अर्जुनधारा ।। भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा आयोजकलाई ६–२ गोल अन्तरले पराजित गर्दै भद्रपुर विजयी बन्यो । भद्रपुरका लागि प्रदिप बुढाथोकीले ह्याट्रीकसहित ४ गोल गरे । उनले पहिलो हाफको ३० औं मिनेटमा पहिलो गाले गरेका थिए । ३५ औं मिनेटमा दोस्रो गोल गरेका बुढाथोकीले दोस्रो हाफको १४ मिनेटमा टिमका लागि पाँचौ र व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रीक पुर गरे । पहिलो हाफको ३८ औं मिनेटमा भद्रपुरका लागि उदेस कामतीले तेस्रो गोल गरेका थिए । दोस्रो…

मोरङको कानेपोखरी–४ स्थित बयरवन बजारमा हाँस हराएको बिषयमा विवाद हुँदा देवरले भाउजूलाई खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ। बर्ष ५५ की शिवमाया श्रेष्ठ(मग्राती) लाई देवर बसन्तले खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।गत शनिबार राती ९ः३० बजे प्रहरीले निजलाई नेपाल टोलबाट पक्राउ गरेको थियो ।शनिबार बजारको दिन साँझ ६ः३० बजे घरमा हाँस हराएको बिषयमा सामान्य विवाद भएको थियो । विवाद बढ्दै गएपछि देवरले धारिलो हतियार खुकुरी प्रहार गरेको थियो । खुकरी प्रहारबाट शिवमायाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ । हात छिन्नै लागेको प्रहरीको भनाइ छ । उनलाई…

अर्जुनधारा । सोमबारबाट सुरु भएको चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा आज आयोजकसंग भद्रपुर नगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा हुने खेल दिनको २ बजेबाट सुरुहुने आयोजकले बताएको छ । हिजो भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड विजयी बनेको छ। “हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरुभएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो । प्रतियोगितामा हरेक टिमले ३ जना नगरपालिकाभन्दा बाहिरका खेलाडीलाई समेत खेलाउन पाउने प्रावधान रहेकाले गोल्डकपमा राष्ट्रिय टिमका खेलाडीहरु समेत मैदान उत्रिएका छन्…

झापा कार्तिक २७ ।। आज कार्तिक शुक्ल एकादशी। सनातन धर्मावलम्बी मंगलबार आज हरिबोधिनी एकादशी मनाउँछन्। भगवान् विष्णुको विशेष आराधना गर्ने र तुलसीको विवाह गर्ने दिनको रूपमा हरिबोधिनी एकादशी मनाइन्छ। सनातन समाजमा आषाढ शुक्ल एकादशीमा आँगनमा तुलसी रोप्ने र चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। चतुर्मासभर ‘विष्णुप्रिया’को रूपमा पूजा गरेर तुलसीलाई हरिबोधिनी एकादशीमा भगवान् विष्णुसँग विवाह गरिदिने परम्परा छ। एकादशीका दिन उपवास बसी नारायणको आराधना गर्ने र भोलिपल्ट द्वादशीमा द्वादशीमा हवन गरी विसर्जन गरिन्छ। यसै दिन नवान्न (नयाँ अन्न) को होम गर्ने नेपाली परम्परा छ। आषाढ शुक्ल एकादशीको दिन क्षीरसागरमा सुतेका भगवान् विष्णु यो दिन उठ्ने पौराणिक मान्यता…