बिर्तामोड, फागुन ७ । सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक भद्रपुर ब्लेजर्सले विजयी सुरुवात गरेको छ । भद्रपुरस्थित मेची रंगशाला आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ पुलिस भारतलाई ४–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर क्वार्टर फाइनलमा प्रवेश गरेको हो । अत्यन्तै रोमञ्चक खेलको तेस्रो मिनेटमा भद्रपुरका तर्फबाट विदेशी खेलाडी साम कार्लाेसले १८ यार्डबाट दोस्रो बार च्याप्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ३९ औँ मिनेटमा भद्रपुरका स्टाइकर मिलन राईले गरेको प्रहार दार्जिलिङका गोलकिपर निगम सिंहबाट रिबाउन्स भएको थियो । सो बललाई भद्रपुरका…

मङ्गलबारे फागुन ६ ।। डिफेन्डिङ च्याम्पियन माई नगरपालिकालाई पराजित गर्दै फाकफोकथुम गाउँपालिका दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज मङ्गलबार भएको अन्तिम क्वाटर फाइनल खेलमा फाकफोकथुम गाउँपालिकाले माई नगरपालिकालाई टाईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा निर्धारित समयमा दुवै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् माई नगरपालिकाका जर्सी नम्बर ९ हरि मगरले पहिलो हाफको एघारौँ मिनेटमा गरेको प्रहार क्रस बार नजिकैबाट बाहिरियो त्यस्तै दोस्रो हाफको १९औँ मिनेटमा जर्सी नम्बर ९९ का सुवास नेम्बाङको प्रहारलाई भने फाकफोकथुम गाउँपालिकाका गोलकिपर रोशन लिम्बुले बचाए।…
बिर्तामोड, ६ फागुन : बिर्तामोड नगरपालिकाले पशुपालक कृषकहरुलाई चापकटर बितरण गरेकोछ । आज एक कार्यक्रमको आयोजना गर्दै नगरपालिकाले ५० प्रतिशत साझेदारी अनुदानमा २५ जनालाई मोटरसहितको चापकटर वितरण गरेको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले कृषिलाई प्रविधि मैत्री बनाउन हरेक वर्ष यस प्रकारका सामाग्री बितरण गर्दै आएको बताउनु भयो । उहाँले कृषकहरुको मागलाई ध्यानमा राखेर विभिन्न प्रकारका सिपमुलक तालिम र मेशिन वितरण गर्दै आएको बताउँदै आगामी दिनमा अझै बढाएर लैजाने बताउनु भयो । कार्यक्रममा बोल्दै वडा नम्बर ४ का वडाअध्यक्ष राहुल शर्माले कृषकले प्राप्त गरेका सामाग्रीलाई उपलव्धी मुलक बनाउन सबैलाई आग्रह गर्नु भयो । यस्तै कार्यक्रममा बोल्दै…

मङ्गलबारे फागुन ५ ।। सूर्योदय नगरपालिका दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज सोमबार भएको खेलमा देउमाई नगरपालिकालाई ३- १ गोल अन्तरले पराजित गर्दै सूर्योदय नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा पहिलो हाफको १२ औं मिनेटमा सूर्योदय नगरपालिकाको तर्फबाट जर्सी नम्बर १० का शेखर राईले गोल गर्दै टिमलाईअग्रता दिलाएका थिए । तर दोस्रो हाफको सत्रौँ मिनेटमा देउमाई नगरपालिकाका जर्सी नम्बर ७ का किरण राईले गोल गर्दै टोलीलाई खेलमा फर्काए देउमाई नगरपालिकाले गोलको खुसियाली मनाउन नपाउँदै सूर्योदय नगरपालिकाले पुन खेलमा अग्रता लियो सूर्योदय नगरपालिकाका तर्फबाट सुसन कार्कीले…

झापा फागुन ५ ।। मोफसलकै प्रतिष्ठित र लोकप्रिय फुटबल प्रतियोगिता सौर्य एअरलाइन्स ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति संस्करण अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजक भद्रपुर झापा गोल्डकपले आज खेल मैदान मेची रंगशालामा पत्रकार सम्मेलन गरेर प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । यही फागुन ७ गतेदेखि हुने गोल्डकपलाई उत्कृष्ट, भव्य र परिष्कृत बनाउन शानदार मैदान बनाइएको छ । करिब २० हजार दर्शक बस्न मिल्नेगरी स्थायी पक्की तथा बाँसको अस्थायी प्यारापिट निर्माण गरिएको छ । प्रतियागिताको तयारीस्वरुप स्वागत गेटहरु निर्माण गरिएको छ । यो संस्करणको भद्रपुर झापा गोल्डकपमा घरेलु…

