Sacho Khabar

Day: २०८१ फाल्गुन ९, शुक्रबार

सुरक्षाको ग्यारेन्टी गरेर कलेज फर्किने वातावरण बनाइदिन विद्यार्थीहरूको माग…

सुरक्षाको ग्यारेन्टी गरेर कलेज फर्किने वातावरण बनाइदिन विद्यार्थीहरूको माग…

भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजीबाट नेपाल फर्किएका विद्यार्थीले पत्रकार सम्मेलन गर्दै आफूहरू कलेजमा फर्किन सक्ने अवस्थामा नरहेको बताएका छन्। नेपाल आएर कलेजमा भएको घटनाबारे जानकारी दिन आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर उनीहरूले सो कुरा बताएका हुन्। एक विद्यार्थीले परिचय नखुलाउन आग्रह गर्दै हाेस्टेलबाट निकाल्दा कलेजले बाहिरबाट मान्छे लिएर कुटपिट गरेको बताएका छन्। उनका अनुसार ‘घटना भएको अर्को दिन हामीले प्रकृतिको न्यायका लागि आन्दोलन गर्यौँ। त्यसपछि हामीलाई निकालियो। निकाल्दा बाहिरबाट मान्छे लिएर कुटपिट गरियो। त्यसरी त कुकुरलाई पनि कुटिँदैन’, भनेर गुनासो समेत गरेका छन्। ‘कुटिएका हामीहरू यहाँ छौँ। त्यहाँ कुरा मिल्यो रे ! कसरी मिल्यो?’ उनले प्रश्न गर्दै…
Read More
पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

पुलिसलाई हराउँदै भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा

  भद्रपुर, फागुन ९ । आयोजक टिम भद्रपुर ब्लेजर्स सौर्य एअर ओम साई पाथिभरा हस्पिटल गम्भीर राई स्मृति संस्करण भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो क्वार्टर फाइनल खेलमा आयोजक भद्रपुरले विभागीय टोली नेपाल पुलिस क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । पहिलो हाफमा गोलरहित बराबरी खेलेको भद्रपुरले दोस्रो हाफमा दुई गोल गर्यो । खेलको ७२ औँ मिनेटमा मिलन राईले गोल गर्दै टिमलाई अग्रता दिलाए । आशिष चापागाईंले पेनाल्टी एरिया नजिकैबाट दिएको पासमा राईले गोल गरे । खेलको ७४ औँ मिनेटमा भद्रपुरले पेनाल्टीमा…
Read More
माघमा देशभर ४ सय बढी आगलागी

माघमा देशभर ४ सय बढी आगलागी

काठमाडौं।९ फागुन।। गएको माघ महिनामा देशभर ४ सय ७८ वटा आगलागीका घटना भएका छन्।उक्त घटनाबाट २२ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन्। मृत्यु हुनेमा ११ पुरुष, १० महिला र एक बालक छन् । घटनामा २६ पुरुष, ५४ महिला, चार बालक र तीन बालिका गरी ८७ जना घाइते भएको उनले बताएका छन् । त्यसैगरी घटनाबाट १७ परिवार विस्थापित भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । आगलागी नियन्त्रणमा तीन हजार ५०३ जना प्रहरी परिचालन गरिएको थियो । कोशी प्रदेशमा एक सय २९ वटा, मधेशप्रदेशमा ८९, बागमती प्रदेशमा ४२, काठमाडौँ उपत्यकामा ३७, गण्डकी प्रदेशमा…
Read More