Sacho Khabar

बुद्धशान्ति वडास्तरिय भलिबल : वडा न. २ फाइनलमा

बुद्धशान्ति वडास्तरिय भलिबल : वडा न. २ फाइनलमा

बुद्धशान्ति वडास्तरिय भलिबल : वडा न. २ फाइनलमा

  शान्तिनगर , माघ २५ । बुद्धशान्ति वडा नम्बर २ झापाको बुद्धशान्तिमा आज देखि सुरु दोस्रो बुद्धशान्ति गाउँपालिका वडास्तरिय नकआउट भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा बुद्धशान्ति १ लाई २/१ को सेटमा पराजित गर्दै बाई पाएर सोझै सेमिफानल खेलेको वडा नम्बर २ ले फाइनलमा स्थान बनाएको हो । पहिलो सेट १४/२५ ले गुमाउनु पुगेको वडा नम्बर २ ले दोस्रो २५/१९ ले र निर्णायक सेट १५/११ ले जित्न पुग्यो । अब उस्ले भोलि शनिबार हुने दोस्रो सेमिफाइनल वडा नम्बर ३ र ४ को बिजेता सङ्ग फाइनल खेल खेल्नेछ । साथै आज भएको उद्घाटन खेलमा वडा नम्बर…
Read More
नव ज्योति च्यालेन्ज कपमा प्लानिङ ब्वाइज सेमिफाइनलमा

नव ज्योति च्यालेन्ज कपमा प्लानिङ ब्वाइज सेमिफाइनलमा

  बिर्तामोड, माघ २४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले शानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि शानदार जित निकाल्दै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० को गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि खेलको पहिलो मिनेटमा राजेश शाहले गोल गरे । त्यस्तै, १७ औँ मिनेटमा प्रताप राई, ५४ औँ मिनेटमा सरोज कार्की र ६५ औँ मिनेटमा अर्जुन राना मगरले गोल गरे । खेल अवधिभर प्लानिङ ब्वाइजले मानेभञ्ज्याङलाई दबाबमा राखेको थियो…
Read More
क्यान्सर रोग भयावह बन्दै झापामा मात्रै दुई हजार पाँच सय त्रियासी नयाँ बिरामी थपिए।

क्यान्सर रोग भयावह बन्दै झापामा मात्रै दुई हजार पाँच सय त्रियासी नयाँ बिरामी थपिए।

  झापा । झापामा क्यान्सर रोगी उल्लेख्य रुपमा बढेको तथ्याङ्क सार्वजनिक भएको छ । झापामा आर्थिक वर्ष २०८०/०८१ मा क्यान्सरका दुई हजार ५ सय ८३ जना बिरामी फेला परेका थिए । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १७ प्रतिशतले बढेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चूडामणि लुइँटेलले जानकारी दिए । झापामा क्यान्सरका कारणले धेरैले ज्यान गुमाउनु परेको बताइएको छ । जिल्ला स्वास्थ्य कार्यालयसँग भएको तथ्याङ्क र जानकारी भन्दा पनि धेरै क्यान्सर राोगीहरु भmझापामा रहेको हुन सक्ने सूचना अधिकारी लुइँटेलले बताए । उनले भने– झापामा नाटकीय रुपमा क्यान्सर बढेको छ, पर्याप्त खोज र अनुसन्धान अझै गर्न जरुरी छ । उनले झापाको वास्तविक…
Read More
काठमाडौँको कमलपोखरीमा ग्यास ट्याङ्की विस्फोट १४ जना घाइते।

काठमाडौँको कमलपोखरीमा ग्यास ट्याङ्की विस्फोट १४ जना घाइते।

  काठमाडौंको कमलपोखरीमा ग्यास सिलिन्डर विष्फोट भएको छ। आज बिहान पौने ९ बजेको समयमा  विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन्। काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालका अनुसार त्यहाँस्थित सानदार म.म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो। घाइते हुनेहरु पनि सोही पसलका कामदार हुन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ। उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ। सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ।
Read More
भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स र ओम साई पाथिभरा हस्पिटल

भद्रपुर झापा गोल्डकपको मुख्य प्रायोजक सौर्य एयरलाइन्स र ओम साई पाथिभरा हस्पिटल

  भद्रपुर माघ २३ ।। दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ ।   यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको सम्मानस्वरुप ‘गम्भीर राई स्मृति संस्करण’ का रुपमा सञ्चालन हुनेछ ।     आज भद्रपुरस्थित होटल एअरपोर्टको सभाहलमा भएको सम्झौतापत्रमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र सौर्य एअर तथा ओम साई पाथिभरा हस्पिटलका तर्फबाट अध्यक्ष दिपक पोखरेलले हस्ताक्षर गरे ।…
Read More
आफैले बोकेको  गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु

