सर्लाही । सर्लाहीको हरिवनमा छ दिनदेखि बेपत्ता एक पुरुषको हत्या गरेर गाडेको अवस्थामा शव फेला परेको छ । हरिवन नगरपालिका–१० निवासी ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरी उखुबारीमा गाडेको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ । उखुबारीमा गाडेको अवस्थामा फेला परेको शवको टाउकोमा चोट देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । मृतक प्रसाईं गत पुस १५ गतेदेखि बेपत्ता भएका थिए । पुस १५ गते बिहान बरहथवा पैसा लिन जान्छु भनेर हिँडेका प्रसाईं साँझ अबेरसम्म पनि नफर्किएपछि परिवारले खोजी गरेका थिए । कतै फेला नपरेपछि पुस १६ गते बिहान इलाका प्रहरी कार्यालय…

एजेन्सी ।। चीनमा ह्यूमन मेटान्यूमो अर्थात् एचएमपीभी भाइरसको सङक्रमण फैलिएको छ । कोरोना भाइरसका जस्तै लक्षण रहेको यो सङक्रमणबाट सयौं नागरिक बिरामी परेका छन् । अस्पतालमा यस्ता लक्षणसहित बिरामीको चाप बढ्दो छ । पाँच वर्ष अघि चीनबाट कोरोना महामारी फैलिएको थियो । अहिले फैलिएको एचएमपीभी भाइरसबाट साना बालबालिका र कमजोर समूहमा पर्ने वृद्धवृद्धा, दीर्घरोगी उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) का अनुसार यो भाइरसबाट सङ्क्रमितमा खोकी लाग्ने, ज्वरो आउने, नाक बन्द हुने र घाँटीमा समस्या देखिने जस्ता लक्षण छन् । खोक्दा र हाँच्छ्यु गर्दा भाइरस…

बिर्तामोड । बिर्तामोडमा रहेर आफ्नो छुट्टै पहिचान बनाउन सफल लिङ्कन मन्टेश्वरी स्कुलमा निस्शुल्क दन्त परिक्षण शिविर सम्पन्न भएको छ । बिर्तामोड आँखा अस्पतालको व्यवस्थापनमा सञ्चालित रहेको नेशनल एडभान्स डेन्टलको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो । उक्त शिविरमा विद्यार्थी र अभिभावक गरेर ८० जनाको दन्त परिक्षण गरिएको बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष दिनेश ओझाले जानकारी दिए । विद्यालयले प्रत्येक वर्ष बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै शिविर सञ्चालन गर्दै आएकोमा यस वर्ष भने दाँतको परिक्षण गरिएको स्कुलका सञ्चालक सरौज पौडेलले बताए ।

झापा पौष २० ।। विगतका बर्सहरू झैँ यस वर्ष पनि आठौँ संस्करणको राष्ट्रिय भाक्का दिवस २०८१ु मनाउने भव्य तयारी सुरु भएको छ । हरेक वर्ष पौष २९ गते राजवंशी, ताजपुरिया , गनगाई , माझी लगायतका समुदायले भव्य रुपमा भाक्का दिवस मनाउने गरेका छन् । वि.सं. २०७४ साल देखि कोचिला गाभुर फ्रन्ट नामक सामाजिक संस्थाले तराईका आदिवासी राजवंशी, ताजपुरिया ,ठाकुर , गनगाई ,माझी आदि समुदायको संस्कार ,संस्कृति तथा मौलिक परिकारहरूको संवर्द्धन गर्दै देशको सांस्कृतिक विविधतालाई विश्वमा नै उदाहरणीय बनाउने उद्देश्यले हरेक वर्ष पौष २९ गते भाक्का दिवस मनाउने निर्णय गरेको हो । र त्यति बेला देखि नै झापा, मोरङ, सुनसरी…

