काठमाडौँ पुस १७ ।। गत पुस ११ गते नेकपा एमालेबाट निकालिएका नेता डा. भीमबहादुर रावलले नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले यस्तो घोषणा गरेका हुन् । ‘…यस्ता मान्यताहरूको आधारमा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीति तय गर्दै, देश र प्रवासमा अभियान सञ्चालन गर्दै, देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ’, उनले पत्रकार सम्मेलनमा भने, ‘यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्ने छन् । हाम्रा यी पाइला र प्रयासहरू अगाडि बढ्ने सन्दर्भमा विभिन्न संगठित रुपमा रहनुभएकासँग सहकार्य हुन सक्छ ।’ उनले सम्बोधनका क्रममा बीपी कांग्रेस, पूर्व देशभक्त…

महोत्तरी पुस १७ । परिक्षा विग्रिएको भन्दै तीन किशोरीले एकै साथ विष सेवन गर्दा एक जनाको मृत्यु भएको छ। महोत्तरीको बर्दिबास नगरपालिका–११ स्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयमा अध्ययनरत ३ किशोरीले परीक्षा बिग्रिएको भन्दै विष सेवन गरेका थिए। विष सेवन गरेमध्ये मध्ये एक जनाको मृत्यु भएको छ। विष सेवन गरेकि सिरहाको धनगढीमाई नगरपालिका–१० की १७ वर्षीय छात्रा रिंकु शर्माको मृत्यु भएको हो। अचेत अवस्थामा उद्धार गरी उपचारका लागि बर्दिबास अस्पताल पुर्याउँदा उनको मृत्यु भएको हो। रिंकुसहित उषा पण्डित र सन्जु यादवलाई मंगलबार करिव पौने १२ बजे बर्दिबास नगरपालिका–४ स्थित जंगल क्षेत्रबाट अचेत अवस्थामा उद्धार गरिएको थियो। तीन जना मध्ये उषा…

झापा पुस १५ ।। गुरुङ समुदायले बनाउने तमु ल्होसार आज विविध कार्यक्रम गरी मनाइँदैछ। नयाँ वर्षलाई स्वागत गर्दै आज’ तमु ल्होसार’ मनाउँदैछन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोवास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । यस अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेको छ । यस्तै, देशका अधिकांश स्थानमा पुसे १५ मनाउने प्रचलन समेत छ । सुदूर तथा कर्णालीका अधिकांश भेगमा यसदिन गाउँखाने कथा भन्दै रातभर जाग्राम बस्ने प्रचलन छ ।

बिर्तामोड, १५ पुस : बिर्तामोड नगरपालिकाले गाई, भैंसीमा लाग्ने सरुवा रोग खोरेत विरुद्दको भ्याक्सिन लगाउने कार्यलाई तिब्रता दिएको छ । यस रोगबाट कृषकलाइ कुनैपनि प्रकारको क्षति नहोस् भन्ने उदेश्यले नगरपालिकाले सबै वडामा पुगेर निशुल्क रुपमा भ्याक्सिन लगाउने कार्य गरिरहेको पशुपंछि तथा मत्स्य विकास शाखा प्रमुख डाक्टर नगेन्द्र खड्काले जानकारी दिनु भयो । वडा नम्बर ६ र ७ मा सम्पन्न गरेर अहिले वडा नम्बर ९मा सञ्चालन भईरहेको जनाईएको छ । शाखा प्रमुख डा. खड्काका अनुसार वडा नम्बर ६ मा ८५०, वडा नम्बर ७ मा २ हजार १२० र वडा नम्बर ९ मा आईतबार सम्ममा १ हजार ६० भ्याक्सिन लगाइएको छ…

बिर्तामोड पुस १४ । इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर एकजना महिलाले आत्महत्या गरेकी छन् । इलाम माई नगरपालिका वडा नं २ डाँडागाउँ बस्ने शेरबहादुर लिम्बूकी श्रीमती अन्दाजी ४६ वर्षीया गोमा लिम्बूले आज बिहान ११ बजे ब्लेडले आफ्नै घाँटी रेटेर आत्महत्या गरेकी हुन् । ब्लेडले घाँटी रेटेर घाइते अवस्थामा रहेकी उनलाई उपचारको लागि अस्पताल पठाउने तयारी गर्दैगर्दा घरमा नै उनको मृत्यु भएको स्थानियले जनाएका छन । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन । उनी जण्डिसको बिरामी थिइन । दिउँसो ३ः५० बजे प्रहरी चौकी दानाबारीमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी…

दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या एक सय ६७ पुगेको छ । एक सय ८१ जना चढेको विमान दुर्घटना भएकोमा अहिलेसम्म एक सय ६७ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दुई जनाको जीवितै उद्वार भएको छ । एक सय ७५ जना यात्रु र चालक दलका ६ सदस्य बोकेको जिजु एअरको विमान थाइल्यान्डको बैंककबाट फर्कँदै गर्दा अवतरणका क्रममा मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको हो । एक सय ७५ जना यात्रुमध्ये एक सय ७३ जना दक्षिण कोरियाका र दुई जना थाइल्यान्डका नागरिक रहेका बीबीसीले जनाएको छ । दुर्घटनाको कारण खुलेको छैन तर…

बिर्तामोड, १३ पुस : बिर्तामोड नगरपालिका वडा नम्बर ६ सुगम शान्ति टोलस्थित रोड नम्बर ५ को सडक स्तरोन्नति कार्य धमाघम भईरहेको छ । नगरपालिकाको १० लाख र स्थानीय उपभोक्ताको २ लाख ४८ हजार ८७५ रुपैयाँ लागत साझेदारी गरी कुल १२ लाख ४८ हजार ८७५ रुपैयाँमा १ सय मिटर लम्बाई र १६ फुट चौडाई ( प्लमको भाग बाहेक) सडकको स्तरोन्नति कार्य भईरहेको हो । सडकको दुबै तर्फ प्लम निर्माण कार्य सम्पन्न भएको छ । अबको एक हप्ता पछि पेवर्स लगाउने कार्य सुरु हुने उपभोक्ता समितिका अध्यक्ष गोकुल श्रेष्ठले जानकारी दिनु भयो । सडकको निर्माण सम्पन्न गर्नु पर्ने अन्तिम म्याद आगामी…

एजेन्सी ।। दक्षिण कोरियामा विमान दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । विमान दुर्घटना स्थानीय समयअनुसार ९ बजेर ७ मिनेटमा भएको हो। बैंककबाट आउँदै गरेको जेजु एयरको विमान मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर बारमा ठोक्किएको थियो। विमानमा १७५ यात्रु र ६ चालक दलका सदस्य रहेका थिए। विमानमा सवार १८१ जनामध्ये २८ जनाको ज्यान गएको हो। योनहाप न्युज एजेन्सीले मुआन एयरपोर्टमा अवतरण गर्ने क्रममा विमानको ल्यान्डिङ गियर खराब भएको जनाएको छ । त्यसपछि विमान विमानस्थलको बारमा ठोक्किएर दुर्घटना भएको थियो।

बिर्तामोड । प्रेस सेन्टर नेपालको १० औं झापा जिल्ला अधिवेशनले पुष्प खड्काको अध्यक्षता ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा होमप्रकाश अधिकारी र सन्तोष शर्मा, सचिवमा प्रकाश उप्रेती, सहसचिवद्वयमा लेखनाथ चापागाईं र राजन साम्पाङ्ग तथा कोषाध्यक्षमा मनोज तिवारीको नाम सर्वसम्मत चयन गरेको हो । त्यसैगरी टिकाराम बाँस्तोला, भोला तिम्सिना र पर्वत तामाङ सदस्यमा चयन गरिएको छ। समिति पछि २ सदस्यीय थप गर्ने गरी ११ सदस्यीय समिति चयन गरेको हो। अधिवेशनले डण्डिराज घिमिरे र झुलन रेग्मीलाई केन्द्रीय प्रतिनिधिमा पठाउने निर्णय गरेको छ । कार्यक्रममा पत्रकार राजन साम्पाङ प्रेस सेन्टर नेपालमा प्रवेश गरेको छन् । साम्पाङलाई प्रमुख…

पाँचथर पुस १० ।। पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं ४ चिलिङदिन बरडाँडामा उधौलीपर्व चासोक तङनामको अवसरमा आयोजित खुल्ला भलिबल प्रतियोगिताको उपाधि आयोजकले जितेको छ पूर्वका चर्चित ९ वटा भलिबल टिमहरू सहभागी भएको खेलमा फाइनल प्रतिस्पर्धी पूर्व क्षेत्रीय प्रहरी टिम रानी विराटनगरलाई अन्तिम सेटमा पछि पार्दै आयोजकले उपाधि जितेको हो। उपाधिसँगै आयोजकले नगद ५५ हजार ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता पुलिस टिमले नगद ३५ हजार ट्रफी मेडल र प्रमाणपत्रमा चित्त बुझायो अत्यन्तै रोचक बनेको फाइनल खेलमा दुवै टोलीले दुईदुई सेट जितेपछि अन्तिम सेटमा पुलिसलाई १५-१३ ले पछि पार्दै आयोजक च्याम्पियन भएको हो। सेमिफाइनलमा अर्को बलियो टोली pyc…