Sacho Khabar

Avatar

Sacho Khabar

799 Posts
बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

बंगलादेशको काउर्न बाजार भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

  भद्रपुर, फागुन ११ । काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै  सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । बंगलादेशले खेलको २४ औँ मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६ औँ मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २–० ले अग्रता दोब्बर बनाए । सिल्लाहले मध्य भागबाट सिंगल…
Read More
काँकरभिट्टा हुँदै २० जना विद्यार्थी उडिसाबाट फर्किए

काँकरभिट्टा हुँदै २० जना विद्यार्थी उडिसाबाट फर्किए

झापा। भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत २० जना विद्यार्थी काँकरभिट्टा नाका हुँदै नेपाल फर्किएका छन्। फागुनको छ गतेदेखि उक्त नाका हुँदै फर्किदै गरेकोमा आज बिहानसम्म २० जना विद्यार्थी नेपाल फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक विजय चौहानले जानकारी दिएका हुन्। काँकरभिट्टा नाका हुँदै फर्किनेमा कास्की पोखरा–८ का २० वर्षीय सुलभ पौडेल, २० वर्षीय आयुश अधिकारी, काठमाडौँ–१० का २१ वर्षीय समिम पौडेल, ललितपुर महालक्ष्मी–४ का २० वर्षीय आकाश साह, काठमाडौँ–१३ का २० वर्षीय पुयुश साह र काठमाडौँ गोकर्णेश्वर–७ का २० वर्षीय विकेश श्रेष्ठ रहेका छन्।राजविराज–२ की २० वर्षीया आरती रोही, २१ वर्षीया सालिमी दास, २०…
Read More
पाथीभरा क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएपनी तिर्थयात्रीहरू सहजै जान सक्ने

पाथीभरा क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएपनी तिर्थयात्रीहरू सहजै जान सक्ने

ताप्लेजुङ। पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएको छ । गएराति ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा लगायत क्षेत्रमा बाक्लो हिमपात भएको हो । बाक्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जाने तिर्थयात्रीलाई कुनै प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छाना लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् उनको भनाई छ। विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग हिउले पुरेर समस्या खेप्नु परेको थियो । हाल बिकास समितिले पदमार्गमा फाइबरको छाना लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ…
Read More
सात करोडमा बनेको भवन प्रयोगमा अझै आएन

सात करोडमा बनेको भवन प्रयोगमा अझै आएन

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग विहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए । चितवनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ । भाडामा नदिँदा निर्माणाधीन भवन प्रयोग विहीन भएको उनको भनाइ छ । वर्षातका समयमा हाटबजार लगाउन आउने व्यापारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन…
Read More
सुरक्षाको ग्यारेन्टी गरेर कलेज फर्किने वातावरण बनाइदिन विद्यार्थीहरूको माग…

सुरक्षाको ग्यारेन्टी गरेर कलेज फर्किने वातावरण बनाइदिन विद्यार्थीहरूको माग…

भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीबाट नेपाल फर्किएका विद्यार्थीले पत्रकार सम्मेलन गर्दै आफूहरू कलेजमा फर्किन सक्ने अवस्थामा नरहेको बताएका छन्। नेपाल आएर कलेजमा भएको घटनाबारे जानकारी दिन आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनीहरूले सो कुरा बताएका हुन्। एक विद्यार्थीले परिचय नखुलाउन आग्रह गर्दै हाेस्टेलबाट निकाल्दा कलेजले बाहिरबाट मान्छे लिएर कुटपिट गरेको बताएका छन्। उनका अनुसार ‘घटना भएको अर्को दिन हामीले प्रकृतिको न्यायका लागि आन्दोलन गर्यौँ। त्यसपछि हामीलाई निकालियो। निकाल्दा बाहिरबाट मान्छे लिएर कुटपिट गरियो। त्यसरी त कुकुरलाई पनि कुटिँदैन’, भनेर गुनासो समेत गरेका छन्। ‘कुटिएका हामीहरू यहाँ छौँ। त्यहाँ कुरा मिल्यो रे ! कसरी मिल्यो?’ उनले प्रश्न गर्दै…
Read More
पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

  भद्रपुर, फागुन ९ । आयोजक टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा…
Read More
माघमा देशभर ४ सय बढी आगलागी

माघमा देशभर ४ सय बढी आगलागी

काठमाडौं।९ फागुन।। गएको माघ महिनामा देशभर ४ सय ७८ वटा आगलागीका घटना भएका छन्।उक्त घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन्। मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएको उनले बताएका छन् । त्यसैगरी घटनाबाट १७ परिवार विस्थापित भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन गरिएको थियो । कोशी प्रदेशमा एक सय २९ वटा, मधेशप्रदेशमा ८९, बागमती प्रदेशमा ४२, काठमाडौँ उपत्यकामा ३७, गण्डकी प्रदेशमा…
Read More
पाठेघरको मुखको क्यान्सर  स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

  बिर्तामोड, ८ फागुन : बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ । नगरका ४ वटा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा फागुन ११ गते, वडा नम्बर १० मा फागुन १२ गते, वडा नम्बर ९ मा फागुन १३ गते र बिर्तामोड नगरअस्पतालमा १५…
Read More
झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

झापा ११ भद्रपुर झापा गोल्डकपको क्वार्टर फाइनलमा

  भद्रपुर, फागुन ८ । झापा ११ एफसी सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको दोस्रो दिनको खेलमा मछिन्द्र फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै झापा ११ क्वार्टर फाइनलमा प्रवेश गरेको हो । झापाले इटहरी गोल्डकपमा मछिन्द्रसँग व्यहोरेको हारको बदला लिएको छ । झापाका लागि खेलको २९ औँ मिनेटमा एक मात्र गोल बबिन बोहोराले गरे । एरोन थापाको क्रस पासमा बोहोराले वान टच गोल गरेका थिए  । उनको गोल नै निर्णायक बन्यो । झापाले क्वार्टर फाइनलमा चर्च…
Read More
शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका फाइनल प्रवेश

शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका फाइनल प्रवेश

  मङ्गलबारे फागुन ७ ।।  शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका रोङ गाउँपालिकालाई पराजित गर्दै  दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सूर्योदय नगरपालिकाले रोङ गाउँपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। सूर्योदयको जितमा जर्सी नम्बर १० का शेखर राईले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल भए भने अर्को एक गोल सौरभ कार्कीको नाममा रह्यो देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको नवौँ  मिनेटमा सौरभ कार्कीको गोलबाट सूर्योदय नगरपालिकाले  अग्रता बनाएको थियो। कर्नरबाट आएको बललाई कार्कीले वान टचमै जाली चुमाइदिएका थिए। त्यसैगरी पहिलो…
Read More