Sacho Khabar

ओमानमा सवारी दुर्घटनामा परी झापाकी एक महिला सहित दुई जना नेपालीको मृत्यु

Advertisement

 

झापा ।। ओमानमा भएको सवारी दुर्घटनामा परी झापाकी एक महिला सहित दुई जना नेपालीको मृत्यु भएको छ।

निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा झापा घर भएकी समिता बुढाथोकीको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारुले चलाएको कार दुर्घटना हुँदा झापाकी बुढाथोकीसँगै सारुको पनि मृत्यु भएको हो । एक्कासी  कार अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको दूतावासले जनाएको छ ।

समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् ।

कानुनी प्रक्रिया पूरा गरी समिताको शव नेपाल पठाउने प्रक्रियामा रहेको दूतावासले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

सैनिकमोडका होटलमा नगरपालिका द्वारा अनुगमन

  बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगे...
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी गठन अध्यक्षमा घिमिरे

  मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष...
मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

मङ्गल एकता टोल विकास संस्थाको साधारण सभा सम्पन्न अध्यक्षमा पुन: कार्की।

   बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। स...
एमालेले  प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

एमालेले प्रतिगामी गतिविधि विरुद्ध देशव्यापी अभियान सञ्चालन गर्ने

  झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभिया...