(more…)

काठमाडौं ,। नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ ।काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गर्दै चितवन विजयी भएको हो । जितका लागि एक सय १२ रनको लक्ष्य पाएको चितवनले १७ बल बाँकी छदैँ ५ विकेट गुमाएर नै लक्ष्य भेट्टाएको हो। की र्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाउँदै एक सय ११ रन बनायो। काठमाडौंका लागि सुमित महर्जनले ४१ बल खेल्दै एक चौकाको सहयोगमा सर्वाधिक २९ रन जोडे। त्यस्तै माइकल लेभिटले १६ बलमा चार चौका र एक छक्का हान्दै २५ रन बनाए। डान डाउथवेटले…

बिर्तामोड ।। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले विविध खेलकुद प्रतियोगिताको आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता यही मंसिर २२ गतेबाट सुरु हुने हिसान झापाका सचिव देबेन्द्र हुमागाईंले जानकारी दिनुभयो । हिसान झापामा आबद्ध २६ विद्यालयहरु मध्ये २३ वटा विद्यालयका १००० भन्दा बढी विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाउने सचिव हुमागाईंले बताउनुभयो । हिसान झापाका कार्यवाहक अध्यक्ष उत्तम खनालले विद्यार्थीहरुको क्षमतालाई अभिवृद्धि गर्दै खेलकुद प्रति रुची जगाउन प्रतियोगितामा सहभागी हुन विद्यालयहरुलाई आग्रह गर्नुभएको छ । प्रतियोगितामा विजेता र उपविजेतलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गर्नुका साथै प्रतियोगितमा सहभागी सम्पूर्ण विद्यालयले प्रमाणपत्र प्राप्त गर्ने हिसान झापाका कोषाध्यक्ष रञ्जित…

शान्तिनगर । प्रथम बुद्धशान्ति गाउँपालिका वडा स्तरीय पुरुष टि १० क्रीकेट प्रतियोगिताको उपाधि वडा नम्बर १ ले उचालेको छ । आज भएको उपाधी भिडन्तमा वडा नम्बर ३ लाई ८ विकेटले पराजित गर्दै १ ले उपाधी उचालेको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको वडा नम्बर ३ ले निर्धारित १० ओभरमा ७ विकेट गुमाउँदै ७८ रन बनाएको थियो। मध्यम लक्ष्य पाएको वाड नम्बर १ ले ९ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेको थियो । उपाधी उचाले सङ्गै विजेता वाड नम्बर १ ले नगद २० हजार रुपैयाँ ,ट्रफी ,मेडल र प्रमाणपत्र र उपबिजेतामा सिमित वाड नम्बर ३ ले नगद…

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। आज भएको उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको उद्घाटन खेलमा विराटनगर किङ्सलाई पराजित गर्दै जनकपुर बोल्ट्सले विजयी सुरुवात गरेको हो । टस हारेर आमन्त्रणमा ब्याटिङ पाएको विराटनगर किङ्सले प्रस्तुत गरेको १२८ रनको लक्ष्य जनकपुर बोल्ट्सले १५ दशमलव ३ ओभरमा मात्र २ विकेटको क्षतिमा पूरा गरेको छ । सुरुवातमै ओपनर ब्याट्सम्यान गुमाएको जनकपुर बोल्ट्सको पारीलाई लाहिरु मिलन्था र हर्ष ठाकरले लयमा फर्काएका थिए । जनकपुर बोल्ट्सका ओपनर ब्याट्सम्यान आसिप शेख पहिलो ओभरको चौथो बलमा बोल्ड भएका थिए । उनलाई विराटनगर किङ्सका…

अर्जुनधारा । चौंथो खुदुनाबारी गोल्डकपको उपाधि मेचीनगर नगरपालिकाले जितेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा आज सम्पन्न भएको गोल्डकपको उपाधि मेचीनगरले कब्जा गरेको हो । मेचीनगरलाई जित दिलाउन लक्षु थापाले २ गोल गरे । उनले खेलको २६ औं र ३६ औं मिनेटमा गोल गरेका थिए । गोल्डकपको विजेता मेचीनगरले नगद १ लाख ११ हजार २ सय ११ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार पायो । उपविजेता बनेको शिवसताक्षीले नगद ५५ हजार ६ सय ५५ रुपैयाँ ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझायो । शिवसताक्षीका निकेश श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बने । उनले नगद १० हजार र ट्रफि पुरस्कार…

