बिर्तामोड, २ फागुन : झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका फाइनलमा प्रवेश गरेको छ। स्थानीय डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४-३ गोलले पराजित गर्दै कन्काई फाइनल पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २-२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो । कन्काइका लागि एलेक्स चौधरी, वर्षा मगर, शुशिला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको…

बिर्तामोड, १ फागुन : साँघुरो जित निकाल्दै भद्रपुर नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटर फाइनल खेलमा शिवसताक्षी नगरपालिकालाई १-० गोलको अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । स्थानीय डोमलाल राजवंशी रंगशालामा भएको खेलमा भद्रपुरको जितका लागि सुजता पालुङवाले गरेको गोल नै निर्णायक गोल बन्यो । उनले पहिलो हाफको २०औँ मिनेटमा गोल गरेकी थिइन् । खेलको प्लेयर अफ दी म्याच भद्रपुरकी सुजता पालुङवा घोषित हुँदै नगद ५ हजार पाउन सफल भइन् । यस संगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । पहिलो सेमिफाइनल खेल…

रोङ माघ २६ ।। इलामको रोङ गाउँपालिका वडा नं ६ जिर्मलेमा दोस्रो जिर्मले फुटबल लिग २०८१ आजबाट सुरु भएको छ । आज भएको उद्घाटन खेलमा खर्कगाउँ एफसीले पहिलो संस्करणको विजेता लामिटार एफसीलाई ३–२ गोल अन्तरले पाराजित गर्दै ३ अंक जोड्न सफल भएको छ । जिर्मले फुटबल लिग संचालक समितिका अध्यक्ष भुवन तामाङको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथिको रुपमा रोङ गाउँपालिकाका अध्यक्ष मणी कुमार तामाङ सुवास रहेका थिए । त्यस्तै पालिका उपाध्यक्ष विष्णुमाया खवास लगायत विभिन्न वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, स्थानीय समाजसेवी, खेलप्रेमीको आतिथ्यमा सम्पन्न कार्यक्रममा उपस्थित सम्पूर्णलाई वडा नम्बर ६ का वडाध्यक्ष सत्यम् राई चौरासेले शाब्दिक स्वागत गरेका थिए…

बिर्तामोड माघ २६ दोस्रो जिर्मले फुटबल लिग २०८१ आज शनिबारबाट शुरु हुदै छ । लिगको उद्घाटन खेल आज लामिटारको खेल मैदानमा दिनको ३ बजे डिफेन्डिङ च्याम्पियन लामिटार फुटबल क्लब र खर्क गाँउ बिच प्रतिस्पर्धा हुनेछ । स्थानिय स्तरमा लिगको अभ्यास गराउने, खेलाडि उत्पादन गर्ने, पर्यटन व्यावसायलाई प्रवर्धन गर्दै युवाहरुमा आपसि भाईचाराको सम्बन्ध कायम गर्ने उदेश्यले जिर्मले फुटबल लिग आयोजना गरेको वडाध्यक्ष सत्यम राईले जानकारी गराए । वडाध्यक्ष राईका अनुसार लिगमा वडाका १० वटा टिमको सहभागिता रहने छ भने खेल होम एण्ड अवेको आधारमा खेलाईने छ । लिगमा लामिटार एफसी, खर्क गाँउ एफसी, रेन्बो एफसी, जौबारी एफसी, जिर्मले एफसी, किरात फ्रेन्ड्स…

शान्तिनगर , माघ २५ । बुद्धशान्ति वडा नम्बर २ झापाको बुद्धशान्तिमा आज देखि सुरु दोस्रो बुद्धशान्ति गाउँपालिका वडास्तरिय नकआउट भलिवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा बुद्धशान्ति १ लाई २/१ को सेटमा पराजित गर्दै बाई पाएर सोझै सेमिफानल खेलेको वडा नम्बर २ ले फाइनलमा स्थान बनाएको हो । पहिलो सेट १४/२५ ले गुमाउनु पुगेको वडा नम्बर २ ले दोस्रो २५/१९ ले र निर्णायक सेट १५/११ ले जित्न पुग्यो । अब उस्ले भोलि शनिबार हुने दोस्रो सेमिफाइनल वडा नम्बर ३ र ४ को बिजेता सङ्ग फाइनल खेल खेल्नेछ । साथै आज भएको उद्घाटन खेलमा वडा नम्बर…

