बिर्तामोड असोज १४ ।। झापाको बिर्तामोड १० ठुटेबरमा मोटरसाइकल दुर्घटनामा, परी गम्भीर घाइते भएका मोटरसाइकल चालक अनिस न्यौपानेको मृत्यु भएको छ !
गएराति करिब ८:३० बजे बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा २७ वर्षीय न्यौपानेको गम्भीर घाइते भएका थिए ।
प्रहरीका अनुसार, मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकललाई जोगाउने क्रममा अनियन्त्रित भई पल्टिएको थियो। टाउको र दुबै खुट्टामा चोट लागेका न्यौपानेलाई तत्काल उपचारका लागि बीएण्डसी हस्पिटल भर्ना गरिएको थियो। उपचारकै क्रममा आज दिउँसो २ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ।
मोटरसाइकलमा पछाडि सवार, बिर्तामोड–१० का ३८ वर्षीय टिकाराम राय पनि दुर्घटनामा घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको र उनको पनि बीएण्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।