रुकुमपश्चिममा अनौठो घटना घटेको छ। प्रेममा परी विवाह गर्न भनी भागेका एक जोडी (प्रेमी-प्रेमिका) घरभित्रै मृत भेटिएका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका–४ खुम्चेरीमा १९ वर्षीय लोकेन्द्र खड्का र १९ वर्षकै सपना पुन मगर यसरी मृत भेटिएका जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले थाहाखबरलाई जानकारी दिए। उनीहरू ४ दिन अघि बिहे गर्ने भन्दै घरबाट भागेका खुल्न आएको छ। स्थानीयले खोजी गर्दा उनीहरू शनिवार प्रेमी (लोकेन्द्र)कै घरमा रहेको अस्थायी टहरामा मृत भेटिएका उनले बताए। लोकेन्द्र झुन्डिएको अवस्थामा र सपना भुईँमा मृत भेटिएका हुन्। लोकेन्द्रमा आमाबुवा काम विशेषले जिल्ला बाहिर गएकाले उनीहरू आएपछि आवश्यक कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी…

आयुष निरौला, बुद्धशान्ति माघ १२ । डिफेन्डिङ च्याम्पियन बिर्तामोड नगरपालिका र कन्काई नगरपालिका बुद्धशान्तिमा जारी दोश्रो संकरणको झापा जिल्ला अन्तरपालिका T-20 क्रीकेट प्रतियोगिताको क्वाटर फाईनलमा प्रबेश गरेका छन् । आज भएको पहिलो खेलमा बिर्तामोड नगरपालिकाले कमल गाउँपालिका लाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको बिर्तामोड नगरपालिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २१४ रन बनाएको थियो। २१५ रनको लक्ष्य पछ्याएको कमल गाउँपालिकाले २० ओभर खेल्दै ९ विकेट गुमाएर १२७ रन मात्रै बनाउन सफल भयो । बिर्तामोडका लागि २७ बलमा ५४ रन बनाएका आदर्श सरिया म्यान अफ दि म्याच घोषित भए । त्यसैगरी दोश्रो खेलमा…

बिर्तामोड, माघ ११ । झापाको बुद्धशान्तिमा जारी दोस्रो संस्करणको झापा जिल्ला अन्तरपालिका टि २० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका क्वार्टर फाइनलमा प्रवेश गरेको छ । भद्रपुरले दमक नगरपालिकालाई १० विकेटको फराकिलो अन्तरले हराएको हो । प्रतिकुल मौसमका कारण आज २० ओभरको खेललाई छोट्याएर १०–१० ओभरमा झारिएको थियो । टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको दमकले १० ओभरमा ६ विकेट गुमाउँदै भद्रपुर लाई ७५ रनको लक्ष्य दिएको थियो । दमकका लागि संगम बुढाथोकीले १६ बलमा २५ रन जोडे भने सचिन श्रेष्ठले १८ बल खेल्दै २० रन जोडेका थिए । अन्य खेलाडीले खासै राम्रो खेल्न सकेनन् । भद्रपुरका प्रवेश कामतीले…

बिर्तामोड माघ १२ ।। मोरङको पथरीशनिश्चरे नगरपालिका– ९ खरेल डाँडा निवासी शान्ति राईकी १७ वर्षीया छोरी सलिना राई दुबै मृगौला फेल भएर अहिले मृत्युसँग संघर्ष गरिरहेकी छन् । आर्थिक अवस्था निकै नाजुक रहेको राई परिवार अहिले उपचार गराउँदा भएभरको जेथो सकिएपछि छोरीको जीवन बचाइदिन सलिनाको दुबै मृगौला फेल भएपछि उपचारका लागि उनकी आमाले सबैसंग सहयोगको याचना गरेकी हुन् । २०८१ जेठदेखि बिरामी परेकी छोरी सलिना स्थानीय भागिरथ मावि कक्षा–१२ मा पढ्दैछिन् । पाँच जनाको परिवारको गुजारा र छोरीको डाइलासिस गर्दा लाग्ने खर्च जुटाउन नसकेर राई परिवारलाई निकै समस्या परेको छ । हाल सलिनाको बुढीगंगास्थित विराट टिचिङ हस्पिटलमा नियमित डाइलासिस…

