बिर्तामोड, १० चैत्र : झापाको बिर्तामोड नगरपालिका ३ सैनिकमोडका होटलमा आज अनुगमन गरीएको छ । बिर्तामोड नगर उप-प्रमुख नगेन्द्र प्रसाद संग्रौलाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण विभाग, होटल व्यवसायी संघ, विर्तामोड उद्योग वाणिज्य संघ लगायतको टोलीले संयुक्तरुपमा अनुगमन गरेको हो । अनुगमनका क्रममा अधिकांस होटलहरुमा दर्ता नविकरण नभएको पाईएको छ । १० वटा होटलमा अनुगमन गर्दा ९ वटामा नविकरण नभएको पाईएको नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभयो । नविकरण नभएकाहरुलाई तुरुन्त नविकरण गर्न आग्रह गरीएको छ । बिर्तामोडका अन्य होटलहरुमा पनि चाँडै अनुगमन गर्ने उप प्रमुख संग्रौलाले बताउनु भयो । उहाँले आवश्यक मापदण्डको पालना…

मोरङ चैत्र १०।। लोक तथा दोहोरी कलाकारहरूको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कोसी प्रदेश अध्यक्षमा रोम घिमिरे सर्वसम्मत चयन भएका छन् । मोरङको विराटचोक स्थित इन्द्रपुर जेसिसको सभाहलमा हिजो सम्पन्न प्रथम अधिवेशनबाट उनी अध्यक्षमा चयन भएका हुन्। घिमिरे प्रतिष्ठानको तदर्थ समिति अध्यक्ष समेत रहेका थिए। प्रतिष्ठानको प्रवक्तामा सदस्य निश्चल आचार्यलाई सर्वसम्मत चयन गरिएको छ । त्यसैगरी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष सरोज आचार्य, प्रथम उपाध्यक्ष बोधराज पौडेल, द्वितीय उपाध्यक्ष मिलन दुलाल, महिला उपाध्यक्ष सरिता राना मगर, सचिव सुशील भट्टराई महिला सचिव शकुन्तला कार्की, सहसचिव डम्बरबहादुर घिमिरे, सहसचिव रवि किरण लिम्बु कोषाध्यक्ष टिकादेवी दाहाल, सह कोषाध्यक्ष तोयानाथ…

बिर्तामोड चैत्र १० ।। बिर्तामोड ५ झापामा रहेको मङ्गल एकता टोल विकास संस्थाको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बम बहादुर कार्कीको अध्यक्षता र बिर्तामोड नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रोहित प्रसाईंको प्रमुख आतिथ्यतामा साधारण सभा कार्यक्रम सम्पन्न भएको हो। साधारणसभामा अध्यक्ष बम बहादुर कार्कीले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको उपलब्धिहरू तथा आगामी योजनाहरूबारे जानकारी गराए। प्रमुख अतिथि वडाध्यक्ष रोहित प्रसाईंले टोल विकास संस्थाले स्थानीय स्तरमा पुर्याएको योगदानको प्रशंसा गर्दै समुदायको समृद्धिका लागि अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने धारणा राखे। टोल महिला समिति अध्यक्ष दुर्गा रिजालले आगामी दिनमा थप सक्रिय कार्यक्रमहरू आवश्यक रहेको बताइन्।…

झापा चैत्र ७ ।। नेकपा (एमाले) ले देशभर चलिरहेका प्रतिगामी गतिविधिहरूविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित देशव्यापी अभियान सञ्चालन गर्ने भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न जनमत निर्माण गर्ने लक्ष्यसहित चैत ११ गतेदेखि व्यापक कार्यक्रम अघि बढाइने एमालेले जनाएको छ। एमालेले तीन महिनायता वडाकेन्द्रित अभियान सञ्चालन गरिरहेको छ। त्यसलाई थप प्रभावकारी बनाउँदै चैत ११ गते एकैदिन देशभरका सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरिएको छ। पार्टीले चैत ११ देखि ३० गतेसम्म विभिन्न चरणमा जनपरिचालन र जनजागरण अभियान सञ्चालन गर्ने योजना बनाएको छ। चैत १८ गते देशका प्रमुख सहरहरू धनगढी, सुर्खेत, बुटवल, पोखरा, वीरगञ्ज र दमकमा मोटरसाइकल र्याली आयोजना गरिनेछ। त्यस्तै, चैत…

झापा चैत्र ७ ।। माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुदैछ । परीक्षा तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ । यस वर्षको माध्यमिक शिक्षा परीक्षामा पाँच लाख १४ हजार ७१ जना विद्यार्थी सहभागी हुने पनि बोर्डले जनाएको छ । गत वर्ष २०८० को एसइई परीक्षामा चार लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी भएका थिए । यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार…

