Sacho Khabar

बाढीपहिराका कारण फाल्गुनन्द सडक अवरुद्ध

बाढीपहिराका कारण फाल्गुनन्द सडक अवरुद्ध

बाढीपहिराका कारण फाल्गुनन्द सडक अवरुद्ध

  झापा असार २५॥ बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ। इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुलछेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिए। पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन्। माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रुपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताए।
Read More
धारिलो हतियार प्रहार गरी एक जनाको हत्या दुई गम्भिर घाइते

धारिलो हतियार प्रहार गरी एक जनाको हत्या दुई गम्भिर घाइते

  विराटनगरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ। दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुुसार मृत्यु हुनेमा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामत रहेका छन्। कटहरी–१ जमटोकीकै १७ वर्षीय अमन राय र २२ वर्षीय विक्रम मण्डल घाइते छन्। उनीहरु तीनैजना हिजो राति विराटनगर महानगरपालिका–२ मा गम्भीर अवस्थामा भेटिएका थिए। घाइतेलाई अस्पताल पु¥याएपछि मात्रै प्रहरीले घटनाबारे जानकारी पाएको थियो। मृतक कामतको छाती र कम्मरको भागमा चक्कु प्रहार भएको जस्तो चोट देखिएको छ। घाइतेहरुको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। हिजो दिउँसो अर्को समूहसँग बाटो हिंड्ने क्रममा ग्याङ फाइट भएको र राति रिसिइबीले गम्भीर मोड…
Read More
नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने

नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने

नेपाल टेलिकमको सिम कार्ड आज रिचार्ज नहुने भएको छ। विलिङ प्रणाली स्तरोन्नतिको परीक्षण कार्य हुने भएकाले आज राति ११ बजेदेखि भोलि बिहान ६ बजेसम्म रिचार्ज र डाटा प्याकेज खरिदका सेवाहरु प्रभावित हुन नेपाल टेलिकमले जनाएको छ। राति ११ बजेअघि नै रिचार्ज गर्न सकिने टेलिकमले जनाएको छ। तर मोबाइल भ्वाइस, डाटा, एसएमएस लगायतका सेवा भने चलिरहने टेलिकमको सूचनामा उल्लेख छ।
Read More
तनहुँमा   पहिरोमा पुरिएर तीन जनाको मृत्यु

तनहुँमा   पहिरोमा पुरिएर तीन जनाको मृत्यु

  तनहुँ जिल्लाको शुक्लागण्डकी ७ काउरेमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएपछि यतिबेला पूरै गाउँ शोकमा डुबेको छ । स्थानीय ४० वर्षीय हीरा नेपालीको घर पहिरोले पुरिँदा उनीसँगै छिमेकी ३७ वर्षीया अनिशा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएपछि सिंगो गाउँ शोकमा डुबेको हो । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि शनिबार गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए। उक्त पहिरोमा परेर अन्य चार जना घाइते भएका छन् । घाइतेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा पश्चात् घर फर्किसकेका छन् । अविरल वर्षापछि पहिरो खस्ने खतरा बढेपछि हीरा नेपालीको घरको सामान सार्न गएका छिमेकी बाँस्तोला र भण्डारीसमेत पहिरोमा परेर…
Read More
नेताको फोटोमा ‘लापता’ लेखेर विरोध प्रर्दशन

नेताको फोटोमा ‘लापता’ लेखेर विरोध प्रर्दशन

  भद्रपुर असार २३ ॥ बिर्तामोड–भद्रपुर सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै युवाहरूले झापाबाट निर्वाचित भएका नेताहरु केपी शर्मा ओली, विश्वप्रकाश शर्मा र राजेन्द्रप्रसाद लिङ्देनको फोटोमा ‘लापता’ लेखेर विरोध प्रर्दशन गरेका छन् । झापाको सदरमुकाम जोड्ने मुख्य सडक खण्ड अन्तर्गत चन्द्रगढीस्थित लेखनाथ चोकमा शनिबार मात्रै धान रोपेर विरोध जनाएका युवाहरूले आज यस क्षेत्रबाटै निर्वाचित भएका नेताहरुको फोटोमा ‘लापता’ लेखेर विरोध जनाएका हुन् । युवाहरूले विरोध जनाएपछि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल आज (आइतबार) दिउँसो विरोध स्थलमा पुगेर सडक मर्मत सम्भार हुने आश्वासन दिएका छन् । सडक निर्माणका लागि शान्तिपूर्ण रुपमा दबाब मूलक कार्यक्रम गर्नुपर्ने अवस्था आएको छ । यो सडक बनाउन…
Read More
भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या

भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या

  भारतको मेघालयमा तिन नेपाली सहित चार जनाको विभत्स हत्या भएको पाइएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका काउन्सेलर एसएसपी उमाप्रसाद चतुर्वेदीका अनुसार हत्या गरिएका चारमध्ये तिन नेपाली र एक भारतीय नागरिक भएको पुष्टि भएको छ । एसएसपी चतुर्वेदीका अनुसार हत्या भएकामध्ये एकजना इलामका २३ वर्षीय रवि राई रहेका छन् । रवि राईको दिदी देवी राई समेत मेघालयमै रहेको कारण उनले भाइको शव पहिचान गरेकी हुन् । राई मेघालयकै कोइला खानीमा काम गर्ने गरेको प्रारम्भिक जानकारी आएको छ । हत्या गरिएकामध्ये अर्का एकजना मेघालयकै स्थानीय युवा रहेको पाइएको छ । बाँकी दुईजना भोजपुर र धरान ९सुनसरी०का युवा भनिएपनि हालसम्म पुष्टि भएको…
Read More
युरोकप फुटबलको सेमिफाइनल समीकरण पुरा

युरोकप फुटबलको सेमिफाइनल समीकरण पुरा

  जर्मनीमा जारी १७औँ संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पुरा भएको छ । आज बिहान नेदरल्याण्ड्स र टर्कीबीचको क्वार्टरफाइनल खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुंगो लागेको हो । २४ देशले भाग लिएको यस प्रतियोगितामा अब चार देश सेमिफाइनलमा पुगेका छन् । जसमा स्पेन, फ्रान्स, इङल्याण्ड र नेदरल्याण्ड्स रहेका छन् । क्वार्टरफाइनलमा स्पेनले आयोजक जर्मनी, फ्रान्सले पोर्चुगल, इंग्ल्याण्डले स्वीट्जरल्याण्ड तथा नेदरल्याण्ड्सले टर्कीलाई हराएर सेमिफाइनलमा पुगेका हुन् । अब सेमिफाइनलमा स्पेन र फ्रान्स तथा इङल्याण्ड र नेदरल्याण्ड्स भिड्ने छन् । युरोकप सेमिफाइनलका खेल जुलाई १० र ११ तथा फाइनल खेल जुलाई १५ मा हुनेछ । सेमिफाइनल र फाइनलका खेल नेपाली समय…
Read More
ब्राजिल कोपा अमेरिका को क्वाटरफाइनलबाटै  बाहिरियो

ब्राजिल कोपा अमेरिका को क्वाटरफाइनलबाटै  बाहिरियो

  एजेन्सी – ब्राजिल कोपा अमेरिका २०२४ को क्वाटरफाइनलबाटै  बाहिरिएको छ । अमेरिकाको फिनिक्समा भएको कवातर उरुग्वेले टाइब्रेकरमा जित हासिल गर्दा ब्राजिल बाहिरिएको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा लिइएको थियो । टाइब्रेकरमा उरुग्वेले ४-२ को जित दर्ता गर्यो । ब्राजिलका लागि एडर मिलिसाओ र डग्लस लुइजले टाइब्रेकरमा गोल गर्न सकेनन । उरुग्वेका कप्तान जोसे जिमिनेजले गोल गर्न नसकेपनि अन्तिम प्रहारमा म्यानुएल उगार्टेले गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गरे । त्यसअघि कोलोम्बियाले पानामालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । अब उरुग्वे र कोलोम्बियाले सेमिफाइनलमा खेल्नेछन् । अघिल्लो दिन…
Read More
सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६  ढोका खुला

सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६  ढोका खुला

  अबिरल वर्षासगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६  ढोका खुला गरिएको छ। बिहान ९  बजेको मापनअनुसार सप्तकोसीको पानीको बहाव ३ लाख ६८  हजार ६८० क्युसेक प्रतिसेकेण्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेतकाे रातो बत्ती बालिएको छ। कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्नेबित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति बत्ती बाल्ने गरिन्छ। सप्तकोशी अहिलेसम्मको इतिहासमा सबैभन्दा बढी १९६८ मा सात लाख ८८ हजार २०० क्युसेक पुगेको थियो। सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्यूसेक पुगेको थियो। कोशी ब्यारेज बन्दा सुरुवातका वर्षमा कोशी नदीले झन्डै आठ लाख…
Read More
पहिरोको कारण बिभिन्न राजमार्ग अवरुद्ध….

पहिरोको कारण बिभिन्न राजमार्ग अवरुद्ध….

झापा । २२ असार । यो समय वर्षाको समय हो।वर्षाको बेला देशभरका खोला नालामा पानीको सतह बढ्नुका साथै बिभिन्न स्थानमा पहिरो खस्ने गर्दछ । बाडी पहिरोका कारण केहि पहाडी क्षेत्रका सडक अवरुद्ध हुँदा सडक यात्रा गर्न समस्या भएको पाइन्छ।आज पनि पहिरोका कारण देशका बिभिन्न ठाउँमा सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै  पहिरो खसेको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । सडकमा खसेको पहिरोको कारण दुवै सडक आज बिहानैदेखि अवरुद्ध बनेका…
Read More