आफैले बोकेको  गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु

  झापा माघ ।।  आफैले बोकेको  गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो २.५० बजे धनकुटा चौबीसे –७ लोफादिन बस्ने २७ वर्षीय मौसम चेम्जोङको आफैले बोकेको काठको गोलियाले किचेर मृत्यु भएको हो । वडा नं .८ को बसन्तटारमा काठको गोलिया माथिबाट तल सडकमा झार्ने क्रममा चेम्जोङले बोकेको गोलियाले किचेर उनको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका चेम्जोङलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।
Read More
नव ज्योति च्यालेन्ज कपमा मोरङको विजयी सुरुवात

नव ज्योति च्यालेन्ज कपमा मोरङको विजयी सुरुवात

बिर्तामोड, माघ २१ । मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ गोल अन्तरले हराउँदै नव प्रगति अन्तिम चारमा पक्का भएको हो । नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औँ मिनेटमा ओसन राईले गोल गरे । त्यस्तै, २४ औँ मिनेटमा मिक्सन दासले एक गोल थपे । काँकरभिट्टाका तर्फबाट प्रदिप बुढाथोकीले ३७ औँ र ६० औँ मिनेटमा गोल फर्काए । खेलमा नव प्रगतिले काँकरभिट्टालाई दबाबमा राखेको थियो । खेलको प्लेयर अफ द म्याच नव प्रगतिका…
Read More
अन्तरपालिका महिला फुटबल प्रतियाेगिता आयाेजना हुने

अन्तरपालिका महिला फुटबल प्रतियाेगिता आयाेजना हुने

  बिर्तामाेड नगर खेलकुद बिकास समितिकाे आयाेजनामा अन्तरपालिका महिला फुटबल प्रतियाेगिता आयाेजना हुने भएकाे छ । आगामी माघ २६ गतेदेखि बिर्तामोड स्थित डाेमालाल राजबंशी रंगशालामा  प्रतियोगिता सञ्चालन हुने छ। समितिले आइतबार बिर्तामाेडमा पत्रकार सम्मेलन आयाेजना गरेर प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । प्रतियाेगितामा आयाेजक बिर्तामाेड, मेचीनगर, अर्जुनधारा, भद्रपुर, कन्काई, शिबसताक्षी, दमक नगरपालिका तथा कमल, झापा र बुद्वशान्ति गाउँपालिकाका खेलाडीकाे सहभागिता रहने जनाइएकाे छ । प्रतियाेगिताकाे बिजेताले उपाधिसहित ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैंयाँ नगद, मेडल ट्रफी र प्रमाणपत्र पाउने छ । प्रत्येक खेलकाे प्लेयर अफ द म्याचले नगद ५ हजार र प्रतियाेगिताकाे सर्वाेत्कृष्ठ खेलाडीले १५…
Read More
फोनिज झापाको अध्यक्षमा राजवंशी

फोनिज झापाको अध्यक्षमा राजवंशी

  बिर्तामोड माघ २० ।। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्विरोध निर्वाचित भएका छन् । यसअघि नेपाल पत्रकार महासंघ झापाका सहसचिव भइसकेका राजवंशी लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । फोनिजको उपाध्यक्षमा तिलक योञ्जन तामाङ सचिवमा सन्तोष वेघा, सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरूङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश आले मगर, सुजन राई, शौरभ मुखिया, रविकिरण वान्तवा राई, विष्णु कुल श्रेष्ठ, मिना नेम्वाङ जिके सेमा, सुमन वेघा चयन भएका छन् । अधिवेशनको बन्दसत्रले संघीय महाधिवेशन प्रतिनिधिमा दिपीन राई, भूमिका फियाक, रमेश राई, गणेशमान मुखिया, विशाल नेम्वाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ दिलकुमार लावती र…
Read More
महाकुम्भबाट फर्किँदै गरेको नेपाली सवार गाडी दुर्घटना :५ जनाको घटनास्थलमै मृत्यु

महाकुम्भबाट फर्किँदै गरेको नेपाली सवार गाडी दुर्घटना :५ जनाको घटनास्थलमै मृत्यु

  महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ ।  भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुररहेको बताइएको छ। घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।
Read More