झापा माघ ।। आफैले बोकेको गोलियाले किचेर धनकुटामा एकजनाको मृत्यु भएको छ । हिजो दिउँसो २.५० बजे धनकुटा चौबीसे –७ लोफादिन बस्ने २७ वर्षीय मौसम चेम्जोङको आफैले बोकेको काठको गोलियाले किचेर मृत्यु भएको हो । वडा नं .८ को बसन्तटारमा काठको गोलिया माथिबाट तल सडकमा झार्ने क्रममा चेम्जोङले बोकेको गोलियाले किचेर उनको टाउकोमा चोट लागेको थियो । गम्भीर घाइते भएका चेम्जोङलाई उपचारको लागि बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय राजारानीबाट प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान भइरहेको जनाइएको छ ।

बिर्तामोड, माघ २१ । मोरङ कानेपोखरीको नव प्रगति समाजसेवा क्लब झापाको जयपुरमा सुरु आठौँ संस्करणको नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको उद्घाटन खेलमा झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ३-२ गोल अन्तरले हराउँदै नव प्रगति अन्तिम चारमा पक्का भएको हो । नव प्रगतिका लागि खेलको तेस्रो मिनेट र ६७ औँ मिनेटमा ओसन राईले गोल गरे । त्यस्तै, २४ औँ मिनेटमा मिक्सन दासले एक गोल थपे । काँकरभिट्टाका तर्फबाट प्रदिप बुढाथोकीले ३७ औँ र ६० औँ मिनेटमा गोल फर्काए । खेलमा नव प्रगतिले काँकरभिट्टालाई दबाबमा राखेको थियो । खेलको प्लेयर अफ द म्याच नव प्रगतिका…

बिर्तामाेड नगर खेलकुद बिकास समितिकाे आयाेजनामा अन्तरपालिका महिला फुटबल प्रतियाेगिता आयाेजना हुने भएकाे छ । आगामी माघ २६ गतेदेखि बिर्तामोड स्थित डाेमालाल राजबंशी रंगशालामा प्रतियोगिता सञ्चालन हुने छ। समितिले आइतबार बिर्तामाेडमा पत्रकार सम्मेलन आयाेजना गरेर प्रतियाेगिताकाे तयारी अन्तिम चरणमा पुगेकाे जनाएकाे छ । प्रतियाेगितामा आयाेजक बिर्तामाेड, मेचीनगर, अर्जुनधारा, भद्रपुर, कन्काई, शिबसताक्षी, दमक नगरपालिका तथा कमल, झापा र बुद्वशान्ति गाउँपालिकाका खेलाडीकाे सहभागिता रहने जनाइएकाे छ । प्रतियाेगिताकाे बिजेताले उपाधिसहित ३ लाख र उपबिजेताले १ लाख ५० हजार रुपैंयाँ नगद, मेडल ट्रफी र प्रमाणपत्र पाउने छ । प्रत्येक खेलकाे प्लेयर अफ द म्याचले नगद ५ हजार र प्रतियाेगिताकाे सर्वाेत्कृष्ठ खेलाडीले १५…

बिर्तामोड माघ २० ।। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाको अध्यक्षमा अर्जुन राजवंशी निर्विरोध निर्वाचित भएका छन् । यसअघि नेपाल पत्रकार महासंघ झापाका सहसचिव भइसकेका राजवंशी लामो समयदेखि पत्रकारितामा क्रियाशील छन् । फोनिजको उपाध्यक्षमा तिलक योञ्जन तामाङ सचिवमा सन्तोष वेघा, सहसचिवमा भारती राई र कोषाध्यक्षमा नरेश गुरूङ चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सुरेश आले मगर, सुजन राई, शौरभ मुखिया, रविकिरण वान्तवा राई, विष्णु कुल श्रेष्ठ, मिना नेम्वाङ जिके सेमा, सुमन वेघा चयन भएका छन् । अधिवेशनको बन्दसत्रले संघीय महाधिवेशन प्रतिनिधिमा दिपीन राई, भूमिका फियाक, रमेश राई, गणेशमान मुखिया, विशाल नेम्वाङ, इन्द्रसिंह राजवंशी, आनन्द गुरुङ दिलकुमार लावती र…

महाकुम्भ मेलाबाट फर्किंदै गरेको स्कोर्पियो गाडी अनियन्त्रित भएर पल्टिँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको बिहारको मुजफ्फरपुरमा नेपाली चढेको स्कार्पियो गाडी दुर्घटना हुँदा पाँच नेपाली दर्शनार्थीको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । गाडीमा ९ जना सवार थिए । तीमध्ये ४ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अर्चना ठाकुर, इन्दु देवी, मन्त्रणा देवी, बालकृष्ण झा र गाडीचालक शम्भु ठाकुररहेको बताइएको छ। घाइतेहरूमध्ये मनोहर ठाकुर, सृष्टि ठाकुर, कामनी झा र देवतारण देवी रहेका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

