Sacho Khabar

समाज

बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण सम्पन्न, पाँच दिवसीय अनुष्ठान हुने

बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण सम्पन्न, पाँच दिवसीय अनुष्ठान हुने

 बिर्तामोड ।।  झापाको बिर्तामोडमा गायत्री माताको मन्दिर निर्माण भएको छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन  नजिकै स्थानीय दाता परिवारहरु, बिर्तामोड नगरपालिका र प्रदेश सरकारको अढाई करोड रुपैयाँको लागतमा  गायत्री माताको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माण सम्पन्न भए संगै  बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको पत्रकार भेटघाटको क्रममा बताइयो।  आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने  कार्यक्रम संयोजक रौनक वंशलले जानकारी दिनुभयो । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक वंशलको भनाई छ । प्राण प्रतिष्ठानको पूर्वसन्ध्यामा…
Read More
ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण

ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण

  झापा बुद्धशान्ति गाउँपालिका–७ का ८० बर्ष माथिका ५५ जना ज्येष्ठ नागरिकलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ । जाडोको समयमा ज्येष्ठ नागरिकलाई स्वास्थ्यमा कुनै समस्या नहोस् भन्ने उद्धेश्यले कम्बल बितरण गरिएको हो । जसमा ८० बर्ष मुनिका केही विपन्न, एकल र दलित परिवारका ज्येष्ठ नागरिक पनि रहेका छन । बुद्धशान्ति–७ वडा कार्यालयले आर्थिक बर्ष २०८१/०८२ का लागि बिनियोजित बजेट ५० हजार रुपैंयाबाट कम्बल खरिद गरि सोमबार एक कार्यक्रमको आयोजना गरि बितरण गरिएको हो । वडाध्यक्ष चन्द्र भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा वडा सदस्य खगेन्द्र गड्तौला, डिकुरा घिमिरे, शष्ट कुमार रार्इ, राष्ट्रिय बिजय माबि।का विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दिपेन लावती, पूर्व…
Read More
अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिकाको खेलाडी छनोट

अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिकाको खेलाडी छनोट

  झापाको बुद्धशान्तिमा यहि माघ ११ गते देखि हुन लागेको दोस्रो संस्करणको बर्खा स्मृति अन्तरपालिका पुरुष क्रिकेट प्रतियोगिताका लागि बुद्धशान्ति गाउँपालिकाको खेलाडी छनोट गरिएको छ । आज खेल मैदान स्थलमा भएको छनोट खेलमा १५ जना खेलाडी छानिएको खेलकुद बिकास समिती बुद्धशान्तिका संयोजक पर्शुराम चेम्जोङले जानकारी दिएका छन् । अर्पण कार्किको कप्तानिमा पारस निरौला (उपकप्तान) , मन्जिल पौडेल , आदिहाङ फागो, प्रकाश खनाल,पर्शुराम पौडेल , प्रबिन कोइराला , रिजन आङ्देम्बे, टेकेन्द्र कार्की, पंकज तिम्सिना , सचिन लिम्बू, रिकेस आङदम्बे, आगल्स अधिकारि, असिम रिजाल, कौशल ढकाल छानिएको मुख्य प्रशिक्षक गोकुल पौडेलले जानकारी दिए । त्यसैगरी वैकल्पिकमा साजन गदाईली, प्रीन्स गुप्ता र आदर्श…
Read More
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु

  सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा आगो लागि चालकको जलेर मृत्यु भएको छ। उक्त सडकखण्डको ८ किलोनजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको जलेर ज्यान गएको प्रहरीले जनाएको छ। दोलखाबाट काठमाडौं जाँदै गरेको ०३-००२ ख ०५३४ नम्बरको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करपछि मोटरसाइकलमा लागेको आगो सल्किँदा सिन्धुपाल्चोककै लिसंखुपाखर-७ डाँडापाखर निवासी युवक दावाछिरिङ तामाङको जलेर निधन भएको हो । ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलको पेट्रोलबाट आगोले एकै पटक विशाल रुप लिँदा तामाङ घटनास्थलमै जल्न पुगे । स्थानीयले पानी खन्याएर…
Read More
बीमा रकमको लागि प्रेमीसँग मिलेर श्रीमानको हत्या

बीमा रकमको लागि प्रेमीसँग मिलेर श्रीमानको हत्या

  झापा माघ ३ ।। कञ्चनपुरमा एक महिलाले बिमाको रकमका लागि भारतीय प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुलेकाे छ । गत १३ मंसिरमा कञ्चनपुरकाे बेलौरी नगरपालिका- ६ भूराकोटका ४९ वर्षीय सियाराम राना आफ्नै घरमा मृत भेटिएका थिए । रानाको मृत्यु नभएर हत्या गरिएको आशंकापछि प्रहरीले मंसिर १४ गते उनकी श्रीमती जनककुमारी रानालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो । सो क्रममा जनककुमारीले सियारामको बिमा रकम हत्याउने उद्देश्यले भारतीयसँग मिलेर योजनाबद्ध रुपमा हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । रानाको हत्यामा भारतीय नागरिकको संलग्नता देखिएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश, लक्खिमपुर खीरी जिल्ला, सम्पूर्णानगर…
Read More
बिर्तामोड नगरअस्पतालमा इमर्जेन्सी सेवा सुरु

