बिर्तामोड असोज २१ ।। झापाको बिर्तामोडमा सम्पन्न चौथो संस्करणको मिस्टर झापा शारीरिक सुगठन प्रतियोगिताको उपाधि अभिजित राजवंशीले जितेका छन् । ७० केजी तौल समूहका उनले उपाधिसँगै नगद एक लाख ५१ हजार र ट्रफी प्राप्त गरे । उनले क्लासिक फिटनेसको प्रतिनिधित्व गरेका थिए । त्यस्तै, ६५ केजी तौल समूहका बिक्की राजवंशी दोस्रो भए । ग्यालेक्सी फिटनेसका उनले नगद एक लाख एक हजार र ट्रफी पाए । तेस्रो भएका दिवस श्रेष्ठले नगद ७६ हजार र ट्रफी पाए । ६० केजी तौल समूहका उनी ग्यालेक्सी फिटनेसका हुन् । त्यस्तै, चौथो भएका प्रकाश सुनारले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । ५५…

काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दुर्घटना भएको छ । बस आज दिउँसो ३ बजे दुर्घटना भएको जनाइएको छ । बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।