तनहुँ जिल्लाको शुक्लागण्डकी ७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उनीसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको हो । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए। उक्त पहिरोमा परेर अन्य चार जना घाइते भएका छन् । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पश्चात् घर फर्किसकेका छन् । अविरल वर्षापछि पहिरो खस्ने खतरा बढेपछि हीरा नेपालीको घरको सामान सार्न गएका छिमेकी बाँस्तोला र भण्डारीसमेत पहिरोमा परेर…

भद्रपुर असार २३ ॥ बिर्तामोड–भद्रपुर सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै युवाहरूले झापाबाट निर्वाचित भएका नेताहरु केपी शर्मा ओली, विश्वप्रकाश शर्मा र राजेन्द्रप्रसाद लिङ्देनको फोटोमा ‘लापता’ लेखेर विरोध प्रर्दशन गरेका छन् । झापाको सदरमुकाम जोड्ने मुख्य सडक खण्ड अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा शनिबार मात्रै धान रोपेर विरोध जनाएका युवाहरूले आज यस क्षेत्रबाटै निर्वाचित भएका नेताहरुको फोटोमा ‘लापता’ लेखेर विरोध जनाएका हुन् । युवाहरूले विरोध जनाएपछि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल आज (आइतबार) दिउँसो विरोध स्थलमा पुगेर सडक मर्मत सम्भार हुने आश्वासन दिएका छन् । सडक निर्माणका लागि शान्तिपूर्ण रुपमा दबाब मूलक कार्यक्रम गर्नुपर्ने अवस्था आएको छ । यो सडक बनाउन…

भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या भएको पाइएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका काउन्सेलर एसएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार हत्या गरिएका चारमध्ये तिन नेपाली र एक भारतीय नागरिक भएको पुष्टि भएको छ । एसएसपी चतुर्वेदीका अनुसार हत्या भएकामध्ये एकजना इलामका २३ वर्षीय रवि राई रहेका छन् । रवि राईको दिदी देवी राई समेत मेघालयमै रहेको कारण उनले भाइको शव पहिचान गरेकी हुन् । राई मेघालयकै कोइला खानीमा काम गर्ने गरेको प्रारम्भिक जानकारी आएको छ । हत्या गरिएकामध्ये अर्का एकजना मेघालयकै स्थानीय युवा रहेको पाइएको छ । बाँकी दुईजना भोजपुर र धरान ९सुनसरी०का युवा भनिएपनि हालसम्म पुष्टि भएको…

जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । आज बिहान नेदरल्याण्ड्स र टर्कीबीचको क्वार्टरफाइनल खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको हो । २४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् । क्वार्टरफाइनलमा स्पेनले आयोजक जर्मनी, फ्रान्सले पोर्चुगल, इंग्ल्याण्डले स्वीट्जरल्याण्ड तथा नेदरल्याण्ड्सले टर्कीलाई हराएर सेमिफाइनलमा पुगेका हुन् । अब सेमिफाइनलमा स्पेन र फ्रान्स तथा इङल्याण्ड र नेदरल्याण्ड्स भिड्ने छन् । युरोकप सेमिफाइनलका खेल जुलाई १० र ११ तथा फाइनल खेल जुलाई १५ मा हुनेछ । सेमिफाइनल र फाइनलका खेल नेपाली समय…

एजेन्सी – ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाटै बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको कवातर उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले टाइब्रेकरमा गोल गर्न सकेनन । उरुग्वेका कप्तान जोसे जिमिनेजले गोल गर्न नसकेपनि अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । त्यसअघि कोलोम्बियाले पानामालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । अब उरुग्वे र कोलोम्बियाले सेमिफाइनलमा खेल्नेछन् । अघिल्लो दिन…

अबिरल वर्षासगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ ढोका खुला गरिएको छ। बिहान ९ बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख ६८ हजार ६८० क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेतकाे रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ। सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो। सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्यूसेक पुगेको थियो। कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख…

झापा । २२ असार । यो समय वर्षाको समय हो।वर्षाको बेला देशभरका खोला नालामा पानीको सतह बढ्नुका साथै बिभिन्न स्थानमा पहिरो खस्ने गर्दछ । बाडी पहिरोका कारण केहि पहाडी क्षेत्रका सडक अवरुद्ध हुँदा सडक यात्रा गर्न समस्या भएको पाइन्छ।आज पनि पहिरोका कारण देशका बिभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । सडकमा खसेको पहिरोको कारण दुवै सडक आज बिहानैदेखि अवरुद्ध बनेका…

एजेन्सी – टाइब्रेकरमा पोर्चुगललाई पराजित गर्दै फ्रान्सले युरोपेली च्याम्पियनसिपको सेमिफाइनलमा स्थान पक्का गरेको छ । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट गोलरहित बराबरीमा सकिँदा खेल टाइब्रेकरमा अघि बढेको थियो । टाइब्रेकरमा पोर्चुगलका जोआओ फेलिक्सको पेनाल्टी पोस्टमा लागेर फर्कंदा फ्रान्स ५-३ ले विजयी भयो । अन्य सबैले टाइब्रेकरमा गोल गरे । यसअघि दिनको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । स्पेनले ड्यानी ओल्मोको गोलमा अग्रता लिएपनि फ्लोरिएन वर्ट्जले निर्धारित समयको अन्तिम मिनेटमा बराबरी गरे । तर अतिरिक्त ३० मिनेटको अन्तिम समयमा मिकेल मेरिनोले उत्कृष्ट हेडर गोल गर्दै स्पेनलाई अन्तिम…

एजेन्सी – आयोजक जर्मनीलाई अतिरिक्त समयमा पराजित गर्दै स्पेन युरो कप २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । दुई उपाधि दावेदार बीचको खेलमा स्पेनले अतिरिक्त समयमा जर्मनी माथि २-१ को जित हात पारेको हो । निर्धारित ९० मिनेट १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल बारेको हो । ११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्याएका हुन् । डयानी ओल्मोको क्रसमा हेडर प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् । त्यसअघि निर्धारित समयको ५१औं मिनेटमा ड्यानी ओल्मोको गोलमा स्पेनले खेलमा अग्रता लिएको थियो । खेलको…

इलाम असार २१ ।। अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ। इलाम नगरपालिका –१, साखेजुङका किसानलाई नगरपालिकाले मल बनाउने मेशिन प्रदान गरेको हो। कोशी प्रदेश सरकारको २५ लाख रुपियाँको अनुदानमा आएको मेशिन स्थानीय लेकाली कृषि सहकारी संस्थालाई इलाम नगरपालिका प्रमुख केदार थापाले हस्तान्तरण गरेका हुन । अर्गानिक मल बनाउने योजनाबाट स्थानीय एक हजार घरधुरी लाभान्वित हुने बताइएको छ । संस्थालाई अनुदान प्राप्त भएको तीन रोपनी जग्गामा स्थापना गरिएको मल बनाउने योजनामा किसानको पनि ६ लाख २५ हजार रुपियाँ लागत साझेदारी रहेको संस्थाका अध्यक्ष धनमाया डाँगीले बताईन । आगामी आर्थिक वर्षको बजेटमा कृषिलाई प्राथमिकतामा…