Sacho Khabar

समाचार

चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा

चर्च ब्वाइज युनाइटेड झापा कपको सेमिफाइनलमा

बिर्तामोड, पुस ३ । डोमालाल रंगशालामा गत वर्ष भएको झापा गोल्डकप विजेता चर्च ब्वाइज युनाइटेड झापा कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । चर्च ब्वाइजले रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्टस क्लबलाई ३–० गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको हो । चर्च ब्वाइजका लागि दिपेश गुरुङ, विदेशी खेलाडी आर्मन्ड र डिकाले गोल गरे । खेलको २९ औँ मिनेटमा चर्च ब्वाइजले अग्रता लियो । गोर्खा ब्वाइजका डिफेन्डरले क्लियर गरेको गोललाई दिपेश गुरुङले गोल गर्न सफल भए । गोलरक्षक अगाडि बढेको समयमा २५ यार्डबाट गुरुङले गरेको प्रहार गोलमा परिणत भएको थियो । ४० औँ मिनेटमा चर्च ब्वाइजले अग्रता दोब्बर बनायो । समिर तामाङको…
Read More
राष्ट्रिय जागृति क्लब झापा कपको सेमिफाइनलमा

राष्ट्रिय जागृति क्लब झापा कपको सेमिफाइनलमा

बिर्तामोड, पुस २ । गोलरक्षक निरज चौधरी नायक बन्दा इटहरीको राष्ट्रिय जागृति क्लब झापाको बिर्तामोडमा जारी झापा कपको सेमिफाइनलमा प्रवेश गरेको छ । टाइब्रेकरमा भारतको जिटिए दार्जिलिङलाई ४–२ गोल अन्तरले हराउँदै जागृति अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा जागृतिका प्रवेश दनुवार, सविन घिमिरे, योगेन्द्र कार्की र विदेशी खेलाडी नाम्दी इबोसीले गोल गरे भने निशान लिम्बूको प्रहार बारमा लागेर फर्कियो । जिटिएका आशिष देवान र प्रितम राईको मात्र गोल हुन सफल भएको थियो । अंगद थापा मगर र भाइचुङ राईको प्रहार गोलरक्षक निरज चौधरीले बचाउ गरे । यसअघि खेलको १७ औँ मिनेटमा जागृतिका लागि प्रवेश बस्नेतले गोल गर्दै टिमलाई अग्रता…
Read More
इलामको  मामाङ्सेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु

इलामको  मामाङ्सेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु

  इलामको  मामाङ्सेबुङमा ट्रकमा च्यापिएर चालकको मृत्यु भएको छ । इलामको माङ्सेबुङ गाउँपालिका ३ सल्लेरीमा भएको घटनामा ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका ७ भारापा बस्ने ३८ वर्षीय कुमार तामाङको मृत्यु भएको हो । काठ बोकेको ना ३ ख ६०३७ नम्बरको ट्रक रवि–दमक सडकखण्डमा बिग्रिएपछि चालक तामाङले मर्मत गर्दै थिए । ‘चक्काको नटबोल्ट भाँचिएपछि जग उठाएर मर्मत गर्दै थिए । त्यही बेला जग भासिएर उनी च्यापिए’ जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईले भने । उनको आज बिहान ५ बजे मृत्यु भएको डिएसपी राईले जानकारी दिए ।
Read More
बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर सञ्चालन हुने

बिर्तामोडमा अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर सञ्चालन हुने

  बिर्तामोड, २ पुस : बिर्तामोडमा पुस ५ गतेदेखि अपाङ्गता भएका व्यक्तिहरुको लागि शिविर आयोजना हुने भएको छ । करुणा फाउण्डेसनसंगको सहकार्यमा सञ्चालित अपाङ्ग‌ता रोकथाम तथा पुन: स्वापना कार्यक्रम अन्तर्गत नगरका सबै वडामा अपाङ्‌ग‌ता भएका व्यक्तिहरुको पहिचान तथा स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको हो । नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिविर सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । सामाजिक कार्यमा जोड दिँदै उहाँले जनप्रतिनिधि, कर्मचारी, टोलविकास संस्था लगायत सामाजिक संघ संस्थाले शिविरमा सहयोग पुर्याउन आग्रह गर्नु भयो । नगर उपप्र‌मुख नगेन्द्र प्रसाद संग्रौलाले अपाङ्गता भएका व्यक्तिहरुको लगत संकलन अझै प्रभावकारी ढंगले अगाढि बढाउनु पर्ने बताउनु भयो…
Read More
आर्मीलाई पराजित गर्दै शहलेश युवा क्लब झापा कपको सेमिफाइनलमा।

आर्मीलाई पराजित गर्दै शहलेश युवा क्लब झापा कपको सेमिफाइनलमा।

बिर्तामोड, पुस १ । उपाधिको दाबेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित प्रथम झापा कपको क्वार्टर फाइनल खेलबाटै बाहिरिएको छ । सिरहाको सलहेश युवा क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै आर्मी खेलबाट बाहिरिएको हो । झापामा हुने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको सलहेशले आर्मीलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सलहेशको जितमा अभि लामा र आदित्य शाक्यले गोल गरे । खेलको १८ औँ मिनेटमा अभि लामाले गोल गर्दै सलहेशलाई १–० को स्थितिमा पु¥याए । मैदानको मध्यभागबाट लामाले गरेको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गर्न सकेनन् । कुथु लडेको अवस्थामा मैदानमा ड्रप भएर बलले जाली चुमेको थियो…
Read More
झापा कपको सेमिफाइनल प्रवेशकालागि आज आर्मी र सहलेश खेल्दै

