झापा।भाद्र २४ ।। झापाको दोमुखामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुईमध्ये एकजनाको सब फेला परेको छ।
भद्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने १५ वर्षीय फिरु शेखको शव भेटिएको हो । उनीसंगै हराइरहेका भद्रपुर ५ कै १५ वर्षीय प्रदिप राई भेटिएका छैनन् । दोमुखामा पौडी खेल्न आएका चारमध्ये दुई किशोर हराइरहेका थिए । आज दिउँसो २ बजेदेखि दोमुखाको ड्याममा पौडी खेल्न पसेका चारमध्ये दुईजना बेपत्ता भएको स्थानीय कुमार फुयलले जानकारी दिए।
‘पौडी खेल्न चारजना पसेका थिए । दुई जना निस्कन सफल भए भने अन्य दुईजना निस्कन सकेनन्’ फुयलले भने ।दुवै किशोर भद्रपुर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । उनीहरूको खोजीका लागि स्थानीयवासी, प्रहरी र आफन्त बेपत्ता भएको स्थान दोमुखा आइपुगेका छन्। हराइरहेका अर्का एक युवाको खोजी भइरहेको प्रहरीले बताएको छ।