् । नगर प्रमुख पवित्रा महतारा प्रसाईले आ-आफ्नो टोल, क्षेत्रमा विरुवा रोप्न सबैलाई आग्रह गर्नु भयो । उहाँले शहरी सौन्दर्यताका साथै वातावरण सन्तुलन कायम राख्नको लागि…

बिर्तामोड, २४ भदौ : मेची ट्रान्सपोर्ट एशोसिएशन झापाको अध्यक्षमा मोहन कुमार ढकाल सर्वसम्मत हुनु भएको छ । आज (सोमबार) बिर्तामोडमा सम्पन्न संस्थाको १६ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशनबाट ढकाल सर्वसम्मत हुनु भएको हो । अधिवेशनले संस्थाको १५ सदस्यीय कार्य समितिनै सर्वसम्मत गरेको छ। नव निर्मित समितिको उपाध्यक्षमा पदम बहादुर तामाङ, महासचिबमा श्याम प्रसाई, सचिबमा पदम श्रेष्ठ, सह-सचिवमा भुवन आचार्य, कोषाध्यक्षमा निर्मलराज खत्री र सह-कोषाध्यक्षमा महेश हमाल सर्वसम्मत हुनु भएको छ । यस्तै समितिको सदस्यहरुमा हेमराज अधिकारी, सोम प्रसाद आचार्य, निर्मलकुमार श्रेष्ठ, प्रेमप्रसाद लम्साल, डिल्ली चोङ्बाङ, विवेककुमार गुप्ता, नविन दंगाल, रुपक थापा रहनु भएको छ । ढुवानी व्यवसायी…

झापा।भाद्र २४ ।। झापाको दोमुखामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईमध्ये एकजनाको सब फेला परेको छ। भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसंगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् । दोमुखामा पौडी खेल्न आएका चारमध्ये दुई किशोर हराइरहेका थिए । आज दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए। ‘पौडी खेल्न चारजना पसेका थिए । दुई जना निस्कन सफल भए भने अन्य दुईजना निस्कन सकेनन्’ फुयलले भने ।दुवै किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । उनीहरूको खोजीका लागि…

काठमाण्डौ – निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले काठमाण्डौ–पोखरा उडान गर्ने यात्रुलाई एक टिकट खरिद गर्दा अर्को टिकट निःशुल्क दिने भएको छ । एयरलाइन्सले हिजोदेखि लागू हुने गरी आउँदो असोज ४ गतेसम्म कामाडौँमा -पोखरा विमानमार्फत यात्रा गर्दा एउटा किन्दा एउटा टिकट सित्तैमा दिने भएको हो । एयरलाइन्सका प्रबन्धक अनिल मानन्धरले पोखराको पर्यटन चलायमान बनाउन तथा एयरलाइन्समा यात्रुको आकर्षणका लागि एक टिकट खरिद गर्दा अर्को निःशुल्क दिने अफर ल्याइएको जानकारी दिनुभयो । खरिद गरेको टिकटबाट असोज १४ सम्म यात्रा गरिसक्नुपर्ने कम्पनीले जनाएको छ ।

प्रायः मानिस, शरीरलाई चाहिने पर्याप्त मात्रामा पानी पिउँदैन । अमेरिकाको द नेसनल एकेडेमी अफ मेडिसिनले पुरुषहरूले दैनिक ३.७ लिटर र महिलाहरूले २.७ लिटर पानी खान सुझाएको छ । सुझावमा शरीरमा पर्याप्त मात्रामा पानी नभए नकारात्मक प्रभाव पर्ने बताइएको छ । शरीरमा पानीको मात्रा पर्याप्त नभए जोर्नी सुख्खा हुने, व्यायाम गर्दा चाँडै थाकिने र कुनै पनि काम गर्न जाँगर हुँदैन । यसैगरी स्मरण शक्ति बोधो हुने र मुड पनि ताजा हुन पाउँदैन । साथै एकाग्रता पनि हुदैन । शरीरमा पानी पुगे नपुगेको हामीले तिर्खा र पिसाबो रंगबाट थाहा पाउन सकिन्छ । तिर्खा लागेन र पिसाबको रंग सफा भए हाम्रो शरीरमा…

पाँचथर ।।पाँचथरमा घोडाबाट लडेर एकजनाको मृत्यु भएको छ । घरबाट घोडा चढेर खेत गएका कुम्मायक–१ का मोहन थापाको घोडाबाट लडेर मृत्यु भएको हो । हिजो बिहान ७ बजे खेतमा काम गर्न गएका ४५ वर्षीय थापा चढेर गएको घोडामात्रै फर्केपछि खोजी गर्ने क्रममा बाटोमा लडिरहेको अवस्थामा भेटिएका थिए । घोडा आएको घण्टौंसम्म थापा घर नफर्केपछि खोजतलास गर्दा परिवारका सदस्यले घरदेखि ६ सय मिटर टाढा बाटोमा बेहोस अवस्थामा भेटेपछि घर ल्याइ पुर्याउँदै गर्दा उनको मृत्यु भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीका अनुसार थापा उच्च रक्तचापको बिरामी थिए । केही दिन अघिदेखि नियमित औषधि सेवन…