बिर्तामोड, २ माघ : बिर्तामोड नगरअस्पतालमा आजदेखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो । बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ । नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात…

बिर्तामोड । झापा गोल्डकपको अध्यक्ष पदमा बिर्तामोडका केदार गिरी सर्वसम्मत चयन भएका छन् । अध्यक्षका प्रत्यासी बलराम कार्कीले उम्मेदवारी फिर्ता लिएपछी गिरी सर्बसम्मत अध्यक्ष चयन भएका हुन् । कार्यसमिति सर्बसम्मत बनाउन तीनदिनसम्म छलफल चलेको थियो । लामो रस्साकस्सीपछि अध्यक्षका उम्मेदवार कार्की पछि हटेका हुन् । अध्यक्षसँगै कार्यसमितिको सम्पुर्ण पदमा सर्बसम्मत नतिजा आएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेल र उपाध्यक्षमा युवराज कार्की (पर्वत) यसअघि नै निर्विरोध भएका थिए । पौडेल यसअघि स्थापनाकालदेखि सचिव थिए भने कार्की संस्थापक सदस्य थिए । कोषाध्यक्षमा युवराज निरौलाले उम्मेदवारी फिर्ता लिएपछि चन्द्रमणि कट्टेल सर्वसम्मत भएका छन् । सचिवमा प्रकाश शिवाकोटीले उम्मेदवारी फिर्ता लिएर बुद्व…

झापा माघ ०१ ।। माघे संक्रान्ति पर्व ठाउँ अनुसार फरक फरक तरिकाले मनाउने गरिन्छ माघे संक्रान्तिको अवसरमा कतै धार्मिक मेलालग्ने गर्छन भने कतै खोला तथा तलाउमा गएर नुहाएर तरुल खाएर मनाउने गरिन्छ तर नुवाकोटको तारुका र बेत्रावती लगायतका ठाउँमा गोरु जुधाएर रमाइलो गरी माघे संक्रान्ति मनाउने गरिन्छ यो वर्ष नुवाकोटको तारुकामा १३ हल र बेत्रावतीमा ११ हल सहित जिल्लाका विभिन्न ठाउँमा गोरु जुधाएर माघे संक्रान्ति मनाइएको हो। नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाइ प्रदर्शनीको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ), बागमती प्रदेससभा सदस्य रमेशकुमार महत सहितले अवलोकन गरे। गोरु जुधाइको अवलोकनपछि मुख्यमन्त्री तामाङले गोरु जुधाइलाई पशु अधिकारको…

झापा माघ ०१ ।। माघे संक्रान्तीको दिन आज लिम्बु समुदायले धुमधामले नयाँ वर्ष मनाएका छन । यो समुदायले माघे संक्रान्तीको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन । किराँत नयाँ वर्षलाई किराँत समुदाय अन्तरगतका लिम्बूहरुले कुसङ यले तङबे र राईले यले दङ भन्ने गर्छन । यस्तै सुनुवार र याक्खाले पनि माघ १ गतेकै दिन नयाँ वर्ष मनाँउछन ।माघे संक्रान्तीसँगै किराँती पात्रोमा सम्वत फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका किराँतीहरुले किराँत नयाँ वर्ष धुमधाम साथ मनाउने गरेका हुन । किरात नयाँ वर्ष पाँचथर,तेहथुम,ताप्लेजुङ,इलाम,झापा,धनकुटा लगायतका जिल्लामा भव्यता पूर्वक मनाइन्छ । यस्तै किराँत लिम्बूहरु सघन…

चर्चित फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे। उनका दुई छोरा र तीन छोरी छन्। लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए। पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत भएका शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…

झापा । राष्ट्रिय भाक्का दिवस झापामा भव्य रुपमा मनाईएको छ । राजवंशी समाज विकास केन्द्रीय समितिले बिर्तामोडको डोमालाल राजव्रंशी रंगशालामा कार्यक्रम गर्दै आठौं राष्ट्रिय भाक्का दिवस मनाएको हो । राजवंशी समुदायले आफ्नो जातीय परिकार भाक्कालाई प्रवर्द्धन गर्न हरेक वर्ष पुष २९ गते दिवसको रुपमा मनाउँदै आएका छन् । आदिवासीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले भाक्का दिवस मनाउँदै आइरहेको छ । राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेशका खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले आफ्नो जातीय संस्कृति र परम्पराको जगेर्नाका लागि समुदाय आफैं सचेत हुनुपर्ने बताउँदै…

बिर्तामोड । बुद्धशान्ति गाउँपालिका ६ र ७ नम्बर वडालाई जोड्ने स्थानीय टिमाई खोलामा बनेको कोशी प्रदेशकै सबैभन्दा लामो झोलुङ्गे पुलको उद्घाटन गरिएको छ । झापा क्षेत्र नम्बर १ का सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोलुबुंगे गौडा रमिते गौडा झोलुङ्गे पुलको उद्घाटन गरेका हुन् । टिमाई खोलामा बनेको सो पुलको लम्बाई ४७७ मिटर लामो छ भने यसको निर्माणमा पाँच करोड ९८ लाख ७६१ रुपैयाँ खर्च भएको जनाइएको छ । पुल उद्घाटन कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ लगायतको उपस्थिति रहेको थियो । कोशी प्रदेशकै लामो उक्त झोलुङ्गे पुल उद्घाटन पूर्व नै आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने गरेको…

झापा ।। सल्यानमा आफ्नै आमाले दुई नाबालिका छोरीको हत्या गरेकी छिन् नाबालिका घरभित्रै मृत भेटिएको प्रकरणमा प्रहरीले आमालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका- ११ गलगौल (सिस्नेपातल) का ३ वर्षीया करिश्मा राना र ६ महिने नाबालिका राघवी राना मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी बाबुराम बस्नेतले बताए । बुधबार बिहान ती दिदीबहिनीसँगै आमा पूर्णिमा राना पनि घरमै थिइन् । यही प्रकरणमा प्रहरीले आमालाई हिरासतमा लिएको हो। दुई छोरीका बुवा टेकमान राना कामका लागि नुवाकोटमा थिए । घटना शंकास्पद देखिएपछि प्रहरीले आमा पूर्णिमालाई नियन्त्रणमा लिएको थियो । दुई छोरी हत्या आरोपमा नियन्त्रणमा लिएपछि प्रहरीले पूर्णिमासँग सोधपुछ गरेको…

बिर्तामोड पुस २४ ।। झापाको बिर्तामोडमा नवजात शिशु मृत फेला परेको छ । बिर्तामोड ५ को जात्रुवारीमा अन्दाजी ३÷४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अबस्थामा फालिएको फेला परेको हो । आज दिउँसो अन्दाजी २.३० बजे जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।त्यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । करिव एक महिनाअघि पनि त्यस ठाउँमा त्यस्तै नवजात शिशुको शव फेला परेको थियो ।