बिर्तामोड फागुन १२ ।। झापाको बिर्तामोडमा प्रथम फिट स्टुडियो अन्तर प्रदेश खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । झापाको बिर्तामोडस्थित फिट स्टुडियो र मेची तेक्वान्दो डोजाङ्गको आयोजनामा चैत २९ र ३० गते प्रतियोगिता सञ्चालन गरिने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा फिट स्टुडियोका सञ्चालक एवम् अन्तराष्ट्रिय कोच दिपेन धिमालका अनुसार प्रतियोगितामा सात वटै प्रदेशबाट एक हजार खेलाडी, एक सय अफिसियल निर्णायकहरु गरी दुई हजार जनाभन्दा बढीको सहभागिता रहनेछ । तेक्वान्दो खेल मार्फत खेलाडीहरुलाई खेलप्रतिको रुची, जनचासो र खेलाडीहरुलाई उत्प्रेरणा प्रदान गर्न प्रतियोगिताको आयोजना गरिएको बताइएको छ । धिमालले पत्रकार सम्मेलनमा खेलमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

बिर्तामोड । प्रेस चौतारी नेपाल झापाले संस्थापक अध्यक्ष नेत्र पाठकको स्मृतिमा लेखनवृत्ति घोषणा गरेको छ । आइतवार बिर्तामोडमा सम्पन्न विस्तारित बैठक एवम् बधाई ज्ञापन कार्यक्रममा लेखनवृत्ति घोषणा गरेको हो । संस्थापक अध्यक्ष पाठकको स्मृतिमा घोषणा गरिएको लेखनवृत्ति ६÷६ महिनामा प्रदान गरिने प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले जानकारी दिए । विस्तारित बैठकमा परियारले तीन वर्षे कार्ययोजना सार्वजनिक गर्दै लेखनवृत्ति घोषणा गरेका हुन् । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक, विकास एवम् आर्थिक लगायतका विषयमा खोज समाचार प्रकाशन प्रशारण गर्नेहरुमध्येबाट एक जनालाई समाचारको उत्कृष्टताका आधारमा नगद ५१ सय रुपैयाँ लेखनवृत्तिको रुपमा ६÷६ महिनामा प्रदान गरिने जनाइएको छ । पहिलो ६ महिनाका लागि…

भद्रपुर, फागुन ११ । काउर्न बाजार प्रगति संघ बंगलादेश भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको तेस्रो क्वार्टर फाइनल खेलमा बंगलादेशले न्यु रोड टिम (एनआरटी) लाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । बंगलादेशले सेमिफाइनलमा आयोजकको टिम भद्रपुर ब्लेजर्ससँग फाइनल प्रवेशका खेल्नेछ । बंगलादेशले खेलको २४ औँ मिनेटमा अग्रता बनायो । साकिलको क्रस पासमा पेनाल्टी एरियाभित्र अनमार्क रहेका साहिदले गोल गरे । लगत्तै खेलको २६ औँ मिनेटमा बंगलादेशका विदेशी खेलाडी एस सिल्लाहले गोल गर्दै टिमलाई २–० ले अग्रता दोब्बर बनाए । सिल्लाहले मध्य भागबाट सिंगल…

ताप्लेजुङ। पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाक्लो हिमपात भएको छ । गएराति ३ हजार ७ सय ९४ मिटर उचाइमा रहेको पाथीभरा लगायत क्षेत्रमा बाक्लो हिमपात भएको हो । बाक्लो हिमपात भएपनि पाथीभरा दर्शन गर्न जाने तिर्थयात्रीलाई कुनै प्रभाव नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताए।पाथीभराधामबाट करिब दुई किलो मिटर पदमार्गमा फाइवरको छाना लगाएकाले हिमपात भए पनि तिर्थयात्रीहरू सहजै पाथीभारधामसम्म जान सक्नेछन् उनको भनाई छ। विगतमा भने हिमपात हुँदा बाटो चिप्लने, पदमार्ग हिउले पुरेर समस्या खेप्नु परेको थियो । हाल बिकास समितिले पदमार्गमा फाइबरको छाना लगाउन थालेसँगै हिमपात तथा पानी पर्दा समेत तीर्थयात्रीलाई सहज भएको स्थानीयको भनाइ छ…