बिर्तामोड माघ २० ।। झापामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–७ का ४५ वर्षीय देवलाल चौधरीको कुटपिटबाट मृत्यु भएको हो । सामान्य विवादका क्रममा दुई दिनअघि सोही स्थानका ३७ वर्षीय पुण्यप्रसाद बाँस्तोलाले चौधरीलाई लाठी प्रहार गरी कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते चौधरीको दमकको लाइफ लाइन अस्पतालमा शनिबार उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । कुटपिटमा संलग्न बाँस्तोलालाई घटना लगत्तै इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

बुद्धशान्ति , माघ १९ । भद्रपुरलाई ७ विकेटले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन बिर्तामोडले दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका टि 20 क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोडले उचालेको छ । उपाधी उचाले सङ्गै बिर्तामोडले नगद १ लाख ५० हजार, मेडल, ट्रफी, प्रमाणपत्र पाएको छ भने उपविजेतामा सिमित भद्रपुरले नगद ७५ हजार, मेडल, ट्रफी, प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भएको बर्खा प्रतिष्ठान बुद्धशान्तिका अध्यक्ष मदन प्रसाईले बताए । टस जितेर पहिले ब्याटिङ गरेको भद्रपुरले मध्यम १२५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । भद्रपुरको आगि सर्बाधिक सुमन भट्टराईले २८ रनको योगदान गरे भने अन्य ब्याटसमेनले साथ दिन सकेनन् । जवाफी ब्याटिङमा उत्रेको बिर्तामोडले १७.३ ओभरमा…

पाँचथर माघ १९ ।। अमर नेम्बाङ लिम्बु स्मृति प्रतिष्ठानले यस वर्षको साहित्य सम्मान साहित्यकार कृष्ण धरावासी र युवा कवि स्वप्निल स्मृतिलाई प्रदान गर्ने भएको छ । साहित्य सम्मानबाट सम्मानित हुने धरावासी मदन पुरस्कार विजेता लेखक हुनुहुन्छ भने युवा कवि स्मृतिको ‘बाडुली र सुदूर सम्झना’ नामक कवितासंग्रह प्रकाशित छ । उहाँहरूको साहित्यिक योगदानको कदर गर्दै प्रतिष्ठानले यो सम्मान प्रदान गर्न लागेको हो । राजनीतिज्ञ, साहित्यकार एवं समाजसेवी नेम्बाङको स्मृतिमा स्थापित यस सम्मान र पुरस्कारको राशि ५०–५० हजार रहेको छ । प्रतिष्ठानले अमर नेम्बाङको छैटौं स्मृति दिवसको अवसर पारेर आगामी माघ २६ गते पाँचथरको फिदिममा एक कार्यक्रम आयोजना गरी दुवै स्रष्टालाई…

बिर्तामोड माघ १८ ।। जिल्ला प्रशासन कार्यालय झापाले चौतर्फी विरोध भएपछि झापामा हाउजी बिङ्गो तम्बोला खेल खेलाउन प्रतिबन्ध लगाएको छ । जुवाजन्य खेलकै रुपमा पैसा कमाउन हाउजी खेल खेलाउने विकृति बढ्दै गएपछि कार्यालयले अबदेखि खेलाउन नदिने भएको हो । माघ ८ गतेदेखि बिर्तामोडमा जारी अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हाउजी खेलाउन लाग्दा प्रहरी प्रशासनले रोक लगाएको हो । महोत्सवको दोस्रो दिन हाउजीका लागि माइकिङ गरेदेखि नै विरोध सुरु भएको थियो । आयोजक बिर्तामोड उद्योग वाणिज्य संघले तेस्रो दिन हाउजी खेलाएकोमा त्यसपछि प्रहरी प्रशासनले खेलाउन प्रतिबन्ध लगाएको हो । त्यसैगरी, आगामी फागुन ७ देखि १७ गतेसम्म बिर्तामोड १० सैनिकबजारमा आयोजना गर्नेगरी…

बिर्तामोड माघ १८।। न्यूटन्स एजुकेशन एकेडेमीले २२ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा विभिन्न व्यक्तिहरूलाई सम्मान गरेको छ। झापाको बिर्तामोड–५ मा रहेको एकेडेमीले बिहीवार विद्यालय परिसरमा विविध कार्यक्रम गरी २२ औं बार्षिकोत्सव मनाउदै विद्यालय ब्यवस्थापन समितिका पूर्व अध्यक्ष, पूर्व प्रधानाध्यापक , पूर्व विद्यार्थीहरू र समाजमा विशेष योगदान पुर्याउने सामाजिक व्यक्तिहरूलाई सम्मान गरेको हो। सोही अवसरमा शैक्षिक ब्यक्तित्व किशोर प्रसाईलाई अभिन्नदन तथा सम्मान गरेको छ । यसैगरी विद्यालयलाई सँधै सरसल्लाह, सुझाव र मार्गनिर्देशन गर्ने अभिभावकका रुपमा सविता लिम्बू र दिनेश अधिकारीलाई सम्मान गरिएको छ ।त्यस्तै जनसेवामा समर्पित ब्यक्तित्वका रुपमा स्त्रीरोग बिशेषज्ञ डा. प्रियङ्का कटुवाल र एडभान्स प्याथोलोजी प्रमुख डा. सीमा…