Sacho Khabar

Day: २०८१ मंसिर १, शनिबार

भद्रपुर नगरपालिका  खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश

भद्रपुर नगरपालिका खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश

  अर्जुनधारा । भद्रपुर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा दमक नगरपालिकालाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारीत समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरबाट नतिजा निकालीएको हो । बराबरी भएको खेलमा भद्रपुरकालागि ७ औं मिनेटमा बिकास राईले पहिलो र ४४ औं मिनेटमा प्रदीप बुढाथोकीले दोस्रो गोल गरे । दमककालागि संजय धिमालले २० औं मिनेटमा पहिलो र किस्मत लिम्बूले ४२ औं मिनेटमा दोस्रो गोल गरेका थिए । टाईब्रेकरमा भद्रपुरका संजय लिम्बू, उदेश कामती, प्रदिप बुढाथोकी, बिकास राई र रजिन सुब्बाले गोल गरे । दमककालागि गौरब…
Read More
बिर्तामोड चलचित्र तथा पर्यटन महोत्सव आजबाट सुरु, कोशी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्दै

बिर्तामोड चलचित्र तथा पर्यटन महोत्सव आजबाट सुरु, कोशी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्दै

  बिर्तामोड मंसिर १ ।।   बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१आजबाट झापाको बिर्तामोडमा सुरु हुँदैछ ।महोत्सव बिर्तामोड ५ स्थित सिटी सेन्टर उत्तर धर्म काटा रोडमा रहेको खाली मैदानमा  आयोजना हुँदै छ। मंसिर १ गतेदेखि १५ गते सम्म सञ्चालन गरिने महोत्सवको  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, सांस्कृतिक प्रदर्शनी गरिने बताए । महोत्सवस्थललाई…
Read More