बिर्तामोड नगरअस्पतालमा इमर्जेन्सी सेवा सुरु

  बिर्तामोड, २ माघ : बिर्तामोड नगरअस्पतालमा आजदेखि इमर्जेन्सी सेवा सुरु भएको छ । २४ घण्टे प्रसुती (नर्मल डेलीभरी) सेवा सञ्चालन हुँदै आएको यस अस्पतालमा आजदेखि इमर्जेन्सी सेवा पनि सुरु भएको हो । बिहान ७ बजे देखि साँझ ७ बजेसम्म सेवा सञ्चालन हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बिहान ७ बजे देखि दिउँसो २ बजेसम्म ओपिडि सेवा सञ्चालन हुने र त्यसपछि साँझ ७ बजेसम्म इमर्जेन्सी सेवा लिन सकिने छ। अस्पतालमा इमर्जेन्सी सेवा लिँदा स्वास्थ्य विमा बाहेकका सेवाग्राहीले एक सय रुपैयाँको टिकट काट्नु पर्ने व्यवस्था छ । नगर अस्पतालमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ, नवजात…
Read More
गोरु जुधाएर रमाइलो गरी माघे संक्रान्ति मनाउँदै

गोरु जुधाएर रमाइलो गरी माघे संक्रान्ति मनाउँदै

  झापा माघ ०१  ।।  माघे संक्रान्ति पर्व  ठाउँ अनुसार फरक फरक तरिकाले मनाउने  गरिन्छ माघे संक्रान्तिको अवसरमा कतै धार्मिक मेलालग्ने गर्छन भने कतै खोला तथा तलाउमा गएर नुहाएर तरुल खाएर मनाउने गरिन्छ तर   नुवाकोटको तारुका र बेत्रावती लगायतका ठाउँमा गोरु जुधाएर रमाइलो गरी  माघे संक्रान्ति मनाउने गरिन्छ यो वर्ष नुवाकोटको तारुकामा १३ हल र बेत्रावतीमा ११ हल सहित जिल्लाका विभिन्न ठाउँमा गोरु जुधाएर माघे संक्रान्ति मनाइएको हो। नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुकाको चन्दनीमा आयोजित गोरु जुधाइ प्रदर्शनीको बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ), बागमती प्रदेससभा सदस्य रमेशकुमार महत सहितले अवलोकन गरे। गोरु जुधाइको अवलोकनपछि मुख्यमन्त्री तामाङले गोरु जुधाइलाई पशु अधिकारको…
Read More
लिम्बु समुदायले आज धुमधामले नयाँ वर्ष मनाए

लिम्बु समुदायले आज धुमधामले नयाँ वर्ष मनाए

  झापा माघ ०१ ।।    माघे संक्रान्तीको दिन आज   लिम्बु समुदायले  धुमधामले नयाँ वर्ष मनाएका छन । यो समुदायले माघे संक्रान्तीको दिन किराँत नयाँ वर्ष मनाउने गर्छन । किराँत नयाँ वर्षलाई किराँत समुदाय अन्तरगतका लिम्बूहरुले कुसङ यले तङबे र राईले यले दङ भन्ने गर्छन । यस्तै सुनुवार र याक्खाले पनि माघ १ गतेकै दिन नयाँ वर्ष मनाँउछन ।माघे संक्रान्तीसँगै किराँती पात्रोमा सम्वत फेरिने भएकाले माघ १ गतेकै दिन पूर्वी नेपाल थातथलो भएर देश विदेशमा पुगेका किराँतीहरुले किराँत नयाँ वर्ष धुमधाम साथ मनाउने गरेका हुन । किरात नयाँ वर्ष पाँचथर,तेहथुम,ताप्लेजुङ,इलाम,झापा,धनकुटा लगायतका जिल्लामा भव्यता पूर्वक मनाइन्छ । यस्तै किराँत लिम्बूहरु सघन…
Read More
चर्चित  फोटोग्राफर चुङ्बा शेर्पाको निधन

चर्चित  फोटोग्राफर चुङ्बा शेर्पाको निधन

  चर्चित  फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ। ६४ वर्षीय शेर्पाको आज राती १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१ लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए। उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।  उपचारकै क्रममा शेर्पाको निधन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–१ का वडाअध्यक्ष फुनुरु शेर्पाले पुष्टि गरे। उनका दुई छोरा र तीन छोरी छन्।  लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए। पर्यटन व्यवसायमा आबद्ध उनी चौँरीखर्कको पूर्व गाविस अध्यक्षसमेत भएका शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय…
Read More