अर्जुनधारा । अवैधानिक काठसहित झापाको एक सामुदायिक वनको ट्रयाक्टर नियन्त्रणमा लिइएको छ। अर्जुनधारा नगरपालिका वडा नम्बर २ स्थित शान्ति सामुदायिक वनको ट्रयाक्टरलाई युवाहरूको समूहले नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाएको हो। सामुदायिक वनको जङ्गल क्षेत्र ब्लक नम्बर ३ र ४ अन्तर्गत रहेको ठूलो गुन्द्रुके खोल्सीमा सालको मुढा लोड गरेको अवस्थामा सामुदायिक वनकै मे १ त ६११ नम्बरको ट्रयाक्टरलाई राष्ट्रिय युवासघ नेपाल अर्जुनधाराको टोलीले नियन्त्रणमा लिएर प्रहरी र कन्काई सबडिभिजन वन कार्यालय सुरुङ्गाको जिम्मा लगाएको हो। कटान आदेश समेत नलिएको अवस्थामा रूख ढाली ढुवानी गरिरहेको भन्ने सूचनाको आधारमा उक्त ट्याक्टरलाई नियन्त्रणमा लिएर सम्बन्धित निकायको जिम्मा लगाइएको युवासघ नेपाल अर्जुनधाराका अध्यक्ष…

झापा चैत्र ०५ ।। मोरङको धनपालथाल गाउँपालिकामा आज मंगलबार दिउँसो भएको आगलागीमा परेर एक बालिकाको मृत्यु भएको छ। आगलागीमा परी १२ घर जलेर नष्ट भएका छन। धनपालथान गाउँपालिका उपाध्यक्ष नसिमा बानुले दिएको जानकारी अनुसार गाउँपालिकाको वडा नम्बर ६ र ७ को सिमावर्ती क्षेत्र कदमाहामा मंगलबार दिउँसो आगलागी भएको हो। त्यसक्रममा ३ वर्सिया बालिकाको जलेर मृत्यु भएको हो। स्थानीय मोहम्मद हनिफकी छोरी ३ वर्षीया रेश्मा खातुनको मृत्यु भएको हो। दुई जना बालबालिका हराएका थिए, त्यसमध्ये एक जना बालक फेला परेका छन्। एकजना बालिकाको मृत्यु भएको छ,’ उनले भनिन्। आगलागीमा १२ वटा घर जलेको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी…

झापा चैत्र ।। काठमाडौँबाट आज बिहान प्रहरीले २५ करोड रुपैयाँ सहित एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको प्रहरीले जनाएको छ यसअघि उनी सुन तस्करीमा पाँच वर्ष जेल बसेर छुटेका थिए फल्स बटम बनाएर रकम लुकाइएको ट्रकसहित प्रहरीले सिन्धुपाल्चोकका कुसान लामालाई पक्राउ गरेको हो । उनलाई आज बिहान प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको थियो ।प्रहरीका अनुसार उनी यसअघि सुन तस्करी प्रकरणमा समेत समातिएका थिए । उनी ७ किलो सुन सहित कलंकीबाट समातिएर २०७८ मा छुटेका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट ७ किलो…

झापा चैत ५ ।। भोजपुरमा सामान्य विवादमा कुटपिट हुँदा एकजनाको मृत्यु भएको छ । फागुन २७ गते बिहान १० बजे भोजपुर टेम्केमैयुङ २ छिनामखु बस्ने ६१ वर्षीय देशकुमार राई र सोही ठाउँ बस्ने ७४ वर्षीय प्रेमकुमार राईविच सामान्य विवाद हुँदा देशकुमारले प्रेमकुमारलाई सिमलीको लठ्ठीले हानेका थिए । घाइते प्रेमकुमारको हिजो साँझ ५ बजे आफ्नै घरमा मृत्यु भएको हो । कुटपिट गर्ने देशकुमारलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय भोजपुरमा राखिएको छ । त्यस्तै मोरङमा आफ्नै बाबुलाई छोराले चक्कु प्रहार गरेका छन् । हिजो दिउँसो ३.५५ बजे मोरङ रंगेली ७ तित्री टोल बस्ने ६१वर्षीय चन्देश्वर चौधरीलाई उनकै छोरा ३५ वर्षीय अशोक…

बिर्तामोड, चैत ४ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको ट्रफी झापामा अनावरण गरिएको छ । साथै, जिल्लाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौँमा चैत १६ गतेदेखि हुने प्रतियोगिताको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा अनावरण गरिएको झापा गोल्डकप तथा भद्रपुर झापा गोल्डकपका सचिवालय सदस्य तथा मिडिया प्रमुख हिमाल खरेलले जानकारी दिए । रंगशाला परिसरमा आयोजित ट्रफी अनावरण तथा प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकाल, झापा गोल्डकपका अध्यक्ष केदार गिरी, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।ट्रफी अनावरण तथा…