Sacho Khabar

अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपाल विजयी

अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपाल विजयी

अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपाल विजयी

  दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा २८, बलिङमा ३ विकेट तथा १ रन आउट गराएका थिए । भ्रमणकारी टोलीले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र जोड्न सक्यो । घरेलु टोलीका लागि शायन जाहन्गिरले ३४ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले…
Read More
बिर्तामोडमा छोटाहात्तीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

बिर्तामोडमा छोटाहात्तीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु

  बिर्तामोड कातिक २  ।।  विर्तामोड– भद्रपुर सडकखण्डको बिर्ताबजारमा छोटा हात्तीको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । हिजो साँझ ६.३० बजे बिर्तामोड–३ बिर्ताबजारस्थित बिर्तामोड–भद्रपुर सडकखण्डमा बनियानीबाट बिर्ताबजारतर्फ आउँदै गरेको मे १ च ५९३० नम्बरको छोटा हात्ती गाडीले पैदलयात्री भारत बहादुरगञ्ज घर भई हाल बिर्तामोड –३ सैनिकमोडमा डेरा गरी बस्ने अन्दाजी ६५ वर्षीय आसारुलाल पानवारीलाई ठक्कर दिएको थियो । टाउकोमा चोट लागेर बिर्तासिटी अस्पतालमा बिर्तामोडमा उपचार भइरहेका पानवारीको आज बिहान २ बजे मृत्यु भएको हो । ठक्कर दिने छोटा हात्ती र चालक कन्काई –८ बस्ने ४६ वर्षीय मानबहादुर भुजेललाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको…
Read More
अर्जुनधारामा फलामको गेटले किच्दा दुई वर्षीय बालकको मृत्यु

अर्जुनधारामा फलामको गेटले किच्दा दुई वर्षीय बालकको मृत्यु

झापा कार्तिक २ ।।झापाको अर्जुनधारामा फलामको गेटले किच्दा एक बालकको मृत्यु भएको छ । अर्जुनधारा–६ स्थित मामा घरमा पाहुना आएका सवनम मास्कराका २ वर्षीय छोरा शिवयम मस्करालाई घरको गेटले किचेको थियो । आमा श्रेया अग्रवालका साथमा मामा ऋषि अग्रवालको घर आएका बालकलाई खेल्ने क्रममा घरको गेटले किचेर गम्भिर घाइते भएको थियो । उनलाई उपचारका लागि तत्काल बिर्तामोड स्थित बीएण्डसी अस्पताल पुर्याए पनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More
झापाको मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु

झापाको मेची पुलबाट मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु

  बिर्तामोड असोज२८ ।। झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आज मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु भएको छ । यात्राका क्रममा झापाबाट १० जनाको उद्धार गरिएको छ । जिल्लाका विभिन्न स्थानबाट नौ पुरुष र एक महिलाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले जानकारी दिए। मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा थालिएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार, बिर्तामोड नगरपालिकाबाट दुई, कनकाई नगरपालिकाबाट दुई र शिवसतासी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको हो ।  ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ मूल भावका साथ ३२ दिने उद्धार यात्रा सुरु भएको हो । उद्धार गरिएकालाई मानव सेवा आश्रम मेचीनगर सेवाकेन्द्रमा राखिएको छ ।…
Read More
श्रीमतीको हत्यापछि फरार भएका चौहान पक्राउ

श्रीमतीको हत्यापछि फरार भएका चौहान पक्राउ

  अर्जुनधारा असोज २८।। अर्जुनधारमा श्रीमतीको हत्या गरेर फरार भएका व्यक्ति जङ्गलमा लुकिरहेको अवस्थामा पक्राउ परेका छन् । घटना पश्चात फरार भएका उनी स्थानीय जुकेखाडी जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ परेका हुन् झापाको अर्जुनधारा–३ दार्जिलिङ डाँडाका ४६ बर्षीय बीरबहादुर चौहानलाई प्रहरीले आज बेलुकी करीब ५ बजे जुकेखाँडी जङ्गलमा लुकिछिपी हिंरिहेका बेला पक्राउ गरेको हो । चौहानले श्रीमती ३७ बर्षीया मुना चौहानलाई सोही ठाउँका भरत कुमालको आँगनमा दिउँसो करीब  ३ बजे धारिलो हतियार प्रहार गरेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय झापाका प्रबक्ता डीएसपी कृष्ण चन्दले जानकारी दिए।
Read More
झापाको केर्खामा मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु

झापाको केर्खामा मोटरसाइकल दुर्घटना दुईजनाको मृत्यु

   बिर्तामोड असोज २७ ।। पूर्वपश्चिम राजमार्गस्थित झापाको कमल गाउँपालिका वडा नम्बर ४ अमलडाँगीमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । हिजोरती पूर्वपश्चिम राजमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको को. २७ प ३५१३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा शिवसताक्षी ८ बस्ने ३३ वर्षीय अनिलकुमार लिम्बू र सोही ठाउँ बस्ने २० वर्षीय सोमराज लिम्बूको मृत्यु भएको हो । गम्भीर घाइते दुवैलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा चिकित्सकले जाँच गर्दा दुवैजनाको मृत्यु भइसकेको थियो । घटनाबारे उनीहरुको आफन्तलाई जानकारी गराइ  प्रहरी चौकी केर्खाले मोटरसाइकल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Read More
इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु, मृतकका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरोध

इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु, मृतकका आफन्तद्वारा पूर्वपश्चिम राजमार्ग अवरोध

  मेचीनगर असोज २७ । पूर्वपश्चिम राजमार्गस्थित झापाको मेचीनगर–७ इटाभट्टामा मोटरसाइकलको ठक्करबाट बस चालकको मृत्यु भएको छ । दुर्घटनाबाट साइकलमा सवार रहेका स्थानीय बस चालक डिकेन राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सगरमाथा यातायातका चालक ४५ वर्षीय राजवंशीको उपचारको क्रममा बिर्तामोडको बिएन्डसी अस्पतालमा मृत्यु भएको हो । आज बिहान ७ः३० बजेतिर मेचीनगर–७ इटाभट्टामा धुलाबारीबाट काँकरभिट्टतर्फ जाँदै गरेको होटल मेची क्राउनका कर्मचारी ३५ वर्षीय अभिषेक लिम्बूले चलाएको प्रदेश ०१–१७ प ७४४ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा राजवंशी गम्भीर घाइते भएका थिए । दुर्घटनापछि मृतकका आफन्त र यातायात व्यवसायी संघका कर्मचारीहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । अहिले यातायात सञ्चालन…
Read More
दशैंको टिका – आज दोस्रो दिन।

दशैंको टिका – आज दोस्रो दिन।

झापा। आज नेपालीहरूको महान् चाड बिजया दशमीको टीकाको दोस्रो दिन पनी टिका र जमरा लगाउने क्रम जारी रहेको छ । देवीको प्रसाद भएकाले कोजाग्रत पूर्णिमासम्म दशैँको टीका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाए अनुसार आज पनी टिका लगाउने क्रम जारी रहेको हो। मान्यजन टाढा टाढा हुनेहरू आजदेखि पूर्णिमासम्म आशीर्वाद थाप्न आफन्तकोमा जाने चलन रहेको छ। त्यसो त कतिपय ठाउँमा टिका लगाउने दिनका बारेमा फरक भएको पाइन्छ। कुनै ठाउँमा हिजो अर्थात् विजया दशमीको दिनमात्र टीका लगाएको पाइन्छ तर असनका बासिन्दाले चाहीँ आज टीका थाप्दैछन् ।हरेक वर्ष असोज शुक्ल एकादशीका दिन त्यहाँका स्थानिय बासिन्दाले मान्यजनबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका, जमरा…
Read More
यस वर्षको दशैंको टिकाको उत्तम साइत बिहान ११:३६ मा 

यस वर्षको दशैंको टिकाको उत्तम साइत बिहान ११:३६ मा 

  बिर्तामोड असोज २५ ।। यस वर्षको दशैंको टिकाको उत्तम साइत बिहान११:३६ मिनेटमा   रहेको  पञ्चांग निर्णायक विकास समितिले जानकारी दिएको छ नवरात्रको अन्तिम दिन आज महाअष्टमी र महानवमी मनाइँदै छ। तिथि घटबढका कारण आज अष्टमी र नवमी एकैदिन परेका हुन्। नवरात्रिको समाप्तीसँगै भोलि नवदुर्गाको प्रसाद जमरासहित टीका ग्रहण गरी विजयादशमी मनाउने प्रचलन छ। भोलि बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरी बिहान ११ बजेर ३६ मिनेटमा टीका लगाउने उत्तम साइत रहेको पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। दशैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने, चङ्गा उडाउने गर्छन्। दशैँ पर्व बालबालिकाकै लागि हो भन्ने उखान पनि नेपाली समाजमा रहेको छ। बालबालिकाले रमाइलो…
Read More
बिपी राजमार्ग भोलिदेखि खुल्ने

बिपी राजमार्ग भोलिदेखि खुल्ने

काठमाण्डौ। २४ असोज।। असोज दोस्रो हप्ता परेको अविरल वर्षाका कारण बन्द गरिएको बिपी राजमार्ग भोलिदेखि खुल्ने भएको छ । बाढीपहिरोले धेरै भाग बगाएका कारण आवतजावतमा समस्या देखिएपछी बन्द गरिएको उक्त राजमार्ग भोलिदेखि बाटोको अवस्था हेरेर एकतर्फी वा दुईतर्फी खुल्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव शर्माले जानकारी दिएका हुन्। उनका अनुसार पर्वमा पनि बिहानैदेखि जनशक्ति र मेसिनहरु सडक बनाउन खटिएर आज रातभरी र भोलि बिहान केहीबेर काम गरेर सडक खुलाइने छ।
Read More