Sacho Khabar

Day: २०८१ आश्विन १४, सोमबार

मोटरसाइकल दुर्घटनामा घाइते  न्यौपानेको उपचारको क्रममा मृत्यु

मोटरसाइकल दुर्घटनामा घाइते न्यौपानेको उपचारको क्रममा मृत्यु

  बिर्तामोड असोज १४ ।।   झापाको बिर्तामोड १० ठुटेबरमा मोटरसाइकल दुर्घटनामा, परी गम्भीर घाइते भएका मोटरसाइकल चालक  अनिस न्यौपानेको मृत्यु भएको छ ! गएराति करिब ८:३० बजे बिर्ताबजारबाट सैनिकबजारतर्फ जाँदै गरेको प्र १–०१–०१२ प ५८९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा २७ वर्षीय  न्यौपानेको गम्भीर घाइते भएका थिए । प्रहरीका अनुसार, मोटरसाइकल विपरीत दिशाबाट आइरहेको साइकललाई जोगाउने क्रममा अनियन्त्रित भई पल्टिएको थियो।  टाउको र दुबै खुट्टामा चोट लागेका न्यौपानेलाई तत्काल उपचारका लागि बीएण्डसी हस्पिटल भर्ना गरिएको थियो।  उपचारकै क्रममा आज दिउँसो २ बजे उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ। मोटरसाइकलमा पछाडि सवार, बिर्तामोड–१० का ३८ वर्षीय टिकाराम…
Read More
इलाम पाँचथर र ताप्लेजुङमा विद्युत अवरुद्ध सुचारु हुन केही दिन लाग्ने

इलाम पाँचथर र ताप्लेजुङमा विद्युत अवरुद्ध सुचारु हुन केही दिन लाग्ने

  पाँचथर असोज १४ ।। कोशी प्रदेशका पूर्वी पहाडी जिल्लाहरु ताप्लेजुङ पाँचथर र इलाम दिनदिन यता विद्युत् अवरुद्ध भएको छ। पछिल्लो तीन दिनदेखि विद्युत् अवरुद्ध हुँदा ताप्लेजुङ, पाँचथर र इलाममा बैंक, वित्तीय संस्था र कलकारखानासहित विद्युतबाट चल्ने सबै सेवा प्रभावित भएका छन्। असोज १२ गते आएको बढी तथा पहिरोका कारण केन्द्रीय प्रसारणलाइन इलाममा क्षति भएपछि पूर्वी पहाडी जिल्लाहरू अन्धकारमय बनेका हुन्। नेसनल ग्रिडको ३३ हजार भोल्ट क्षमताको प्रसारणलाइनको टावरमा क्षति भएको छ। ताप्लेजुङ, पाँचथर र इलाम जिल्लामा एउटै लाइनबाट विद्युत् वितरण हुँदै आएको छ। इलामको माईखोलामा चारवटा पोल ढलेकाले यी तीन जिल्लामा विद्युत् अवरुद्ध भएको ताप्लेजुङ विद्युत् प्रसरणलाइनका प्रमुख सुरेशकुमार चौधरीले बताए। ताप्लेजुङ…
Read More
वर्षा रोकिए पनि उद्धार र राहतमा ढिलाई भएको भन्दै गुनासो…

वर्षा रोकिए पनि उद्धार र राहतमा ढिलाई भएको भन्दै गुनासो…

काठमाण्डौ। असोज १४।।केहि दिन परेको वर्षा पछी देशका कतिपय ठाउँमा घाम लागेको छ। वर्षा रोकिएपछि थप पहिरो नजाने सम्भावना बढ्ने भएकाले राहत तथा उद्धारको काममा सहज हुने भएकाले कार्य चाडो हुने विश्वास गरिएको थियो तर सरकारले उद्धार र राहतको काममा ढिलाइ गरेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । बीपी राजमार्गमा अलपत्र परेका सबै यात्रुहरुको अझै उद्धार हुन सकेको छैन । उक्त स्थानमा अझै तीन हजारभन्दा धेरै अलपत्र अवस्थामा रहेका काभ्रे प्रहरीको भनाइ छ । जिल्ला प्रहरी काभ्रेले दिएको जानकारीअनुसार तीमध्ये महिला, बालबालिका, अशक्त र बिरामी गरी झन्डै एक सय ५० जनालाई हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने अवस्था छ । हिजो झन्डै दुई…
Read More
वर्षाका कारण हाल सम्म १सय ९२ जनाको मृत्यु, खोज तथा उद्धार कार्य जारी..

वर्षाका कारण हाल सम्म १सय ९२ जनाको मृत्यु, खोज तथा उद्धार कार्य जारी..

काठमाडौं। १४ असोज।। वर्षाका कारण देशका थुप्रै ठाउँमा आएको पहिरो र डुबानमा परी अहिलेसम्म १सय ९२ जनाको मृत्यु भएको पुष्टि भएको भने ति जना अझै हराइरहेका छन्। खोज, उद्धारका कार्य भइरहेको छ भने प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिएका छन्। सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि उनले बताएका छन्।उनका अनुसार विपदमा १ सय ९४ जना घाइते भएका छन् । थप विवरण आउन बाँकी छ।................
Read More
नेपाल ले ओमान लाई ३७ रन ले हरायो

नेपाल ले ओमान लाई ३७ रन ले हरायो

  काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा ओमानलाई ३७ रनले हराएकोछ । क्यानडा भ्रमणमा नेपालको यो पहिलो जित हो । १७७ रनको लक्ष्य पछ्याएको ओमान १९.१ ओभरमा १३९ रनमा अल आउट भयो । ओमानका शोएब खानले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन बनाए । रफिउल्लाह १२ बलमा १ चौका र ४ छक्कासहित ३५, प्रतिक अथभले १५, खालिद कैल ११, जिशान मकसुद ६, आयन खान र अकिब इलियास २-२ रनमा आउट भए । नेपालका करण केसीले ४ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । गुलशन झाले २.१ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।…
Read More