Sacho Khabar

समाचार

दमकमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

दमकमा जङ्गली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

  झापा ।। जंगली हात्तीको आक्रमणबाट आज बिहान एक जनाको मृत्यु भएको छ। दमक नगरपालिका वडा नम्बर–३ दीपज्योति टोलमा जंगलबाट आएको हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षीय मीनबहादुर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा छिमेकीले धपाउन खोज्दा हात्तीले उनलाई १०० मिटर पर सम्म लखेटेर आक्रमण गरेको प्रहरीले जनाएको छ।
Read More
ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  बिर्तामोड मंसिर ०२ । झापाको बिर्तामोडमा ट्रकको ठक्करबाट स्कुटर चालक महिलाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तरगत बिर्तामोड नगरपालिका–२ रामचौकमा चारपानेबाट मुक्तिचौकतर्फ जाँदै गरेको ना ३ ख ४३६४ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे १० प ६०१७ नम्बरको स्कुटरलाई शनिबार साँझ ६ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी स्कुटर चालक शिवसताक्षी नगरपालिका ७ की २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै हातखुट्टा, अनुहारमा चोट लागेर घाइते भई बिर्ता सिटी अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल लगिएकोमा राति ८ः१५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरी कार्यालय झापाले जनाएको छ। स्कुटरको पछाडि…
Read More
छिमेकीको रड प्रहारबाट एकजनाको मृत्यु

छिमेकीको रड प्रहारबाट एकजनाको मृत्यु

  बिर्तामोड मंसिर ०२।। झापाको   बाह्रदशी ५ फुलबारीमा शनिवार साँझ पुरानो रिसिवीका कारण विवादमा  रड प्रहार  हुँदा एकको मृत्यु भएको छ । बाह्रदशी ५ बस्ने २६ वर्षीय मान कुमार राजवंशीले पुरानो रिसिवीका कारण सोही वडाका ४५ वर्षीय गंगा लाल माझीलाई फलामको रडले टाउकोमा प्रहार गरेका थिए । रड प्रहारबाट घाइते माझीको उपचारको लागि बिर्तामोडस्थित बिएण्डसीमा अस्पताल पु¥याउन साथ चिकित्सकले चेकजाच गर्दा मृत्यु भइसकेको घोषणा गरेका थिए । रड प्रहार गर्ने मान कुमार राजवंशीलाई फलामको रडसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको झापा प्रहरीले जनाएको छ ।
Read More
भद्रपुर नगरपालिका  खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश

भद्रपुर नगरपालिका खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश

  अर्जुनधारा । भद्रपुर नगरपालिका चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनल प्रवेश गरेको छ । आज भएको अन्तिम क्वाटरफाइनलमा दमक नगरपालिकालाई टाईब्रेकरमा ५–३ गोल अन्तरले पराजित गर्दै भद्रपुर नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारीत समयमा २–२ गोलको बराबरीमा खेल सकिएपछि टाईब्रेकरबाट नतिजा निकालीएको हो । बराबरी भएको खेलमा भद्रपुरकालागि ७ औं मिनेटमा बिकास राईले पहिलो र ४४ औं मिनेटमा प्रदीप बुढाथोकीले दोस्रो गोल गरे । दमककालागि संजय धिमालले २० औं मिनेटमा पहिलो र किस्मत लिम्बूले ४२ औं मिनेटमा दोस्रो गोल गरेका थिए । टाईब्रेकरमा भद्रपुरका संजय लिम्बू, उदेश कामती, प्रदिप बुढाथोकी, बिकास राई र रजिन सुब्बाले गोल गरे । दमककालागि गौरब…
Read More
बिर्तामोड चलचित्र तथा पर्यटन महोत्सव आजबाट सुरु, कोशी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्दै

बिर्तामोड चलचित्र तथा पर्यटन महोत्सव आजबाट सुरु, कोशी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्दै

  बिर्तामोड मंसिर १ ।।   बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव–२०८१आजबाट झापाको बिर्तामोडमा सुरु हुँदैछ ।महोत्सव बिर्तामोड ५ स्थित सिटी सेन्टर उत्तर धर्म काटा रोडमा रहेको खाली मैदानमा  आयोजना हुँदै छ। मंसिर १ गतेदेखि १५ गते सम्म सञ्चालन गरिने महोत्सवको  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समिति र नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशको संयुक्त आयोजनामा महोत्सवको आयोजना गरिएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, सांस्कृतिक प्रदर्शनी गरिने बताए । महोत्सवस्थललाई…
Read More
गौरादह नगरपालिकालाई हराउँदै बिर्तामोड नगरपालिका खुदनाबारी गोल्डकपको सेमिफाइनलमा।