रोशन काफ्ले इलाम। मङ्सिर ४।। इलामको माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारमा परम्परागत रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने भएको छ । आगमी मंसिर ९ गते देखि मेला लाग्ने भएको हो । गाउँपालिकाको आयोजना र मेला व्यवस्थापन समितिको व्यवस्थापनमा बर्षेनी धार्मीक रुपमा लाग्दै आएको बालाचर्तुदशी मेला यो बर्ष पनि लाग्ने आयोजक समितिले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । बालाचतुर्दशीको दिन नयाँबजारमा अवस्थित शिवालय धाम , २०११ सालमा नयाँबजार बसाउन महत्त्वपूर्ण योगदान दिने सन्त श्री बालागुरुको प्रतिमाको दर्शन , उत्तरे पोखरिको दर्शन , आफ्ना पित्रीहरुको सम्झनामा सतबिँउ पलबिँउ छर्ने साथै भाकल पूरा गर्ने दर्शनार्थीहरुको बिहानै देखि…

अर्जुनधारा ।। मेचीनगर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको फाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा भद्रपुर नगरपालिकालाई ६–१ गोलको फराकीलो अन्तरले पराजित गर्दै मेचीनगरले उपाधि भिड्न्त पक्का गरेको हो । मेचीनगरलाई सहजै जित दिलाउन सनम भुजेलले ह्याट्रीक गरे । ३४ औं मिनेटमा पहिलो गोल गरेका भुजेलले ४० औं मिनेटमा दोस्रो र ६९ औं मिनेटमा तेस्रो गोल गरे । खेलमा मेचीनगरका लागि पहिलो गोल सरोज कार्कीले गरेका थिए । उनले खेलको ३० औं मिनेटमा गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाए । त्यस्तै मेचीनगरकालागि लक्षु थापाले ५४ औं मिनेटमा थप एक गोल गरे । दोस्रो हाफको अतिरिक्त समयमा भद्रपुरका…

बिर्तामोड मंसिर ०३।। मोफसलकै चर्चित फुटबल क्लब झापा ११ फुटबल क्लबले बिर्तामोड झापा कप आयोजना गर्ने भएको छ। क्लबको आयोजनामा यही मंसिर २९ गतेदेखि झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा बिर्तामोड झापा कप अन्तर्राष्ट्रिय नकआउट फुटबल प्रतियोगिता हुने भएको आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको छाल। प्रतियोगिता सञ्चालन समितिका संयोजक केशवराज दाहालका अनुसार प्रतियोगितामा मोफसलका चर्चित टिम र भारतका दुई वा तीन टिमको सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद १० लाख, ट्रफी र मेडल पाउनेछ भने उपविजेता टिमले नगद पाँच लाख, ट्रफी र मेडल प्राप्त गर्नेछ । फाइनल खेल पुस ६ गते हुनेछ । झापामा फुटबलको स्तर बढाउने तथा खेल…

ईम्बुङ पाँचथर ।। पॉचथरको फाल्गुनन्द गाउँपालिका वडा नं.२,इम्बूङमा बराहक्षेत्र कात्र्तिके पूर्णिमा मेलाको अवसरमा आयोजित खुल्ला नकआउट पुरुष फुट्बल प्रतियोगिताको उपाधि नुमाफुङ युथ क्लव फिदिम ७ सिवाले हात पारेको छ । सोमबार सम्पन्न फाइनल खेलमा नाम्तोक क्लव फाल्गुनन्द ५ फाक्तेपलाई ट्राइबेकरमा पराजित गर्दै नुमाफुङ युथ क्लवले उपाधि जितेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि पेनाल्टी सुटआउटबाट खेलको नतिजा निकालिएको थियो । प्रतियोगितामा विजेता नुमाफुङ युथ क्लवले नगद एक लाख दश हजार सहित ट्रफि,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको नाम्तोक क्लवले सत्तरी हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । यसै…