बुद्धशान्ति, ११ माघ । दोस्रो संस्करणको बर्खा स्मृति झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा भद्रपुर नगरपालिका र दमक नगरपालिका खेल्दै छन् । त्यसैगरी भोलि बिर्तामोड नगरपालिकाले कमल गाउँपालिकाको सामना गर्नेछ भने सोही दिन कनकाई नगरपालिकाले बाह्रदशी गाउँपालिकाविरुद्ध खेल्नेछ । त्यस्तै, माघ १३ गते शिवसताक्षी नगरपालिका र झापा गाउँपालिका तथा मेचीनगर नगरपालिका र हल्दिबारी गाउँपालिका भिड्ने छन् । माघ १४ गते बुद्धशान्ति गाउँपालिकाले गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकाले कचनकवल गाउँपालिकाको सामना गर्नेछन् । अर्जुनधारा नगरपालिकाले बाइ पाएको छ । खेल बुद्धशान्ति-३ स्थित पेट्रोल पम्पछेउको खुला मैदानमा हुनेछ भने प्रतियोगितामा झापाका १५ वटै पालिका सहभागी रहेको बर्खा प्रतिष्ठानका…

बिर्तामोड ।। झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन नजिकै स्थानीय दाता परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको अढाई करोड रुपैयाँको लागतमा गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भए संगै बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको पत्रकार भेटघाटको क्रममा बताइयो। आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिनुभयो । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलको भनाई छ । प्राण प्रतिष्ठानको पूर्वसन्ध्यामा…

एजेन्सी ।। टर्कीको एक १२ तले स्की रिसोर्ट होटलमा आगलागी हुँदा ७६ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्। बोलु प्रान्तको कार्तलकायामा रहेको अवस्थित ग्राण्ड कार्तल होटलको चौथो तलामा रहेको रेष्टुरेन्टबाट आगो सल्किएको थियो। आगलागीबाट होटल धुँवैधुँवाले भरिएको थियो। धुवाँका कारण होटलभित्रै पनि बाहिर निस्किने बाटो पहिल्याउन कठिन भएको थियो। स्थानीय मिडियाहरुका अनुसार आगो लाग्दा पनि चेतावनीको साइरन बजेको थिएन। त्यतिबेला होटलमा २३४ जना उपस्थित रहेका थिए। आगलागीपछि आत्तिएर होटलबाट हामफालेका मध्ये दुई जनाको मृत्यु भएको थियो। अन्यको मृत्यु धुँवामा निसास्सिएर भएको जनाईएको छ। टर्कीका गृहमन्त्री अलि येरलिकायाले घटनास्थलको निरीक्षणपछि ७६ जनाको मृत्यु र कम्तिमा…

झापाको बिर्तामोडमा अन्तर्राष्ट्रिय व्यापार महोत्सव शुरु भएको छ । नेपाल र छिमेकी मुलुकहरु भारत, वंगलादेश, पाकिस्तान सहितका बस्तु र सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ । महोत्सको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नुभएको हो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आर्थिक समृद्धिका लागि उद्योग र पर्यटनमा जोड दिनुपर्ने बताउनुभयो । सरकारको नीति र योजनापनि औद्योगिक र पर्यटन क्षेत्रको पर्वद्धनमा नै लक्षित रहेको उहाँको भनाई थियो । अन्तर्देशीय राजमार्ग एसियन हाइवेको निर्माणपछि सिङ्गो नेपालले पर्यटन क्षेत्रको विकास गर्ने सम्भाव्यता उहाँले औल्याउनुभयो । व्यापार प्रर्वद्धन र…

झापा बुद्धशान्ति गाउँपालिका–७ का ८० बर्ष माथिका ५५ जना ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । जाडोको समयमा ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा कुनै समस्या नहोस् भन्ने उद्धेश्यले कम्बल बितरण गरिएको हो । जसमा ८० बर्ष मुनिका केही विपन्न, एकल र दलित परिवारका ज्येष्ठ नागरिक पनि रहेका छन । बुद्धशान्ति–७ वडा कार्यालयले आर्थिक बर्ष २०८१/०८२ का लागि बिनियोजित बजेट ५० हजार रुपैंयाबाट कम्बल खरिद गरि सोमबार एक कार्यक्रमको आयोजना गरि बितरण गरिएको हो । वडाध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य खगेन्द्र गड्तौला, डिकुरा घिमिरे, शष्ट कुमार रार्इ, राष्ट्रिय बिजय माबि।का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन लावती, पूर्व…