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका‐२ स्थित सहरी विकास तथा भवन निर्माण विभाग चितवनले सात करोडमा निर्माण गरेको भवन प्रयोग विहीन भएको छ । रामग्राम नगरपालिका झरही खोला नजिकै रहेको हाटबजारमा निर्माण गरिएको भवनको माथिको सटर भाडाको लागि ८० हजार जम्मा गरेपनि रामग्राम नगरपालिकाले भाडामा नदिएको रामग्राम निवासी गिरजाशङ्कर रौनियारले बताए । चितवनबाट सञ्चालित निर्माण कम्पनीले हाटबजारको भवनको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेको चार वर्षभन्दा बढी भएको बताइएको छ । भाडामा नदिँदा निर्माणाधीन भवन प्रयोग विहीन भएको उनको भनाइ छ । वर्षातका समयमा हाटबजार लगाउन आउने व्यापारीलाई वर्षात र घामबाट सुरक्षित तथा बजार व्यवस्थितको सहरी विकास तथा भवन निर्माण विभाग चितवनले भवन…

भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीबाट नेपाल फर्किएका विद्यार्थीले पत्रकार सम्मेलन गर्दै आफूहरू कलेजमा फर्किन सक्ने अवस्थामा नरहेको बताएका छन्। नेपाल आएर कलेजमा भएको घटनाबारे जानकारी दिन आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनीहरूले सो कुरा बताएका हुन्। एक विद्यार्थीले परिचय नखुलाउन आग्रह गर्दै हाेस्टेलबाट निकाल्दा कलेजले बाहिरबाट मान्छे लिएर कुटपिट गरेको बताएका छन्। उनका अनुसार ‘घटना भएको अर्को दिन हामीले प्रकृतिको न्यायका लागि आन्दोलन गर्यौँ। त्यसपछि हामीलाई निकालियो। निकाल्दा बाहिरबाट मान्छे लिएर कुटपिट गरियो। त्यसरी त कुकुरलाई पनि कुटिँदैन’, भनेर गुनासो समेत गरेका छन्। ‘कुटिएका हामीहरू यहाँ छौँ। त्यहाँ कुरा मिल्यो रे ! कसरी मिल्यो?’ उनले प्रश्न गर्दै…

भद्रपुर, फागुन ९ । आयोजक टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा…

काठमाडौं।९ फागुन।। गएको माघ महिनामा देशभर ४ सय ७८ वटा आगलागीका घटना भएका छन्।उक्त घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन्। मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएको उनले बताएका छन् । त्यसैगरी घटनाबाट १७ परिवार विस्थापित भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन गरिएको थियो । कोशी प्रदेशमा एक सय २९ वटा, मधेशप्रदेशमा ८९, बागमती प्रदेशमा ४२, काठमाडौँ उपत्यकामा ३७, गण्डकी प्रदेशमा…

बिर्तामोड, ८ फागुन : बिर्तामोड नगरपालिकाको आयोजनामा पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । नगरपालिकाले ३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुलाई लक्षित गरेर फागुन ११ गतेदेखि १५ गतेसम्म शिविर सञ्चालन गर्न लागेको हो । शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धि पनि जाँच गरिनेछ । नगरका ४ वटा स्थानमा शिविर सञ्चालन हुने स्वास्थ्य शाखाले जनाएको छ । आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा फागुन ११ गते, वडा नम्बर १० मा फागुन १२ गते, वडा नम्बर ९ मा फागुन १३ गते र बिर्तामोड नगरअस्पतालमा १५…

मङ्गलबारे फागुन ७ ।। शेखर राईको ह्याट्रिक मद्दतमा सूर्योदय नगरपालिका रोङ गाउँपालिकालाई पराजित गर्दै दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। आज बुधबार भएको पहिलो सेमिफाइनल खेलमा सूर्योदय नगरपालिकाले रोङ गाउँपालिकालाई ४-० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो। सूर्योदयको जितमा जर्सी नम्बर १० का शेखर राईले प्रतियोगिताकै पहिलो ह्याट्रिक गर्न सफल भए भने अर्को एक गोल सौरभ कार्कीको नाममा रह्यो देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको नवौँ मिनेटमा सौरभ कार्कीको गोलबाट सूर्योदय नगरपालिकाले अग्रता बनाएको थियो। कर्नरबाट आएको बललाई कार्कीले वान टचमै जाली चुमाइदिएका थिए। त्यसैगरी पहिलो…