झापा कार्तिक ३० ।। इलामको माई नगरपालिका –२ चेप्टीमा रहेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ । सरकारी र सामुुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको हो। वन डिभिजन कार्यालय इलामले सो फनपार्क अदातलको आदेशपछि निर्माणकर्ता आफैंले बन्द गरेको कागज बुुझाएको जनाएको छ । कार्यालयले आज आयोजना गरेको एक पत्रकार सम्मेलनमा फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले फनपार्क बन्द गरिएको हस्ताक्षरसहितको पत्र कार्यालयलाई बुुझाएको कार्यालय प्रमुख दानबहादुर श्रेष्ठले बताए । एकसय ३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सरस्वती सामुदायिक वनको जग्गा अतिक्रमण गरी कूूल दुुईसय १८ रोपनी जग्गामा हेप्पी ड्रिम्प्स…

बिर्तामोड । झापाको बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव-२०८१ आयोजना गरिने भएको छ । बिर्तामोड स्थित सिटीसेन्टर उत्तर धर्मकाटा रोडमा रहेको खाली मैदानमा महोत्सव आयोजना गरिने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश र नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, कला, संस्कृतिको प्रदर्शनी गरिने बताए । महोत्सव स्थललाई तामाङ समुदायको भेषभुषा लगायतका सामग्रीबाट सजाइने समेत उनले…

अर्जुनधारा । सनम भुजेलको ४ गोलको मदतमा मेचीनगर नगपालिका चौंथो खुदुनाबारी गोल्डकप २०८१को सेमीफइनलमा प्रवेश गरेको छ । इलामको माई नगरपालिका विरुद्ध ८–१ गोल अन्तरको फराकिलो जित निकाल्दै मेचीनगर अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा भएको खेलमा सनम भुजेलले २५ औं, ४० औं र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रीक पुरा गरे । खेलको दोस्रो हाफको अतिरित्त समयमा भुजेलले थप एक गोल गरे । मेचीनगरकालागि कप्तान खमिर गिल्सन कन्दङवाले २३ औं र ४५ औं मिनेटमा २ गोल गरे । अरुण मेचेले ५१ औं मिनेटमा एक गोल र दोस्रो…

बिर्तामोड ।। झापाको बिर्तामोड–१ स्थित बाल्मीकि स्कुलबाट हराएको मोटरसाइकलसहित चोरी गर्ने व्यक्ति इलाममा पक्राउ परेका छन् । मंगलवार बिहान अन्दाजी २०:३० बजे बाल्मीकि स्कुल अगाडिबाट मे ६ प २८६७ नं २२० सीसीको पल्सर मोटरसाइकल चोरी भएको थियो । बाल्मीकिमा स्नातक पढ्दै गरेका बिर्तामोड ५ का सविन शेर्माले स्कुल अगाडि राखेको सो मोटरसाइकल हराएको थियो । हराउनेबित्तिकै त्यसबारे इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए । मोटरसाइकल खोजी गर्नेक्रममा हिजो साँझ ५:३० बजे महमाई प्रहरी चौकीले सो मोटरसाइकलसहित इलाम माई नगरपालिका ६ बस्ने २४ वर्षीय मनिश गिरीलाई पक्राउ गरेको हो । गिरीलाई मोटरसाइकलसहित राति नै इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याइएको…

झापा ।। नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको छ । नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको हो । यूएईमा बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकप खेल्नका लागि छनोट भएको हो । छनोट सगै आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकप खेल्ने सुनिश्चित गरेको हो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।नोटः यूएईलाई हराउँदै नेपाली महिला टोली विश्वकपमा काठमाडौं । नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । यससँगै नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट…

अर्जुनधारा ।। शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेल निर्धारीत समय गोलरहित बराबरीमा सकिएपछि नतिजाकालागि टाइब्रेकरमा धकेलीएको थियो । शिवसताक्षी सडनडेथमा भाग्यमानी सावित भयो । टाईब्रेकरमा शिवसताक्षीका बिशाल थिङ, मिराक लिङदेन, संजोक मगर र प्रलाद चापागाईले गोल गरे । टेकेन राना मगरको प्रहार कनकाईका गोलरक्षक विवेक वाग्लेले बचाउ गरे । सडनडेथमा शिवसताक्षीका रुद्ध क्षेत्री, निकेश श्रेष्ठ, अनिश थापा, सन्दिप लिम्बू र अविशेक गुरुङले गोल गरे । कनकाईको तर्फबाट टाईब्रेकरमा उमेश मुर्मु, रुचन लिम्बू, गोपाल दाहाल र शाहिल…

अर्जुनधारा ।। भद्रपुर नगरपालिका चौथो खुदुनाबारी गोल्डकप अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी प्रतियोगिताको आज भएको दोस्रो खेलमा आयोजकलाई ६–२ गोल अन्तरले पराजित गर्दै भद्रपुर विजयी बन्यो । भद्रपुरका लागि प्रदिप बुढाथोकीले ह्याट्रीकसहित ४ गोल गरे । उनले पहिलो हाफको ३० औं मिनेटमा पहिलो गाले गरेका थिए । ३५ औं मिनेटमा दोस्रो गोल गरेका बुढाथोकीले दोस्रो हाफको १४ मिनेटमा टिमका लागि पाँचौ र व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रीक पुर गरे । पहिलो हाफको ३८ औं मिनेटमा भद्रपुरका लागि उदेस कामतीले तेस्रो गोल गरेका थिए । दोस्रो…

मोरङको कानेपोखरी–४ स्थित बयरवन बजारमा हाँस हराएको बिषयमा विवाद हुँदा देवरले भाउजूलाई खुकुरी प्रहार गरेका छन् । खुकुरी प्रहार गर्ने देवरलाई प्रहरीले पक्राउ गरेको छ। बर्ष ५५ की शिवमाया श्रेष्ठ(मग्राती) लाई देवर बसन्तले खुकुरी प्रहार गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो।गत शनिबार राती ९ः३० बजे प्रहरीले निजलाई नेपाल टोलबाट पक्राउ गरेको थियो ।शनिबार बजारको दिन साँझ ६ः३० बजे घरमा हाँस हराएको बिषयमा सामान्य विवाद भएको थियो । विवाद बढ्दै गएपछि देवरले धारिलो हतियार खुकुरी प्रहार गरेको थियो । खुकरी प्रहारबाट शिवमायाको दाहिने हातको नाडी र दाहिने पातामा गहिरो चोट लागेको छ । हात छिन्नै लागेको प्रहरीको भनाइ छ । उनलाई…

अर्जुनधारा । सोमबारबाट सुरु भएको चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा आज आयोजकसंग भद्रपुर नगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा हुने खेल दिनको २ बजेबाट सुरुहुने आयोजकले बताएको छ । हिजो भएको उद्घाटन खेलमा अर्जुनधारा नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै बिर्तामोड विजयी बनेको छ। “हाम्रो शान, हाम्रो अभियान, खुदुनाबारी गोल्डकप हाम्रो पहिचान” भन्ने नारासहित सुरुभएको गोल्डकपलाई अर्जुनधारा नगरपालिकाको १, २ र ३ नम्बर वडाले संयुक्त आयोजना गरेको हो । प्रतियोगितामा हरेक टिमले ३ जना नगरपालिकाभन्दा बाहिरका खेलाडीलाई समेत खेलाउन पाउने प्रावधान रहेकाले गोल्डकपमा राष्ट्रिय टिमका खेलाडीहरु समेत मैदान उत्रिएका छन्…