झापा ।। ओमानमा भएको सवारी दुर्घटनामा परी झापाकी एक महिला सहित दुई जना नेपालीको मृत्यु भएको छ। निज्वा इज्की रोडमा गत आइतबार भएको दुर्घटनामा झापा घर भएकी समिता बुढाथोकीको मृत्यु भएको राजधानी मस्कटस्थित नेपाली दूतावासले जनाएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका घर भएका नरबहादुर सारुले चलाएको कार दुर्घटना हुँदा झापाकी बुढाथोकीसँगै सारुको पनि मृत्यु भएको हो । एक्कासी कार अनियन्त्रित भई दुर्घटना हुँदा दुवैजनाको मृत्यु भएको दूतावासले जनाएको छ । समिता वारदात अल साब अलधब्या हिना एन्ड ब्युटी सेन्टरमा हेयर स्ट्यालिस्टको रुपमा काम गर्थिन् । उनी दुई वर्षअघि मात्र त्यहाँ गएकी थिइन् । कानुनी प्रक्रिया पूरा गरी समिताको शव…

काठमाडौँ – भक्तपुरको ठिमीस्थित आफ्नै घरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । गत असोज २ गते विद्युतीय कसुरसम्बन्धी अभियोगमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रहरी उनको घरमा पुगेको हो । उनलाई काठमाडौंस्थित साइबर ब्यूरो र जिल्ला प्रहरी परिसरको संयुक्त टोलीले पक्राउ गरेको हो । पक्राउ गर्न पुगेको टोलीलाई प्रसाईं र उनका गार्डले अवरोध गरेका थिए । त्यसपछि प्रहरीको टोली घरमा भर्याङ लगाएर छिरेर पक्राउ गरेको हो । प्रहरीले प्रसाईंलाई पक्राउमा अवरोध गर्ने सुरक्षागार्डलाई पनि पक्राउ गरेको छ । यतिबेला प्रसाई निवासमा भने प्रसाईका समर्थकहरू भेला भएर नारा जुलुस गरिरहेका छन्।

झापा असोज ६ ।। नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। गत सातामात्रै हालसम्मकै महँगो मूल्यको रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि नयाँ कीर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला १७०० रुपैयाँले बढेर १ लाख ५८ हजार ८०० रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि भदौ ३१ गते सुनको भाउ प्रतितोला १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।…

झापा ।। चार दिनयता पूर्वी तराईसहित झापामा अत्यधिक बढेको तापक्रमका कारण जनजीवन प्रभावित भएको छ। मानिसहरू अत्याधिक गर्मीका कारण ढल्न थालेका छन्। कनकाईको कोटिहोम क्षेत्रमा आज एकजना बृद्धा अत्यधिक गर्मीका कारण ढलेकी छन् । उनलाई सुरुङ्गा स्वास्थ्य केन्द्रमा लगिएको स्थानीयले बताएका छन् । कोटिहोम क्षेत्रमा लडिरहेको भेटेपछि उनलाई राधाकृष्ण मन्दिर श्यामकुटीमा लगेर राखिएको थियो । बुद्धशान्ति गाउँपालिकाबाट आएको बताउने ती बृद्धाको पहिचान खुलिसकेको छैन सैबीच, चार दिनअघि गिरीबन्धु टी इस्टेटनजिक मृत भेटिएकी महिलाको अत्यधिक गर्मीकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । बिर्तामोड-६ की ३६ वर्षीया राधिका जोगी एक्कासि ढलेकी थिइन् । अन्य बिरामी भएकी मागिहिँड्ने ती महिला…

नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपको च्याम्पियन बनेको छ। माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बन्न सफल रह्यो । पहिलो सेट २५-१६ ले जितेको पुलिसले दोस्रो सेट २५-२२ ले जितेको थियो । तेस्रो सेटमा २५-२३ को जित निकाल्दै पुलिस च्याम्पियन भएको हो । पुलिसले लिग चरणको पहिलो खेलमा नै हुमोलाई ३-० सेटमा पराजित गरेको थियो। त्यसपछि पुलिसले श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजिकस्तानको डाइमेड भलिबल क्बललाई समान ३-० सेटले हराएको थियो । पुलिसले घरेलु टोली वाम्कोसँग भने कडा चुनौतीको सामना गर्दै ३-२ सेटको जित…