गौरादह नगरपालिकालाई हराउँदै बिर्तामोड नगरपालिका खुदनाबारी गोल्डकपको सेमिफाइनलमा।

  अर्जुनधारा । गौरादह नगरपालिकालाई पराजित गर्दै बिर्तामोड नगरपालिका झापाको खुदुनाबारीमा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको प्रतियोगिताको तेस्रो क्वाटरफाइनलमा गौरादह नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै बिर्तामोडले सेमीफाइनल यात्रा तय गरेको हो । बिर्तामोडको जितमा श्याम मुर्मु नायक बने । उनले खेलमा ह्याट्रीक पुरा गरे । मुर्मुले खेलको २१ औं मिनेटमा आशिष चापागाईले प्रहार गरेको फ्रि–किकलाई हेड मार्फत गोल गर्दै टिमलाई सुरुआती अग्रता दिलाएको थिए । उनले पहिलो हाफको अतिरित्त समयमा दोस्रो गोल गरे । खेलको ४७ औं मिनेटमा थप एक गोल गर्दै मुर्मुले ह्याट्रीक पुरा गरे । बिर्तामोडका लागि सनम भुजेल र सुजन…
Read More
इलामको माई नगरपालिकामा  रहेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द !

इलामको माई नगरपालिकामा रहेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द !

  झापा कार्तिक ३० ।। इलामको माई नगरपालिका –२ चेप्टीमा रहेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको छ ।  सरकारी र सामुुदायिक वनको जग्गा अतिक्रमण गरी व्यक्तिले निर्माण गरेको ह्याप्पी ड्रिम्स चेप्टी फनपार्क बन्द भएको हो। वन डिभिजन कार्यालय इलामले सो फनपार्क अदातलको आदेशपछि निर्माणकर्ता आफैंले बन्द गरेको कागज बुुझाएको जनाएको छ । कार्यालयले आज आयोजना गरेको एक पत्रकार सम्मेलनमा फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले फनपार्क बन्द गरिएको हस्ताक्षरसहितको पत्र कार्यालयलाई बुुझाएको कार्यालय प्रमुख दानबहादुर श्रेष्ठले बताए । एकसय ३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सरस्वती सामुदायिक वनको जग्गा अतिक्रमण गरी कूूल दुुईसय १८ रोपनी जग्गामा हेप्पी ड्रिम्प्स…
Read More
बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव हुँदै

बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव हुँदै

  बिर्तामोड । झापाको बिर्तामोडमा मंसिर १ गतेदेखि बिर्तामोड पर्यटन तथा चलचित्र महोत्सव-२०८१ आयोजना गरिने भएको छ । बिर्तामोड स्थित सिटीसेन्टर उत्तर धर्मकाटा रोडमा रहेको खाली मैदानमा महोत्सव आयोजना गरिने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेश र नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिको संयुक्त आयोजनामा महोत्सवको आयोजना गर्न लागिएको हो । नेपाल तामाङ घेदुङ बिर्तामोड नगर समितिका अध्यक्ष विजय तामाङले पर्यटन र चलचित्र क्षेत्रको प्रवर्द्धनका लागि महोत्सवको आयोजना गरिएको जानकारी दिए । उनले महोत्सवमा तामाङ समुदायको भेषभुषा, कला, संस्कृतिको प्रदर्शनी गरिने बताए । महोत्सव स्थललाई तामाङ समुदायको भेषभुषा लगायतका सामग्रीबाट सजाइने समेत उनले…
Read More
माई नगरपालिका इलामलाई फराकिलो गोल अन्तरले हराउँदै मेचीनगर सेमिफाइनलमा

माई नगरपालिका इलामलाई फराकिलो गोल अन्तरले हराउँदै मेचीनगर सेमिफाइनलमा

  अर्जुनधारा । सनम भुजेलको ४ गोलको मदतमा मेचीनगर नगपालिका चौंथो खुदुनाबारी गोल्डकप २०८१को सेमीफइनलमा प्रवेश गरेको छ । इलामको माई नगरपालिका विरुद्ध ८–१ गोल अन्तरको फराकिलो जित निकाल्दै मेचीनगर अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको हो । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा भएको खेलमा सनम भुजेलले २५ औं, ४० औं र ७५ औं मिनेटमा गोल गर्दै ह्याट्रीक पुरा गरे । खेलको दोस्रो हाफको अतिरित्त समयमा भुजेलले थप एक गोल गरे । मेचीनगरकालागि कप्तान खमिर गिल्सन कन्दङवाले २३ औं र ४५ औं मिनेटमा २ गोल गरे । अरुण मेचेले ५१ औं मिनेटमा एक गोल र दोस्रो…
Read More
नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट

नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट

  झापा ।। नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट भएको छ ।  नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको हो । यूएईमा बुधबार भएको छनोट खेलमा घरेलु टिम यूएईलाई ८ विकेटले हराउँदै नेपालले विश्वकप खेल्नका लागि छनोट भएको हो । छनोट सगै आगामी वर्ष मलेसियामा हुने आईसीसी यु–१९ टी–२० महिला विश्वकप खेल्ने सुनिश्चित गरेको हो । यूएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।नोटः यूएईलाई हराउँदै नेपाली महिला टोली विश्वकपमा काठमाडौं । नेपाल आईसिसी यू–१९ महिला टी–२० विश्वकपमा छनोट भएको छ । यससँगै नेपाली महिला क्रिकेट टिम पहिलो पटक विश्वकपमा छनोट…
Read More