भोटेटार पुस १८ ।। बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको उपाधिको लागि बुद्धशान्ति वडा नम्बर १ र ३ भिडने भएका छन् । आज भएको दोस्रो सेमिफाइनलमा वडा नम्बर २ लाई शुन्यका बिरुद्ध १ गोल गर्दै वडा नम्बर ३ ले फाइनलको यात्रा तय गरेको हो। फाइनल प्रबेश गरे सङ्गै वडा नम्बर ३ ले डिफेन्डिङ च्याम्पियन वडा नम्बर १ सङ्ग उपाधिका लागि भिडन्त तय गरेको छ । फाइनल प्रबेश का लागि बुद्धशान्ति ३ सिदार्थ लिम्बुले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । लिम्बू म्यान अफ थ म्याच हुँदै पुरष्कृत भएको आयोजक समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिनुभयो ।…

बिर्तामोड पुस १८ ।। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव २०८१ आयोजना हुने भएको छ । आज सङ्घको कार्यालयमा पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै सो कुरा बताएको हो। बिर्तामोड उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव माघ ८ गतेदेखि १९ गतेसम्म सञ्चालन हुने महोत्सवका संयोजक विशाल थापाले जानकारी दिए । व्यवसाय क्षेत्रलाई उठाउदै अर्थतन्त्र चलायमान बनाउँदै व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष राजु न्यौपानेले जानकारी दिए । महोत्सवले सानादेखि ठुला व्यवसायी र आम उपभोक्तालाई एउटै थलोमा जुटाउने अवसरका रुपमा लिइएको न्यौपानेले बताए । महोत्सवमा नेपालसहित भारत, बंगशादेश र पाकिस्तानका लगानीकर्ता, उत्पादक, वितरक,…

भोटेटार , पौष १७ । पहिलो संस्करणको उपाधी बिजेता बुद्धशान्ति वडा नम्बर १ झापाको बुद्धशान्तिमा जारी दोस्रो बुद्धशान्ति वडास्तरीय फुटबल प्रतियोगिताको फेरि उपाधी नजिक पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा बुद्धशान्ति वडा नम्बर ६ लाई शुन्यका बिरुद्ध ५ गोल गर्दै वडा नम्बर १ उपाधी नजिक पुगेको आयोजक समितिका अध्यक्ष बाल कुमार राईले जानकारी दिनुभयो । बुद्धशान्ति १ का लागि जेनित बरालले २, कप्तान पुजन थापा, सागर रसाईलि र भुपाल मगरले एक एक गोल गरेका थिए । दुई गोलकर्ता जेनित बराल म्यान अफ द म्याच घोषित भए । उनलाई बुद्धशान्ति खेलकुद समिती संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष पर्शुराम…

झापा पुस १७ ।। झापाको कचनकवल गाउँपलिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वनमा दाउरा खोज्न जाँदा हात्तीको आक्रमणमा परि घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। आज मध्यान्ह कचनकवल गाउँपलिका ७ दिपज्योति सामुदायिक वनमा घाँस दाउरा काट्न गएका स्थानीय महिला हरुलाई हात्तीले लखेटेको थियो । सोही क्रममा बर्ष ३५ की केलाबत्ती राजवंशी हराएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय बनियानीमा जानकारी गराउनासाथ प्रहरी टोली खटिएर खोजतलास गर्ने क्रममा वनक्षेत्र नजिकै जंगली हात्तीले आक्रमण गरी घाइते अवस्थामा राजवंशी फेला परेकी थिइन् । उनलाई साँझ ४ः४० बजे फेला पारी उपचारको लागि ओमसाई पाथीभरा अस्पताल भद्रपुर ल्याई थप उपचारको लागि प्रादेशिक अस्पताल…

काठमाडौँ पुस १७ ।। गत पुस ११ गते नेकपा एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो घोषणा गरेका हुन् । ‘…यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीति तय गर्दै, देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्ने छन् । हाम्रा यी पाइला र प्रयासहरू अगाडि बढ्ने सन्दर्भमा विभिन्न संगठित रुपमा रहनुभएकासँग सहकार्य हुन सक्छ ।’ उनले सम्बोधनका क्रममा बीपी कांग्रेस, पूर्व देशभक्त…