झापा कार्तिक १० ।।मोरङको बेलबारीमा आयोजित सातौं संस्करणको आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनल खेलमा सहलेस फुटबल क्लब सिरहालाई टाइब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । उपाधिसँगै झापा ११ ले ८ लाख नगद, अढाई किलो चाँदीमा दुई तोला सुन जडित ट्रफी जितेको छ । उपविजेता सहलेस फुटबल क्लब सिरहाले चार लाखसहित ट्रफीमा चित्त बुझाएको छ । निर्धारित समय १–१ गोलको बराबरी भएपछि भएको ट्राइब्रेकरमा झापा ११ ले बाजी मारेको हो । झापाका लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र…

बिर्तामोड कार्तिक १० ।। पहिलो संस्करणमै राम्रो ख्याति कमाउन सफल भद्रपुर झापा गोल्डकपको दोस्रो संस्करण आउँदो फागुन ७ गतेदेखि सञ्चालन हुने भएको छ । मोफसलको चर्चित फुटबल प्रतियोगितालाई फागुन ७ गतेदेखि १६ गतेसम्म आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले स्वीकृत दिएको हो । आयोजक भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगितामा नेपालका ए डिभिजन क्लबसहित भारत, भुटान, बंगलादेशका टिमको सहभागिता रहनेछ । २०७९ मा पहिलो संस्करणमा निकै ठुलो चर्चा र प्रशंसा बटुलेको भद्रपुर झापा गोल्डकपले दोस्रो संस्करण अझ भव्य र थप परिस्कृत हुनेगरी तयारी गरिने अध्यक्ष ढकालले बताए । झापाको सरकारी स्वामित्वमा रहेको सुविधायुक्त मेची रंगशालामा…

बिर्तामोड कार्तिक ८ ।। साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्धको खेलमा ६ - ० गोल अन्तरले विजयी हुँदै नेपाल समूह विजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको छ दशरथ रङ्गशालामा आजसाँझ भएको खेलमा श्रीलंकामाथि प्रभावशाली जित निकाल्दै नेपाल सातौंपल्ट साफ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ। पहिलो हाफमा ४-० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा थप दुई गोल गर्यो । नेपाललाई अघिल्लो चरणमा पुर्याउन रेखा पौडेलले दुई गोल गरिन्। यस्तै, सविता रानामगर, सावित्रा भण्डारी, अमिषा कार्की र रश्मि घिसिङले समान एक गोल गरे । योसँगै नेपाल सात अंकसहित समूह ‘बी’ को विजेता बनेको छ। समान अंक रहेपनि गोलअन्तरको आधारमा भुटान उपविजेता बन्यो। भुटानसँग गोलरहित बराबरी…

इट्टाभट्टा कार्तिक ७।। झापाको मेचीनगर ८ स्थित शान्ति वन बाटिकामा जारी प्रथम इँटाभट्टा जिल्ला स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेशका लागि आज आयोजक र शनिश्चरे फुटबल क्लब आमनेसामने हुँदैछन् । प्रतियोगिताको अन्तिम सेमिफाइनल खेल अन्तर्गत आज दिउँसो यी दुई टिम भिड्न लागेका हुन् । आजको खेल जिते मात्रै पनि ५१ हजार १११ रूपैयाँ सुरक्षित हुने हुँदा दुवै टिमले गर या मरको अवस्थामा खेल्ने छन् । प्रतियोगितामा आयोजक घरेलु मैदान र दर्शकको दर्बिलो साथमा उच्च मनोबल लिएर मैदान प्रवेश गर्दा यता शनिश्चरे पनि आफुलाई उपाधि दाबेदार साबित गर्न तल्लिन देखिन्छ । आयोजक तथा दर्शकहरूले आजको खेललाई प्रतियोगिताकै महत्त्वपूर्ण खेलको रूपमा हेरेको…

काठमाडौं ।। साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूहको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको छ । दशरथ रंगशालामा सोमबार सम्पन्न खेलमा माल्दिभ्समाथि ११-० को फराकिलो जितका साथ नेपाल अंक तालिकाको शीर्षस्थानमा पनि उक्लिएको छ । पहिलो हाफमा ४ गोल गरेको नेपालले दोस्रो हाफमा ७ गोल थपेको थियो । नेपालको जितमा रेखा पौडेलले ५ गोल र प्रिती राईले ह्याट्रिक पूरा गर्दा सविता राना मगर, अमिशा कार्की र अनिता केसीले १-१ गोल गरे । नेपालको २ खेलमा ४ अंक छ । भुटानको समान ४ अंक भएपनि गोल अन्तरमा नेपाल अघि छ । श्रीलंकाको ३ अंक हुँदा माल्दिभ्सले खाता खोलेको…