बिर्तामोड, माघ २४ । झापाको बुद्धशान्तिस्थित जयपुरमा जारी आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगितामा काठमाडौँको प्लानिङ ब्वाइजले शानदार जित दर्ता गरेको छ । आज भएको अन्तिम क्वार्टर फाइनल खेलमा भारत दार्जिलिङको मानेभञ्ज्याङ एफसीमाथि शानदार जित निकाल्दै प्लानिङ ब्वाइज सेमिफाइनलमा प्रवेश गरेको हो । मानेभञ्ज्याङलाई ४–० को गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज अन्तिम चारमा पक्का भएको हो । प्लानिङ ब्वाइजका लागि खेलको पहिलो मिनेटमा राजेश शाहले गोल गरे । त्यस्तै, १७ औँ मिनेटमा प्रताप राई, ५४ औँ मिनेटमा सरोज कार्की र ६५ औँ मिनेटमा अर्जुन राना मगरले गोल गरे । खेल अवधिभर प्लानिङ ब्वाइजले मानेभञ्ज्याङलाई दबाबमा राखेको थियो…

भद्रपुर माघ २३ ।। दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप २०८१ र सौर्य एअरलाइन्स तथा भद्रपुरको ओम साई पाथिभरा हस्पिटलबीच मुख्य प्रायोजक (टाइटल स्पोन्सर) का रुपमा सम्झौतामा हस्ताक्षर भएको छ । हस्ताक्षरसँगै अब ‘सौर्य एअरलाइन्स तथा ओम साई पाथिभरा हस्पिटल भद्रपुर झापा गोल्डकप’ को रुपमा प्रतियोगिता सञ्चालन हुनेछ । यो संस्करण गोल्डकप कार्यसमितिका पूर्वसदस्य तथा पूर्वराष्ट्रिय खेलाडी गम्भीर राईको सम्मानस्वरुप ‘गम्भीर राई स्मृति संस्करण’ का रुपमा सञ्चालन हुनेछ । आज भद्रपुरस्थित होटल एअरपोर्टको सभाहलमा भएको सम्झौतापत्रमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र सौर्य एअर तथा ओम साई पाथिभरा हस्पिटलका तर्फबाट अध्यक्ष दिपक पोखरेलले हस्ताक्षर गरे ।…

बिर्तामाेड नगर खेलकुद बिकास समितिकाे आयाेजनामा अन्तरपालिका महिला फुटबल प्रतियाेगिता आयाेजना हुने भएकाे छ । आगामी माघ २६ गतेदेखि बिर्तामोड स्थित डाेमालाल राजबंशी रंगशालामा प्रतियोगिता सञ्चालन हुने छ। समितिले आइतबार बिर्तामाेडमा पत्रकार सम्मेलन आयाेजना गरेर प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । प्रतियाेगितामा आयाेजक बिर्तामाेड, मेचीनगर, अर्जुनधारा, भद्रपुर, कन्काई, शिबसताक्षी, दमक नगरपालिका तथा कमल, झापा र बुद्वशान्ति गाउँपालिकाका खेलाडीकाे सहभागिता रहने जनाइएकाे छ । प्रतियाेगिताकाे बिजेताले उपाधिसहित ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैंयाँ नगद, मेडल ट्रफी र प्रमाणपत्र पाउने छ । प्रत्येक खेलकाे प्लेयर अफ द म्याचले नगद ५ हजार र प्रतियाेगिताकाे सर्वाेत्कृष्ठ खेलाडीले १५…

बुद्धशान्ति , माघ १९ । भद्रपुरलाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोडले उचालेको छ । उपाधी उचाले सङ्गै बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाएको छ भने उपविजेतामा सिमित भद्रपुरले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको बर्खा प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईले बताए । टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले मध्यम १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भद्रपुरको आगि सर्बाधिक सुमन भट्टराईले २८ रनको योगदान गरे भने अन्य ब्याटसमेनले साथ दिन सकेनन् । जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा…

बुद्धशान्ति , माघ १७ । बुद्धशान्तिमा जारी दोस्रो बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगिताको उपाधिको लागि बिर्तामोड र भद्रपुर नगरपालिका भिडने भएका छन् । आज भएको सेमिफाइनलमा गौरादहलाई पहिलो संस्करणको बिजेता बिर्तामोड र मेचिनगरलाई पराजित गर्दै भद्रपुरले उपाधिका लागि भिडन्त तय गरेका हुन् । आज भएको पहिलो सेमिफाइनलमा खेलमा टस जितेर पहिले ब्याटिङको गरेको गौरादह नगरपालिकाले बिर्तामोडलाई १८० रनको लक्ष्य प्रस्तुत गरेको थियो । गौरादहका लागि सुरज न्यौपानेले १०९ रनको सतकिय पारी खेलेका थिए भने याम तिम्सिनाले २८ रन बनाएका थिए। १८० रनको बिशाल लक्ष्य पछ्याउने क्रममा बिर्तामोड नगरपालिकाले १६.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य सजिलै प्राप्त गर्यो।…