झापा कपको सेमिफाइनल प्रवेशकालागि आज आर्मी र सहलेश खेल्दै

बिर्तामोड, पुस १ । प्रथम झापा कप २०८१ को पहिलो क्वार्टर फाइनल खेल आज त्रिभुवन आर्मी फुटबल क्लब र सलहेश युवा क्लब सिरहाबीच हुँदैछ । मधेशको चर्चित टिम सलहेशले पूर्वी नेपालका प्रतियोगितामा बलियो खेल प्रदर्शन गर्दै आएको छ । बैशाखमा भएको भोजपुर गोल्डकपमा सेमिफाइनल पुगेको क्लबले चर्च ब्वाइजसँग हार व्यहोर्नु परेको थियो । त्यस्तै, बैशाखमै भएको भीमनारायण गोल्डकपमा पहिलो चरणमै रोकिएको सहलेश भदौमा भएको ताप्लेजुङ गोल्डकपको उपविजेता बनेको थियो । आर्मीले यो सिजन खराब प्रदर्शन गर्दै आएको छ । बैशाखमा भएको भीमनारायण गोल्डकपको पहिलो चरणबाटै बाहिरिएको आर्मी भोजपुर गोल्डकपमा उपविजेतामा सीमित रहेको थियो । त्यस्तै, ताप्लेजुङ गोल्डकपमा क्वार्टर फाइनलमै रोकिएको…
Read More
बिर्तामोड ९ मा खुल्यो आधारभूत स्वास्थ्य केन्द्र

बिर्तामोड ९ मा खुल्यो आधारभूत स्वास्थ्य केन्द्र

  बिर्तामोड, ३० मंसिर : बिर्तामोड नगरपालिका वडा नम्बर ९ स्थित नमुना टोलमा नव निर्मित आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरीएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईले रिवन काटेर भवनको उद्धाटन गर्नु भयो । स्थानीय तोमप्रसाद पाठक र तुलसा पाठकले दान दिनु भएको २ कट्ठा ५ धुर जग्गामा निर्माण गरीएको आधारभुत स्वास्थ्य केन्द्रको उद्घाटन गरीएको हो । कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले यस स्वास्थ्य केन्द्रको लागि जग्गा दिएर पाठक परिवारले पुण्यको काम गरेको बताउनु भयो । सरल र सहज तरीकाले सेवा दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै नगरप्रमुख प्रसाईले स्वास्थ्य संस्थाको संरक्षणमा ध्यान दिन सबैलाई आग्रह गर्नु भयो ।…
Read More
शरीरमा पेट्रोल खन्याएर  आगो लगाई आत्मदाह,सरी बुढा लेखेको सुसाइड नोट फेला

शरीरमा पेट्रोल खन्याएर  आगो लगाई आत्मदाह,सरी बुढा लेखेको सुसाइड नोट फेला

  काठमाडौं ।  कागेश्वरी मनोहरा नगरपालिका–८ मा ३२ वर्षीया कमला आचार्यले  शरीरमा पेट्रोल खन्याएर  आगो लगाई आत्मदा (more…)
Read More
झापा कप फुटबल : आयोजक झापा ११लाई हराउँदै राष्ट्रिय जागृति क्लब क्वार्टर फाइनल प्रवेश

झापा कप फुटबल : आयोजक झापा ११लाई हराउँदै राष्ट्रिय जागृति क्लब क्वार्टर फाइनल प्रवेश

बिर्तामोड, मंसिर ३० ।। फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा–११ एफसी झापाको बिर्तामोडमा जारी झापा कपको पहिलो चरणबाटै बाहिरिएको छ । स्टार खेलाडीले भरिएको झापा–११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन । डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको छ । क्वार्टर फाइनलमा जागृतिले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको छ । राष्ट्रिय टिमका नियमित खेलाडी उत्सव राई, आयुष घलान, प्रशान्त लक्सम, डिफेन्डर देवेन्द्र तामाङसहित मैदानमा उत्रिएको झापाले खेलमा फितलो प्रदर्शन गरेको थियो । जागृतिको जितमा मिलन लाई नायक बने । उनले…
Read More
राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको  खोप थप

राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप थप

  काठमाडौं ।।  राष्ट्रिय खोप तालिकामा पाठेघर क्यान्सरविरुद्धको खोप ‘एचपिभी खोप’ समावेश गरिएको छ । एचपिभी खोपले पाठेघरको क्यान्सर रोगबाट बचाउन सहयोग गर्छ । पाठेघरको मुखको क्यान्सरको प्रमुख कारण एचपिभी अर्थात् ‘ह्युमन प्यापिलोमा भाइरस’लाई मानिन्छ । सरकारले जापनिज इन्सेफ्लाइटिस, दादुरा र रुबेला, टाइफाइड, निमोनिया, पोलियो, भ्यागुते रोग, लहरे खोकी, धनुष्टङ्कार, हेपटाइटिस्–बी, हेमोफिलस इन्फ्लुएञ्जा बी, क्षयरोग गरी ११ वटा रोगविरुद्धको खोप निःशुल्क दिँदै आएकामा पाठेघरको मुखको क्यान्सरको खोप पनि थपिएको हो । एघार वटा रोगविरुद्धका खोपहरु शिशु जन्मेको १५ महिनाभित्र पूरा गरिसक्नुपर्छ भने थपिएको एचपिभी खोप कक्षा ६ मा अध्ययनरत छात्रा र विद्यालय नजाने १० वर्षकी किशोरीलाई लगाइनेछ । राष्ट्रिय खोप…
Read More