विमला चौधरीको निर्णायक गोलसँगै अन्तर्राष्ट्रिय फोर नेसन्स कपमा नेपालले विजयी सुरुवात गरेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फिफा वरियतामा आफूभन्दा २५ स्थान तल रहेको किर्गिस्तानलाई १–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो । जितसँगै नेपालले तीन अंक हासिल गरेको छ । नेपालले खेलको दशौं मिनेटमै गोल गरेको थियो । विंगर विमला चौधरीले हेडर गोल गरेकी थिइन् । सविता राना मगरले कर्नरको दायाँ भागबाट गरेको क्रसलाई विमला चौधरीले सहज गोल गरेकी थिइन् तर, त्यसपछि फाइनल थर्डमा नेपाल बारम्बार चुकेको थियो । प्रशिक्षक राजेन्द्र तामाङले दोस्रो हाफको सुरुमै फ्रान्सबाट स्वदेश फर्किएकी सावित्रा भण्डारीलाई मैदान पठाएका थिए । तरपनि नेपाल फिनिसिङमै चुक्यो…

बिर्तामोड, ५ फागुन : झापाको बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज भएको फाइनल खेलमा अर्जुनधारा नगरपालिकालाई ३-० गोलअन्तरले पराजित गर्दै कनकाई अन्तरपालिका महिला फुटबलको च्याम्पियन बनेको हो । कनकाईको जितमा सिम्रन राई र पूर्णिमा राईले गोल गरेकी हुन् । पहिलो हाफको ७ मिनेटमै कनकाईकी सिम्रन राईले गोल गर्दै अग्रता दिलाएकी थिइन् । दोस्रो हाफमा थप दुई गोल भएको थियो । खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमा राईले गोल गर्दै अग्रता दोब्बर बनाएकी हुन् । यसैगरी, सिम्रन राईले ६०औँ मिनेटमा व्यक्तिगत दुई गोल…

मेचीनगर । बलभद्र आधारभूत विद्यालय मेचीनगर ३ मा अध्ययन गरेका पूर्व विद्यार्थीहरुले आफ्नो विद्यालयमा सिसि क्यामारा जडान गरिदिएका छन् । २०२६ सालमा स्थापना भएको यो विद्यालयमा २०८० सम्म अध्ययन गरेका पूर्व विद्यार्थीहरुले उक्त सिसि क्यामारा जडान गरिदिएका हुन् । सुरक्षित समाजका लागि सिसि क्यामारा जडान अभियान नै सन्चालन गरेर २ लाख २९ हजार मुल्य बराबरको १४ वटा क्यामारा जडान गरेका हुन् । यस विद्यालयमा अध्ययन गरि अहिले बैदेशिक रोजगारीका शिलशिलामा विभिन्न देशमा रहेका पूर्व विद्यार्थीहरुले उक्त रकम संकलन गरेका थिए । यसै विद्यालयमा रहेको पूर्व विद्यार्थी समाजका अध्यक्ष अर्पण बलम्पाकी मगरको नेतृत्वमा उक्त अभियान सन्चालन गरिएको थियो । आइतवार…

मङ्गलबारे फागुन ४ । इलाम नगरपालिका दोस्रो देउमाईकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। आज आइतबार भएको खेलमा इलाम नगरपालिकाले माइजोगमाई गाउँपालिकालाई टाईब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। देउमाई नगरपालिका वडा नम्बर ४ भानुभक्त माविको छात्रावास खेलमैदानमा आज भएको खेलमा निर्धारित समयमा दुवै टोलीले गोलरहित बराबरी खेलेपछि निर्णयका लागि खेल टाईब्रेकरमा धकेलिएको थियो। टाईब्रेकरमा इलाम नगरपालिकाका गोलकिपर विवेक मगर नायक बने उनले माइजोगमाई गाउँपालिकाका खेलाडीको एक प्रहारलाई रोकेका थिए भने एक प्रहार गोलपोस्टमा लाग्दै बाहिरिएको थियो। उत्कृष्ट प्रदर्शन गरेका विजेता इलाम नगरपालिकाका गोलकिपर विवेक मगर प्लेयर अफ द म्याच बन्दै ट्रफी र नगद ३०००…

अर्जुनधारा । झापाको अर्जुनधारा ७ मा रहेको क्रसरमा टिपरले किचेर आइतबार साँझ जेसीबी अपरेटरको मृत्यु भएको छ । कम्पनीबाट बिदा भएर घर जान लागेका जेसीबी अपरेटरको टिपरले किचेर मृत्यु भएको हो । कम्पनीबाट बिदा लिएर हल्दीबारी २ मा रहेको घर जान लागेका २४ वर्षीय मोहन किस्कुको मृत्यु भएको प्रहरीले जनाएको छ। मे २ प २१११ नम्बरको मोटरसाइकलमा घर जान लागेका किस्कुलाई को १ ख ७०१४ नम्बरको टिपरले किचेको थियो । अर्जुनधारा ७ को मधुजिता क्रसरमा टिपरले किचेर किस्कुको मृत्यु भएको हो । किस्कुको घरमा सोमबार पूजा आयोजना गरिएको बताइएको छ। पूजामा जानका लागि साथीको मोटरसाइकल लिएर घर जान लागेका…