मेचीनगर, कात्तिक ४ । पाहुना टोली मानेभञ्ज्याङ एफसी झापाको धुलाबारीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण आठौँ रोलिङ च्यालेन्ज कपको सेमिफाइनल प्रवेश गरेको छ । आज धुलाबारी माविको खेलमैदानमा भएको दोस्रो क्वार्टर फाइनल खेलमा राष्ट्रिय जागृति क्लब इटहरीमाथि कठिन जित निकाल्दै दार्जिलिङको मानेभञ्ज्याङ अन्तिम चारमा प्रवेश गरेको हो । भारतीय टोली मानेभञ्ज्याङले राष्ट्रिय जागृतिलाई १–० गोल अन्तरले हराएको हो । खेलको २१ औँ मिनेटमा राष्ट्रिय जागृतिका कप्तान मनिन्द्र याख्खाले मानेभञ्ज्याङका खेलाडीलाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा २२ औँ मिनेटमा मानेभञ्ज्याङका कप्तान सोनाम जाङपो भुटियाले गोल गरे । अत्यन्त प्रतिस्पर्धात्मक तथा आक्रमक खेलमा मानेभञ्ज्याङले जित निकाल्न सफल भयो । उसका वीरेन प्रधानलाई दोहोरो पहेँलो…

एजेन्सी ।। सुपर ओभरमा अमेरिकालाई हराउँदै दोस्रो ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल नेपालले जितेको छ । यससँगै नेपाल तीन खेलको सिरिजमा २–० ले अगाडि रह्यो र त्यसलाई आफ्नो नाममा लेखाउन सफल रह्यो । हारको संघारमा रहेर नेपाल यो खेलमा विजयी रहेको हो । अब सोमबार हुने अन्तिम खेल औपचारिक मात्र हुनेछ । डलासमा भएको खेलमा नेपालको जितका नायक सोमपाल कामी रहे । उनले सुपर ओभरमा दुई रन मात्र दिएर दुई विकेट लिए । उनले चार बलमा दुई विकेट लिए । अन्तिम दुई बलमा लगातार विकेट हात परेको थियो । त्यसमा सयन जहाँगीर र एरोन जोन्स चार बल मात्रै टिके । त्यसपछि…

मेचीनगर कात्तिक ३ ।। आयोजक रोलिङ क्लबले धुलाबारीमा आजबाट सुरु भएको आठौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकप २०८१ मा उत्कृष्ट सुरुवात गरेको छ । उद्घाटन खेलमा आज रोलिङ क्लबले सशस्त्र प्रहरी बल (एपिएफ) पकली सुनसरीलाई ५–२ गोल अन्तरले हराउँदै अघिल्लो चरणको यात्रा तय गरेको हो। जितसँगै रोलिङ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको नवौँ मिनेटमा रोलिङका उत्सव राईले गोल गर्दै अग्रता दिलाए । त्यस्तै, खेलको २५ औँ मिनेटमा रोलिङका आशिष चापागाईंले दोस्रो गोल गरेका थिए । खेलको ४० औँ मिनेटमा रोलिङका कप्तान निरज कार्कीले अर्को एक गोल गरे । खेलको ५८ औँ मिनेटमा उत्सव राईले व्यक्तिगत दुई तथा…

काठमाडौं ।। साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको पहिलो खेलमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकिएको छ । साफ च्याम्पियनसिपकै इतिहासमा नेपालको यो भुटानसँग पहिलो बराबरी हो । दशरथ रंगशालामा नेपालले अधिकांश समय बल नियन्त्रणमा राख्दै आक्रमण बुनेपनि गोल गर्न भने सकेन । भुटानी गोलरक्षक संगीता मोंगर व्यस्त रहेको हाफमा भुटानी डिफेन्सले पनि नेपाली आक्रमण निरन्तर रोकेको थियो । दोस्रो हाफमा नेपालले आक्रामक परिवर्तन गरेपनि गोल निकाल्न सकेन । साफमा नेपाल र भुटानको पाँचौ भेटमा पहिलो पटक नेपालले गोल गर्न सकेन । नेपालले साफ च्याम्पियनसिपको समूह चरणको खेलमा गोल नै गर्न नसकेको पनि यो पहिलो अवसर हो । यसअघि साफको…

दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनमा अमेरिकाविरुद्धको पहिलो टि ट्वान्टीमा नेपालले जित हासिल गरेको छ । डालसस्थित ग्रान्ड प्रेरीमा भएको पहिलो टि ट्वान्टी आई खेलमा नेपालले अमेरिकामाथि १७ रनको जित हात पार्यो । यो जितसँगै नेपालले अमेरिकाविरुद्धको ३ खेलको टि ट्वान्टी आई सिरिजमा १-० को अग्रता बनाएको छ । दीपेन्द्रले ब्याटिङतर्फ १७ बलमा २८, बलिङमा ३ विकेट तथा १ रन आउट गराएका थिए । भ्रमणकारी टोलीले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४७ रन मात्र जोड्न सक्यो । घरेलु टोलीका लागि शायन जाहन्गिरले ३४ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले…